भारतले बिजुली नदिए हिउँदमा दैनिक २१ घन्टा लोडसेडिङ
०९ असोज २०६९
•
११ मिनेट पाठ
भारतले बिजुली नदिए हिउँदमा दैनिक २१ घन्टा लोडसेडिङ
ऊर्जामा पनि छिमेकीको आश-
रामचन्द्र भट्ट, काठमाडौं, असोज ९ - ४२ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने सम्भावना राख्ने देशले आधुनिक ऊर्जाका स्रोतमा विदेशी निर्भरता बढाउँदै लगेको छ। सोमबार प्रधानमन्त्री बाबुराम भट्टराईले हिउँदमा जसरी पनि भारतबाट २ सय मेगावाट बिजुली ल्याएर लोडसेडिङलाई १० घन्टाबाट उक्लन नदिने निर्देश गर्दा छिमेकीकै मुख ताके। भारतले बिजुली नदिए के गर्ने, सरकारसँग कुनै योजना छैन।

आधुनिक ऊर्जाका स्रोतहरु विद्युत, पेट्रोलियम पदार्थ, सोलार र वायु ऊर्जामध्ये प्रभावकारी विद्युत र पेट्रोलियम हुन्। 'देशमै उत्पादन भएर अरूलाई बेच्न सकिने सम्भावित ऊर्जाको थुप्रोमाथि बसेर हामी अरुको मुख ताक्दैछौं,' ऊर्जाविद अमृत नकर्मीले भने।
जलविद्युत उत्पादन गरेर भारतलाई बेच्न सकिने सम्भावना हुँदाहुँदै सरकार अहिले उसैबाट कोइला र थर्मलबाट उत्पादित बिजुली महँगो दरमा किनेर हिउँदमा लोडसेडिङ कम गर्ने प्रयत्नमा छ।
'प्रधानमन्त्रीकै दलका कार्यकर्ता जलविद्युत आयोजना निर्माण रोकिरहेका छन्, अनि लोडसेडिङ हटाउन भारतबाट २ सय मेगावाट बिजुली ल्याउने कुरा अर्को परनिर्भरताको पराकाष्ठा हो,' नकर्मी भन्छन्।
नेपालले एक थोपा पनि पेट्रोलियम पदार्थ उत्पादन गर्दैन। सवारीसाधन, खाना पकाउन, लोडसेडिङको समयमा बिजुली उत्पादन गर्न जेनेरेटर सञ्चालनका लागि गत वर्ष ९२ अर्ब २५ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको थियो।
व्यापारिक ऊर्जामा गणना हुने कोइलाको आयात समेत भारतबाट अप्रत्यासित रुपमा बढ्दो छ। गत वर्ष ५ अर्ब ५५ करोड रुपैयाँको कोइला भारतबाट आयात भएको छ।
पेट्रोलियम पदार्थ र कोइलामा नेपाल पहिलेदेखि नै भारतसँग निर्भर थियो। लोडसेडिङ कम गर्न भारतबाटै २ सय मेगावाट बिजुली ल्याउने तयारीले ऊर्जाजस्तो आर्थिक विकासको स्रोतमा समेत विदेशी निर्भरता बढ्नु मुलुकका लागि दुर्भाग्य भएको टिप्पणी नकर्मीको छ।
'ऊर्जाको मात्र के कुरा गर्ने? सबै क्षेत्रमा भारतसँगै निर्भरता बढिरहेको छ,' जलविद्युत उद्यमी ज्ञानेन्द्रलाल प्रधान भन्छन्। यो प्रवृत्ति प्रधानमन्त्रीले वकालत गर्ने गरेको 'स्वाधीन अर्थतन्त्र' निम्ति पनि घातक हो।
