तरकारीको किनबेचमा धेरै तहमा विचौलियाले कब्जा जमाएको कारण उपभोक्ताले महंगोमा खरीद गर्न बाध्य भएको निष्कर्ष निकाल्दै धरान उपमहानगरपालिकाले विचौलिया अन्त्य गर्ने संयन्त्र बनाउने भएको छ।
धरान १३ स्थित कृषि बजारमा आइतबार बसेको सुरक्षा निकायसहितको अनुगमन समितिको बैठकले विचौलियाको कारण किसानले उत्पादनको सही मूल्य नपाएको र उपभोक्ताले भने महंगोमा तरकारी किन्नु परिरहेको निष्कर्ष निकालेको हो। केही दिनदेखि टमाटरको भाउ अहिलेसम्मकै महंगो भएपछि शनिबार उत्पादन क्षेत्रमा वस्तुस्थिति बुझ्न उपमहानगरपालिकाले एक टोली अनुगमनमा पठाएको थियो। धनकुटाको तरकारी पकेट क्षेत्रमा गएको टोलीले आइतबार प्रतिवेदन बुझाएपछि छलफल भएको थियो। धरानमा टमाटरको थोक बजारमा मूल्य ११० रुपैयाँमा कारोबार हुँदा धनकुटाका किसानहरुले भने प्रतिकिलो ४०, ४५ रुपैयाँ मात्र पाइरहेको खुलेको थियो।
बैठकले विचौलिया हटाउन तरकारी उत्पादन हुने क्षेत्रमा स्थानीय तहहरुसँग सिधै समन्वय गर्ने जिम्मेवारी उपमेयर एवं अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीलाई दिएको छ। उपमेयर भण्डारीले स्थानीय तहसँग समन्वय गरेर किसानको पहुँच सिधै कृषि बजारसम्म बढाउन पहल गरिने बताइन्। ‘तरकारी उत्पादन हुने ठाउँमा स्थानीय तहहरुसँग समन्वय गर्दैछु। किसानहरुलाई पनि बजारको अभाव छैन, उत्पादन गर्नुस् भन्ने सन्देश दिनुपर्नेछ,’उनले भनिन्,‘विचौलियाले तरकारीको बजार कब्जा गरेको रहेछ। हामी किसानले सही मूल्य पाओस्, र उपभोक्ता पनि मारमा नपरोस् भन्ने चाहन्छौं।’
कृषि सहकारीहरुमार्फत गाउँमा उत्पादन भएको हरियो तरकारी ल्याउन सके बिचौलियाको अन्त्य हुने उपमेयर भण्डारीको भनाई छ। कृषि सहकारी नभए स्थापना गर्न पहल गर्ने र किसानहरुलाई धरानको कृषि बजारमार्फत बिउ, मल पठाउन समन्वय पनि गरिने बताइन्। ‘कृषि सहकारीहरुसँग अनुदानमा ढुवानीको गाडी पाएको हुन्छ, त्यसको सही सदुपयोग गर्ने हो भने समस्या हुन्न,’उनले भनिन्,‘किसान र बजारको संयन्त्र बनाउनुपर्छ।’
सोही बैठकले धरान प्रवेश गर्ने हरियो तरकारीहरु कृषि बजारमा अनिवार्य इन्ट्री गर्नुपर्ने निर्णय पनि गरेको छ। यसको लागि सुरक्षा निकायले सहयोग गर्ने भएको छ। बजार भाउ नियन्त्रण गर्नको लागि धरान आउने सबै तरकारी कृषि बजारमा इन्ट्री गर्नै पर्ने निर्णय गरिएको हो। धरानदेखि बाहिर जाने तरकारीका गाडीहरु पनि शिवधारा र तीनकुने दुवै नाकामा इन्ट्री गर्ने र गए नगएको अनुगमन गरिने पनि निर्णय भएको छ। ‘माग र आपूर्तिको सन्तुलन मिलाउनको लागि पनि यो निर्णय गरिएको हो, यसले पहाडी जिल्लामा कति तरकारी उत्पादन हुन्छ भन्ने पनि थाह पाइन्छ,’उपमेयर भण्डारीले भनिन्।
कृषि बजारका अनुसार धरानको लागि आएको तरकारीहरु कृषि बजारमा इन्ट्री गर्दा खुद्रा मूल्य तोक्न सजिलो हुने बजार भाउमा एकरुपता आउनेछ। कृषि बजारले हरेक दिन बिहानै त्यसदिनको हरियो तरकारीको प्रतिकिलो मूल्य तोक्ने गरेको छ। तर, सबै तरकारीहरु कृषि थोक बजारबाट कारोबार नभएकोले अन्य खुद्रा व्यापारीहरुले आफूखुशी भाउ तोकेर बिक्री गरिरहेका हुन्छन्।
‘सबै तरकारीहरु कृषि बजारमा इन्ट्री भएर मात्र खुद्रा बजारमा पुग्ने प्रणाली विकास हुदा बजार भाउमा एकरुपता आउछ,’बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले भने। हाल व्यापारीहरुले जथाभावीरुपमा तरकारी ल्याउने र मनपरीढंगले मूल्य लिएर बेच्ने गरेका छन्। जसले गर्दा लकडाउनमा रोजगारी तथा आम्दानी गुमाएका उपभोक्ताहरु महंगीको मारमा छन्।