नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंकहरूको सिसिडी रेसियो ( केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजी र निक्षेप जोड्दा हुने योगफलसँग कर्जाको अनुपात) बढाए पनि कर्जा लगानी हुन नसक्दा यो झन् घट्न थालेको छ।
लकडाउन र निषेधाज्ञाका कारण बैंक तथा वित्तीय क्षेत्रमा थुप्रिएको तरलता लगानी हुन नसक्दा सिसिडी रेसियो निरन्तर घटिरहेको छ। कोरोना महामारीजन्य संकटको सम्बोधन गर्न बैंकिङ प्रणालीमा थप तरलता आवश्यक पर्ने भन्दै केन्द्रीय बैंकले ८० प्रतिशत रहेको सिसिडी अनुपात बढाएर ८५ प्रतिशत पु¥याएको थियो। कर्जा माग नहुँदा अहिले यो औसत ७० प्रतिशतमा झरेको छ।
बैंकरहरूका अनुसार एक दर्जनभन्दा बढी बैंकको सिसिडी रेसियो ७० प्रतिशतभन्दा तल झरिसकेको छ। अन्यको पनि झर्ने क्रममा रहेको बैंकरहरू बताउँछन्।
सिसिडी रेसियो घट्दै जानु भनेको बैंकहरूले लगानी गर्न नसक्नु हो। बैंकहरूले लगानी गर्न नसकेपछि एकातिर बैंकिङ क्षेत्रको नाफा गुम्छ, अर्कोतर्फ उद्योग, व्यवसाय फस्टाउँदैनन्। यसले गर्दा समग्र अर्थतन्त्रमा संकुचन आउँछ।
राष्ट्र बैंकका अनुसार यतिखेर बैंकिङ च्यानलमा करिब दुई खर्ब रूपैयाँ तरलता छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म औसत सिसिडी रेसियो ७५.४७ प्रतिशत थियो। गत आर्थिक वर्षको असारमा यो घटेर ७०.६९ प्रतिशत कायम भयो। साउनपछि पनि आर्थिक गतिविधि हुन नसकेका कारण सिसिडी रेसियो अझै घटेको बैंकरहरूको भनाइ छ।
सामान्य अवस्थामा बैंकहरूको सिसिडी रेसियो राष्ट्र बैंकले तोकेको सीमासम्मै हुने गर्छ। विगतमा कतिपय बैंकको सिसिडी रेसियो सीमाभन्दा बढी पुगेपछि केन्द्रीय बैंकले सीमामा झार्न निर्देशन समेत दिने गरेको थियो। बैंक र व्यवसायीले पनि ८० प्रतिशतको सीमा नपुग भएको भन्दै बढाउन दबाब दिन्थे।
राष्ट्र बैंकको पछिल्लो नियम अनुसार एक सय रूपैयाँ निक्षेप संकलन गरेको बैंकले ८५ रूपैयाँ लगानी गर्न पाउँछ भने १५ रूपैयाँ आफैंसँग अनिवार्य राख्नुपर्छ। विगतमा सिसिडी रेसियोकै हाराहारीमा कर्जा लगानी गरेका बैंक सञ्चालक, सिइओहरूले निरन्तर सिसिडी रेसियो वृद्धिको माग गर्दै आएका थिए।
‘कोरोना भाइरस नियन्त्रण गर्न अझै कुनै उपाय फेला नपरेकाले समस्या बढ्ने हो कि भन्ने अन्योल देखिएको छ,’ एक बैंकरले भने, ‘अवस्था सुध्रिएन भने अर्थतन्त्र त चौपट हुन्छ नै योसँगै बैंक तथा वित्तीय संस्थालाई पनि टिक्न कठिन हुन्छ।’ गत वर्ष बैंक तथा वित्तीय संस्थाको आम्दानी घटे पनि घाटामा गएका थिएनन्। चालु वर्ष कतिपय बैंक घाटामा जाने सम्भावना देखिएको बताइन्छ। गत वर्ष २७ वाणिज्य बैंकको औसत वितरणयोग्य नाफा ११ प्रतिशत थियो।
अर्कोतर्फ केही विज्ञ भने अबको एक–दुई महिनामै कोरोना महामारी नियन्त्रणमा आउने हो भने अहिले देखिएको समस्याले खासै असर नगर्ने तर्क गर्छन्। ‘लगानीका लागि अधिकांश बैंक तथा वित्तीय संस्थासँग पर्याप्त तरलता छँदैछ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘माहोल सहज हुनेबित्तिकै कर्जाको माग ह्वात्तै बढ्छ भन्नेमा विश्वस्त छौं।’
कोरोना महामारीका कारण केन्द्रीय बैंकले पुनर्कर्जा कोषको पाँच गुणासम्म लगानी गर्ने मौद्रिक नीतिमा उल्लेख गरेको छ। यतिखेर पुनर्कर्जा कोषमा ४२ अर्ब रूपैयाँ हाराहारी छ। ठूलो आयोजना तथा समग्र अर्थतन्त्रको विकासका लागि पुँजीको आवश्यक पर्ने भए पनि यतिखेर उपलब्ध पुँजी नै लगानी हुन नसक्नुलाई कतिपयलेले चुनौतीको रूपमा लिएका छन्।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सबैभन्दा धेरै सिसिडी रेसियो कुमारी बैंकको ७५.८५ प्रतिशत थियो। सोही अवधिमा राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा कम ६२.४८ प्रतिशत सिसिडी रेसियो थियो। गत असारसम्म मेगा, कुमारी, सेञ्चुरी, एनसिसी, सानिमा, प्राइम बैंकको सिसिडी रेसियो तुलनात्मक रूपमा केही बढी छ। यी बैंकको सिसिडी रेसियो ७४ प्रतिशतभन्दा धेरै छ।
नेपाल बैंकर एसोसिएसनका अनुसार भदौपछि पनि लगानी बढ्न सकेको छैन। भदौमा बैंकहरूले करिब १९ अर्ब रूपैयाँ लगानी गरेको एसोसिएसनले जनाएको छ। गत वर्षको भदौमा ४७ अर्ब रूपैयाँ लगानी गरिएको थियो। कर्जा लगानीका लागि बैंक तथा वित्तीय सस्थाले ब्याजदर पनि घटाएका छन्। घर, गाडी कर्जाको ब्याजर एकल अंकमा झारिएको छ। हालसम्म बैंक तथा वित्तीय संस्थाले ३४ खर्ब नौ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९७ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।

यो भनेको बैंकहरूले लगानी गर्न नसकेको अवस्था हो। थुप्रिएको पैसा लगानी गर्न नसकेपछि एकातिर बैंकिङ क्षेत्रको नाफा गुम्छ, अर्कोतर्फ उद्योग, व्यवसाय पनि फस्टाउँदैनन्। अन्ततः समग्र अर्थतन्त्रमा संकुचन आउँछ।मौद्रिक नीतिले चालु आर्थिक वर्षका लागि सिसिडी रेसियो वृद्धि गरे पनि लगानी बढ्न सकेको छैन। यस्तै अवस्था रहे यो वर्षको अन्त्यसम्म बैंकिङ क्षेत्र समस्यामा पर्ने अनुमान गर्न थालिएको छ। गत आर्थिक वर्ष चार महिना (चैत–असार) राम्रोसँग काम गर्न नपाएका बैंकले यो वर्ष व्यवसाय वृद्धि गर्ने लक्ष्य लिएका छन्।