नेपाल र भारतबीच उच्चस्तरीय भेटघाटमा समेत अचेल ठूला समस्यामा भन्दा बिजुली लिने र दिने कुरा हुन्छन्। गत महिना इरानमा भएको असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा प्रधानमन्त्रीले अरू कुरामा भन्दा २ सय मेगावाट बिजुली मागेको विषयले प्राथमिकता पाएको थियो।
भारतले २ सय मेगावाट बिजुली दिइहाल्यो भने पनि उसलाई समस्या पर्दा कटौती हुनसक्ने सम्भावना विज्ञहरुले व्यक्त गरेका छन्। जसरी एक महिनाअघि भारतमा सिस्टममा समस्या आउँदा रोकिएको थियो। त्यसपछि नै वर्षामा समेत दैनिक सात घन्टा लोडसेडिङ पुगेको छ।
भारतले दुई दिन पेट्रोलियम पदार्थ रोक्यो भने अहिले नेपालमा त्राहिमामको अवस्था उत्पन्न हुन्छ। 'अब भारतले केही मेगावाट बिजुलीमात्र रोकिदियो भने यहाँ लोडसेडिङ ह्वात्तै बढ्ने अवस्था हुन्छ,' ऊर्जा मन्त्रालयका एक अधिकारीले भने।
अर्थ मन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०६७/६८ मा खपत भएको ऊर्जामध्ये ८३ प्रतिशत परम्परागतको हिस्सा थियो। व्यापारिक ऊर्जाअन्तर्गत पर्ने कोइला, पेट्रोलियम र विद्युतको हिस्सा १५ प्रतिशतमात्र छ। पेट्रोलियमको हिस्सा साढे १० प्रतिशत छ। पेट्रोलियम पदार्थमा पूरै भर भारतकै छ।
नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको विज्ञहरुले बताउँदै आएका छन्। तर व्यावसायिक रुपमै ४२ हजार मेगावाट उत्पादनको सम्भावना छ।
अहिले एक हजार एक सय ८६ मेगावाटका ८७ जलविद्युत आयोजना निर्माणका क्रममा छन्। निर्माणको विभिन्न चरणमा रहेका यी आयोजना सबैले विद्युत उत्पादन गर्न चारदेखि पाँच वर्ष लाग्छ।
देशमा जलविद्युत उत्पादन गरेर ऊर्जामा आत्मनिर्भर बन्न सक्ने सम्भावना हुँदाहुँदै पनि सरकारी निष्त्रि्कयता, लगानीको वातावरण नहुँदा विदेशको मुख ताक्नुपर्ने अवस्था सिर्जना भएको हो।
यो वर्ष एक हजार एक सय ६ मेगावाट बिजुलीको आवश्यकता पर्ने अनुमान विद्युत प्राधिकरणको छ। एक मिनेट पनि लोडसेडिङ नगर्ने हो भने हिउँदका लागि यो परिमाणमा बिजुली आवश्यक पर्छ।
प्रधानमन्त्रीले भनेअनुसार २ सय मेगावाट बिजुली आयात भयो भने पनि हिउँदमा लोडसेेडिङ १२ घन्टा हुनेछ। नत्र २१ घन्टा लोडसेडिङ हुने भयावह अवस्था विद्युत प्राधिकरणले प्रक्षेपण गरिसकेको छ।
हिउँदमा देशका सबै विद्युत गृहले क्षमताको एकतिहाइमात्र बिजुली उत्पादन गर्छन्। विद्युत प्राधिकरण र निजी क्षेत्रले बनाएका जलविद्युत आयोजनाले आफ्नो पूरै क्षमतामा बिजुली निकाले भने ६ सय ५९ मेगावाटमात्र उत्पादन गर्न सक्छन्।
