फेवाबजारले शिक्षक र विद्यार्थीलाई क्रेडिट सुविधा दिने
२४ भदौ २०७७
•
२ मिनेट पाठ
फेवाबजारले शिक्षक र विद्यार्थीलाई क्रेडिट सुविधा दिने
ग्राहकको निःशुल्क कोरोना विमा गरेर चर्चामा आएको फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट अफर ल्याएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाखसम्मको क्रेडिट दिने भएको हो।  




कोरोनाले जनजीवनमा असर परेकाले उनीहरुको जीवनयापनलाई सहज बनाउन फेवाबजारले माछापुच्छ्रे बैंक, प्रभु बैंक र सनराईज बैंकसँगको सहकार्यमा क्रेडिट सुविधा दिने फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए। उनका अनुसार क्रेडिट सुविधा शून्य डाउन पेमेन्टमा बिना धितो शून्य ब्याजदरमा सामान उपलब्ध गराइनेछ।

फेवाबजारले शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराउने जनाएको छ। क्रेडिट सुविधाबाहेक शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराइने निर्देशक आचार्यले बताए।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण देशको राजधानी काठमाडौंसहित विभिन्न जिल्ला तथा क्षेत्रहरुमा निषेधाज्ञा, शिललगायतका बावजुद  फेवाबजारले होम डेलिभरी सेवालाई जारी राखेको जनाएको छ। आफूहरुले उपभोक्ताले अर्डर गरेका अत्यावश्यक सामग्रीहरु घर/घरमै पुर्‍याइरहेको कार्यकारी निर्देशक आचार्यले जानकारी दिए। उनले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथलगायत ११ वटा आउटलेटहरुबाट देशैभर चौविसै घण्टा निरन्तर सेवा दिइरहेको बताए।  

फेवाबजारबाट सामान खरिद गर्न फेवा बजारको एप डाउनलोड गरी सेवा लिन सकिने तथा ई–सेवा र खल्तीबाट भुक्तानी गर्न सकिने उनले जानकारी दिए।  

यसअघि फेवाबजारले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा कहिले चिनी त कहिले इयर फोन दिँदै आएको थियो। त्यस्तै फेवाबजारले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म विभिन्न अफर दिँदै आएको थियो।

फेवाबजार डटकम ईकमर्सले नेपालमा पाइने विभिन्न ब्राण्डका ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सामानहरु बिक्री गर्ने गर्दछ। फेवाबजारमा किस्ताबन्दी (ईएमआई)मार्फत २० हजारदेखि पाँच लाखसम्मका सामाग्री खरिद गर्न सकिन्छ।

फेवाबजार डटकम ईकमर्सले पोखराको दीपचोकमा मुख्य कार्यालय र कर्पोरेट अफिस काठमाडौं र देशको मुख्यमुख्य सहरहरुमा कार्यालय बिस्तार गरेर देशभर सेवा दिइरहेको छ।
अर्को समाचार
शिक्षक र विद्यार्थीलाई फेवाबजारको क्रेडिट सुविधा
०२ भदौ २०७८
•
२ मिनेट पाठ
शिक्षक र विद्यार्थीलाई फेवाबजारको क्रेडिट सुविधा
फेवाबजार डटकम ईकमर्सले शिक्षक तथा विद्यार्थीहरुलाई क्रेडिट सुविधा दिने भएको छ । कोरोना भाइरबाट प्रताडित ग्राहकलाई मध्यनजर गर्दै फेवाबजारले शिक्षक तथा विद्यार्थीहरुलाई ५ लाख रुपैयाँसम्मको क्रेडिट सुविधा दिने भएको हो ।  




कोरोनाले जनजीवनमा असर परेकाले उनीहरुको जीवनयापनलाई सहज बनाउन फेवाबजारले समृद्धि फाइनान्ससँगको सहकार्यमा क्रेडिट सुविधा दिने फेवाबजार डटकमका कार्यकारी निर्देशक सुजन आचार्यले जानकारी दिए । जसका लागि फेवाबजार र समृद्धी फाइनान्सबीच सम्झौता भएको उनले बताए ।  

सम्झौता पत्रमा फेवाबजारको तर्फबाट यसका कार्यकारी निर्देशक सुजन आचार्य र समृद्धी फाइनान्सका तर्फबाट कर्जा विभाग प्रमुख सुभाष श्रेष्ठले हस्ताक्षर गरेका छन् । फेवाबजारका अनुसार क्रेडिट सुविधा बिना धितो शून्य ब्याजदरमा सामान उपलब्ध गराइनेछ । क्रेडिट सुविधा लिन क्रेडिट कार्डसमेत नचाहिने फेवाबजारका कार्यकारी निर्देशक आचार्यले स्पष्ट पारे ।  

उनका अनुसार क्रेडिट सुविधा अन्तर्गत अर्डर भएको २ दिन भित्रमा सामान ग्राहकको घरमा पुग्ने छ भने त्यसरी लिइएको क्रेडिट सुविधा ३ वर्षसम्मका लागि हुनेछ । फेवाबजारले कोरोनाबाट अन्य क्षेत्रपनि प्रभावित भएकाले कर्मचारीहरुलाई पनि शिक्षक र विद्यार्थीलाई जस्तै क्रेडिट सुविधा दिने गरेको जनाएको छ ।

फेवाबजारको यो सुविधासँगै कोरोनाबाट प्रताडित शिक्षक र विद्यार्थीहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । फेवाबजारले शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमासमेत सामान उपलब्ध गराउँदै आएको जनाएको छ । क्रेडिट सुविधाबाहेक शिक्षक र विद्यार्थीलाई किस्ताबन्दीमा समेत सामान उपलब्ध गराइने निर्देशक आचार्यले बताए ।

फेवाबजारले होम डेलिभरी सेवा कोरोना कहरका बाबजुद जारी राखेको छ । फेवाबजार डटकम ईकमर्सले नेपालमा पाइने विभिन्न ब्राण्डका खाद्यान्न, ईलेक्ट्रोनिक्स, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेसन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेसन, कला, साहित्यका पुस्तकलगायतका सामानहरु बिक्री गर्ने गर्दछ । 
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस