नवलपरासीका चिनी उद्योगले उत्पादित चिनी बेचीसके। तर त्यही चिनी बेचेपछि भुक्तानी पाउने आशामा बसेका उखु किसानहरुको हात अहिले पनि रित्तै छ। केही किसानले तीन वर्षदेखिको भुक्तानी पाएका छैनन्। नगदे बालीको उधोरो कारोबारले किसान ऋणमा डुबेका छन्।
कोरोना कहर र लकडाउनले मदजुरी समेत गर्न नपाएपछि बालबच्चालाई भोकभोकै राख्नु परेको किसानको गुनासो छ। ‘न घरमा खान्ने अन्न छ, न मजदुरी गर्न पाइन्छ, न उद्योगले उखुको पैसा दिन्छ। किसानको बेहाल छ’ प्रतापपुर ७ सुर्यपुराका अगुवा किसान विश्वबन्धु यादवले भने।
यहाँका उद्योगलाई उत्पादित चिनी बिक्री गर्न लकडाउनले रोकेन। तर त्यही लकडाउनलाई बहाना बनाएर कोरोना कहर सुरु हुनु अघि नै क्रसिङ गरीएको उखुको भुक्तानी दिइएको छैन। जिल्लाका तीन वटा चिनी उद्योगले किसानको २६ करोड रुपैयाँ तिरेका छैनन्। त्यसमध्ये १८ करोड दुइ वर्ष अघिको हो।
सुनवलमा रहेको लुम्बिनी चिनी कारखानाले उखु किसानलाई १० करोड भुक्तानी दिएको छैन। पोहोरदेखि उद्योग बन्द छ। यो रकम २०७५ सालको हो। चिनी बेचेर भुक्तानी दिने भन्दै उधारोमै उखु खरीद गरेको उद्योगले चिनी बेच्यो, तर किसानलाई भुक्तानी दिएन। बरु उद्योग नै धरासाही भएको भन्दै बन्द गरिदियो। अहिले उद्योगका संचालक, कर्मचारी सम्पर्कविहीन छन्।
उखु किसानले भुक्तानीका लागि पटक पटक प्रशासनलाई गुहारे पनि किसानको पक्षमा सुनुवाइ भएको छैन। पहुँचकै कारण उद्योगीलाई छलफलमा समेत नबोलाइएको आरोप किसानको छ। ‘सिडिओ सरले नै उजुरी दिनु पर्दैन म उद्योगीलाई राखेर छलफल गराउछु भन्नुहुन्छ तर गराउनु हुन्न’ उखु किसान यादवले भने।
जिल्ला कै अर्को उद्योग इन्दिरा सुगर मिलले किसानलाई ८ करोड भुक्तानी दिएको छैन। यो रकम अघिल्लो वर्षको हो। यो उद्योगले पनि बिभिन्न बहानामा गत वर्ष मिल नै चलाएन। सरकार र चिनी उद्योगी बीच पोहोर कै माघमा उखुको सम्पुर्ण भुक्तानी दिने सम्झौता भएको थियो। तर लुम्बिनी र इन्दिराले दुई वर्ष अघिकै भुक्तानी नदिँदा सम्बन्धित निकाय मौन छन्।
इन्दिराका शाहु राकेश अग्रवाल गत फागुनमा जिल्ला आएका थिए। तर उनले न किसानलाई भेटे न भुक्तानी नै दिए। बरु सिडिओ, प्रहरी र उखु उत्पादक कृषक समितिका सीमित पदाधिकारीका अगाडी धुरुधुरु रोएको नाटक गरे। प्रशासन, प्रहरीसंग राम्रो हिमचिम भएका अग्रवालले कृषक समितिका पदाधिकारीसंग पनि सहानुभुती बटुले। महिना दिन भित्रै भुक्तानी दिने आश्वासन दिएर फर्कीएका अग्रवाल त्यसपछि नाकमुख देखाएका छैनन्। उद्योगमा माथिल्लो तहका कर्मचारी पनि छैनन्। उद्योग परिसरमा भेटिने तल्लो तहका कर्मचारीहरु आफैले तलब नपाएको गुनासो गर्छन्।
नवलपरासीमा गत वर्ष एउटा मात्रै उद्योगले क्रसिङ्ग गरेको थियो। सुस्ताको बाग्मती खाँडसारी चिनी मिलले ३५ करोडको ७ लाख ७० हजार क्वीन्टल उखु क्रसिङ गरेको हो। त्यसमध्ये किसानले करिब साढे ८ करोड रकम भुक्तानी पाएका छैनन्। उद्योगका महाप्रबन्धक टंकनाथ काफ्लेले २७ करोड भुक्तानी दिइसकेको र बाँकी ८ करोड छिट्टै चुक्ता गरीने बताए।
काफ्लेले लकडाउनका कारण किसानलाई उखुको भुक्तानी दिन ढिलाइ भएको बताए। उनका अनुसार यो वर्ष ६८ हजार क्वीन्टल चिनी उत्पादन भएको थियो। जुन चिनी उद्योगले बेचिसकेको छ। यसपाली चिनीको थोक बिक्री मूल्य प्रति किलो ६८/७५ रुपैयाँसम्म थियो। यसमा भ्याट समावेस छैन। तर उद्योगीले भने प्रतिकेजी ६५ रुपैयाँसम्ममा चिनी बेचेका हुन्। उद्योगीकै भनाईलाई आधार मान्ने हो भनेपनि बाग्मतीले यो वर्ष ४४ करोड बढीको चिनी बेचीसक्यो। तर किसानको उधारो चुकाएको छैन। लकडाउन सुरु नहुँदै क्रसिङ गरीएको उखुको भुक्तानी दिन उद्योगीले लकडाउन बाधक बनेको बताइरहेका छन्।
बाग्मतीले सरकारले तोकेका भन्दा प्रति क्वीन्टल एक सय रुपैयाँ कम मूल्यमा भुक्तानी दिएको गुनासो पनि छ। उखुको मूल्य प्रति क्वीन्टल ५ सय ३६ रुपैयाँ हो।४ सय ७१ उद्योगले दिने मूल्य, ६१ रुपैयाँ सरकारी अनुदान हो।
तर बाग्मतीले प्रति क्वीन्टल ३७१ का दरले भुक्तानी दिएको छ। उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले सरकारले तोकेको मूल्य किसानले कुनै हालतमा नछोड्ने बताए। उद्योगका महाप्रबन्धक काफ्लेले पेश्की स्वरुप प्रतिक्वीन्टल ३ सय ७१ किसानलाई उपलब्ध गराएको र बाँकी दसै तिहार अगाडी नै भुक्तान गर्ने बताए।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले पुरानो भुक्तानी चुक्ता गर्न उद्योगीलाई पटक पटक आग्रह गरीएपनि टेरपुच्छर नलगाएको बताए। लुम्बिनी र इन्दिरा सुगर मिलका प्रतिनिधि सम्पर्कमै नआएको भन्दै उनले कृषि र उद्योग मन्त्रालयले बेलैमा समस्याको सम्बोधन गर्नु पर्नेमा जोड दिए।