विद्युत प्राधिकरण र निजी क्षेत्रले अहिलेसम्म बनाएका जलविद्युत आयोजनाको क्षमता ६ सय ५९ मेगावाटमात्र छ। 'आउँदो हिउँदमा एक हजार एक सय ७ मेगावाट बिजुलीको माग हुने देखिन्छ,' विद्युत प्राधिकरणका प्रवक्ता शेरसिंह भाटले भने।
हिउँदमा स्वदेशी जलविद्युत आयोजनाबाट साढे २ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन नहुने अवस्था छ। 'भारतबाट ल्याउने २ सय मेगावाट भनेको त्यतिखेरको अवस्थामा प्रणालीमा जोडिने बिजुलीको झन्डै आधा हुन्छ,' प्राधिकरण सिस्टम प्लानिङ विभागका एक अधिकारीले भने। २ सय मेगावाट भारतबाट ल्याउँदा पनि लोडसेडिङ १२ घन्टाभन्दा घटाउन नसकिने प्राधिकरण स्रोतले बतायो।
'कूल विद्युतको आधा भारतमै निर्भर हुनुपरेपछि हामीकहाँ ४२ हजार मेगावाट उत्पादनको सम्भावना छ भनेर अन्तर्राष्ट्रिय फोरमहरुमा भन्न पनि लाजमर्दर्ाे अवस्था हुने भयो,' ऊर्जाका एक अधिकारीले भने।
जलाशययुक्त (स्टोरेज) जलविद्युत आयोजनामा केन्द्रित नभएसम्म बिजुलीमा पनि भारतसँगको निर्भरता अन्त्य नहुने प्राधिकरणको अनुमान छ। 'जतिसुकै ठूला आयोजना बनाए पनि पानी जम्मा गरेर रातको समयमा बिजुली निकाल्ने गरी जलाशययुक्त आयोजना नबनाएसम्म भारतबाट ल्याउनुपर्ने अवस्था अन्त्य हुँदैन,' प्राधिकरणका प्रवक्ता भाट भन्छन्।
प्रधानमन्त्रीले सोमबार हरेक विकास क्षेत्रमा एकएकवटा जलाशययुक्त जलविद्युत आयोजना बनाउने गरी अघि बढ्न निर्देशन दिएका छन्। तर उनकै दलका कार्यकर्ताले जलविद्युत आयोजनामा सबैभन्दा ठूलो अवरोध गरिरहेका छन्।
'बिजुलीमा भारतसँगको निर्भरता बढाउने माओवादी नै हुन्, जसले सहज रुपमा विद्युत आयोजना, प्रसारण लाइन बन्न रोकेका छन्,' नकर्मी भन्छन्। चन्दा, जागिर माग्दै माओवादी कार्यकर्ताले विद्युत आयोजना बन्न नदिन अवरोध गरिरहेका छन्।
'दीर्घकालीन रुपमा पनि भारतबाट आयात गरेर समाधान गर्नेतिर हामी लाग्नुहुँदैन,' जलविद्युत उद्यमीहरुको संस्था इपानका अध्यक्ष सुवर्णदास श्रेष्ठ भन्छन्। सधैँभरि आयात गरेर संकट टार्नेभन्दा पनि नयाँ आयोजनालाई निर्माणलाई तीव्रता दिएर सहज वातावरण बनाउनेतिर लाग्ने हो भनेमात्र प्रधानमन्त्रीले भन्ने गरेको स्वाधीन अर्थतन्त्रको जग खडा हुनसक्ने जलविद्युत उद्यमीहरुको भनाइ छ।
अर्को समाचार
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
११ घण्टा अघि
•
१ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
पोखरा। लामो समयदेखि उपेक्षामा पर्दै आएको मुस्ताङको कोरला नाकास्थित नेचुङ भन्सार कार्यालयले अहिले पनि दिनमा आठ करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन गर्दै आएको छ।

सीमित स्रोतसाधनका बाबजुद पनि अहिलेको समयमा नेपाललाई चीनसँग जोड्ने व्यापारिक नाकाको एक मात्र विकल्पको रूपमा कोरला बनेको छ। त्यही नाका हुँदै अहिले दिनहुँ जसो करोडौँ रुपैयाँ मूल्यका चिनियाँ सामान नेपाल भित्रिरहेका छन्। 

मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ। गत भदौमा आएको भोटेकोशीको बाढीले रसुवागढी नाका ध्वस्त पारेपछि नेपालको चीनसँगको व्यापार अप्ठेरोमा परेको थियो। त्यस लगत्तै चीनले तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको थियो।

रसुवागढी नाका बाढीले ध्वस्त बनाएपछि त्यहाँको नाकामा रोकिएका र तातोपानी बन्द गरिएपछि रोकिएका कन्टेनरका सामान कोरला नाका हुँदै नेपाल भित्र्याउन थालिएको थियो। त्यसपछि बल्ल कोरला नाका चलायमान बनेको थियो।

‘नेपाल र चीनसँगको व्यापारको एक मात्र नाका अहिले कोरला बनेको छ, तर यसको व्यवस्थापन जबरजस्त भइरहेको छ। व्यवस्थित नाका नहुँदा समस्या बनेको छ,’ कोरलास्थित मुस्ताङ भन्सार कार्यालयका प्रमुख अनन्त तिम्सिना भन्छन् ‘अब चिसो बढ्न थाल्यो, आगामी दिन अझै सकसपूर्ण हुनेछैन, कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ। तर पनि चीनसँगको व्यापारको विकल्प कोरलाको छैन।’

उनका अनुसार अहिले नै चिसो बढिसकेकोले लोमान्थाङ क्षेत्रमा पानी जम्न थालिसकेको छ। स्थानीयवासीहरु चिसो छल्नका लागि तल (पोखरा, चितवन, काठमाडौं) झर्न थालिसकेका छन्।

‘अब त सुनसान बन्न थालिसकेको छ । माथिल्लो क्षेत्रका धेरै घरमा ताला लागिसकेको छ,’ उनले भने, ‘अब त कर्मचारीलाई पनि आवश्यक सामान किन्न नपाउने अवस्था आउन थालिसकेको छ।’

अघिल्ला वर्ष यो सिजनमा नाका क्षेत्र यो बेलासम्म सुनसान बनिसकेको हुन्थ्यो। यो पटक भने चिसो बढ्दै गए पनि कोरलाको व्यापारिक नाका भने अहिले पनि व्यस्त रूपमै चलिरहेको छ।

नाका खुलाएर व्यापारिक गतिविधि सञ्चालन गरे पनि भन्सारमा आवश्यक संरचना नहुँदा समस्या रहेको उनले बताए।

‘कोरला नाकाबाट चालु आर्थिक वर्षको अहिलेसम्म १५ अर्ब रुपैयाँ राजस्व उठिसकेको छ। तर, भन्सारमा व्यवस्थापन कमजोर छ। ‘संरचना छैनन्, जबरजस्ती व्यापारिक गतिविधि चलाइएको मात्र छ,’ उनले भने।

उनका अनुसार मुस्ताङको यो भन्सार नाकामा अहिलेसम्म एकीकृत भन्सार जाँच चौकी (आईसिपी) छैन। ‘व्यापारिक नाका मात्र हो, तर, व्यवस्थापन सहज छैन। सबैतिर अस्तव्यस्त मात्र छ,’ उनले भने, ‘आईसिपीमा हुनुपर्ने न्यूनतम पूर्वाधार पनि छैनन् । पूर्वाधार भए पनि अपुग छन्। भन्सार नाकामा हुनुपर्ने कतिपय निकायको उक्त क्षेत्रमा उपस्थिति नै छैन।’

एकीकृत भन्सार जाँच चौकीमा आयात–निर्यात तथा सीमा वारपारसम्बन्धी सम्पूर्ण सरकारी सेवा र सुविधा एकै छानामुनिबाट प्रदान गरिन्छ। तिम्सिनाका अनुसार आईसिपीमा एकीकृत सेवा प्रणाली अन्तर्गत भन्सार जाँच पास, अध्यागमन, क्वारेनटाइन (पशु, वनस्पति तथा खाद्य परीक्षण), बैंक तथा विदेशी मुद्रा सटही काउन्टर एउटै परिसरभित्र रहन्छन्। 

ती बाहेक सामान भण्डारणका लागि ठूला गोदाम, कोल्ड स्टोरेज, कन्टेनर पार्किङ यार्ड, इलेकट्रोनिक तौल काँटा र सुरक्षा जाँचका आधुनिक उपकरण पनि भन्सार क्षेत्रमै उपलब्ध हुन्छन्। एउटै स्थानबाट सबै प्रक्रिया पूरा हुने भएकाले मालवाहक सवारीसाधनको सीमा नाकामा हुने लामो जाम हट्छ र ढुवानी लागत कम हुनुपर्ने भए पनि मुस्ताङको कोरलामा भने ती सबै समस्या रहेको उनले सुनाए। 

‘उनको भन्सार जाँच पास गराउनुपर्‍यो भने अहिले पनि समस्या  । त्यसका लागि पोखरा आउनुपर्छ,’ उनले भने, ‘भन्सार कार्यालय मात्र भएर हुँदैन। अरू सरकारी निकाय पनि हुनुपर्छ। अध्यागमनमा पनि उत्तिकै समस्या छ। सबैले समान रूपमा काम गर्नुपर्छ । बैंक त करिब १४ किलोमिटर तल छ। राजस्व बुझाउनका लागि १४ किलोमिटर तल झरेर बैंकमा रकम तिरेर फर्केपछि बल्ल काम हुन्छ। त्यसैले सबैका लागि झन्झट छ।’ 

उनका अनुसार भन्सार कार्यालयका लागि मात्र एक हजार रोपनी क्षेत्रफलको जग्गा रहेको छ। ‘सामान लोड–अनलोड गर्नमा समेत समस्या छ। सबै काम भुँइमै गर्ने हो। त्यही भएर एउटै गाडी पास गर्न ३/४ दिन लाग्छ,’ भन्सार प्रमुख तिम्सिनाले भने।

भन्सारमा व्यवस्थित तरिकाले विभिन्न निकाय हुनुपर्नेमा त्यसको अभाव रहेकोले अबका दिनमा झनै चुनौतीपूर्ण रहने उनले बताए। ‘अब हिमपातको समय पनि सुरु भएको छ। हिमपात भयो भने त झनै समस्या हुन् । नाकासम्म पुगेका गाडी पनि चिसोका कारण ‘स्टार्ट’ हुन समेत समस्या हुने गरेको छ,’ उनले भने, ‘रोकेको ठाउँमा चिसोका कारण गाडी स्टार्ट नभए पनि सकस पर्ने गरेको छ। गोदामघर पनि छै। गोदाम नहुँदा सामान बोकेका कन्टेनर नै गोदाम बनेका छन्। सामान उतार्ने र चढाउने काममा समेत सकस छ।’

उनका अनुसार चिसोका कारण एकातिर समस्या छँदैछ, अर्कोतिर बाटो सहज नहुँदा नाका हुँदै भित्र्याइएका चिनियाँ सवारी बाटोमा दुर्घटनामा परेर व्यावसायिक क्षति पनि हुने गरेको छ। उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म कोरला नाका हुँदै करिब १२ सय चिनियाँ विद्युतीय सवारी नेपाल भित्र्याइएको छ।

‘बाटोमा दुर्घटनामा परेका सवारी यत्रतत्र देखिन्छन्। बिक्रीका लागि नेपाल ल्याइएका ती चिनियाँ सवारी ठाउँ ठाउँमा समस्यामा रहेका भेटिन्छन्, कतै ढुंगामा ठोक्किएका हुन्छन त कतै बिचमै बिग्रेको अवस्थामा भेटिन्छन्, सबैतिर समस्या नै समस्या रहेको छ,’ उनले भने।

पोखरा–जोमसोम सडक पनि यति बेलाको समयमा उत्ति सहज छैन। साँघुरो र कच्ची सडक भएकोले ठूला आकारका कन्टेनरमा पोखरासम्म सामान ल्याउन पनि सकसपूर्ण रहेको व्यवसायीले बताउँदै आएका छन्।

जोमसोमदेखि माथिल्लो मुस्ताङको कोरला नाकासम्मको बाटो कालोपत्रे छैन। यो नै ११५ किलोमिटर दूरीको छ । त्यस्तै बेनी–जोमसोम खण्ड पनि उत्तिकै सकसपूर्ण छ।

कच्ची सडक भएको र यो वर्षको  बाढी पहिरोले कालिगण्डकी करिडोर समेत क्षतविक्षत पारेकोले बेनी–जोमसोम खण्ड सहज नभएको व्यवसायीले बताउँदै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस