नेपालको १.५ र विकासशील एसियाको ६.८ प्रतिशत
३१ भदौ २०७७
•
३ मिनेट पाठ
नेपालको १.५ र विकासशील एसियाको ६.८ प्रतिशत
कोभिड १९ का कारण विश्वका अधिकांश मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) वृद्धिदर ऋणात्मक हुने भनिएका बेला सन् २०२१ मा नेपालको वृद्धिदर १.५ प्रतिशत हुने देखिएको छ ।

एसियाली विकास बैंक (एडिबी) ले मंगलबार सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक अपडेटमा यस्तो प्रक्षेपण गरेको हो । यसअघि एडिबीले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने अनुमान गरेको थियो ।

एडिबीका अनुसार गत वर्ष भने नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत नै रहने छ । एडिबीले पहिले गत वर्ष वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको थियो । एडिबीका अनुसार गत आवको पछिल्लो तीन महिनामात्र कोभिडले असर पारेकाले त्यसवर्ष वृद्धिदर केही राम्रो देखिएको हो । चालु वर्ष भने कोभिडको असर उच्च रहने भन्दै एडिबीले वृद्धिदर १.५ मात्र हुने अनुमान गरेको छ ।

एडिबीको अनुमानमा चालु आवमा घट्दो निर्यात, पर्यटन क्षेत्रमा आएको समस्या, रेमिटेन्स आय घट्न जानेलगायत कारण आर्थिक वृद्धिमा असर पर्नेछ । अर्थतन्त्रमा माग न्यून हुँदा सरकारी राजस्व घट्न जाने र खर्च पनि घट्दा वृद्धिदर प्रभावित हुने एडिबीको अनुमान छ ।

एडिबीले सार्वजनिक गरेको नेपालको म्याक्रोइकोनोमिक्स अपडेटमा यस वर्ष मनसून राम्रो भएकाले धानबालीको उत्पादन बढ्ने अनुमान गरिएको छ । सरकारले समयमा मल खरिद गर्न सकेको भए उत्पादन अपेक्षा गरिए अनुसार अझै बढ्ने सम्भावना थियो ।

यसअघि एडिबीले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने अनुमान गरेको थियो ।
अर्कोतिर औद्योगिक उत्पादनको वृद्धिदर पनि उत्पादन तथा निर्माण क्षेत्रमा आएको सुस्तताका कारण राम्रो नहुने अनुमान गरिएको छ । सेवा क्षेत्रको वृद्धिदरमा पनि समस्या आउने अनुमान छ ।

पुँजी परिचालन तथा लगानीका हिसाबले गएको वर्ष नै कमजोर देखिएको थियो । नेपालको अर्थतन्त्र यो वर्ष झनै प्रभावित हुन सक्ने उसले जानकारी दिएको छ । पर्यटन उद्योग अझै पुनरुत्थान हुने सम्भावना न्यून रहेकाले यसको मार पनि अर्थतन्त्रमा पर्ने एडिबीको अनुमान छ । न्यून माग तथ पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारणले सन् २०२१ मा मुद्रास्फीति भने ५.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

यस्तै, एडिबीको अनुमानमा कोरोना महामारीका कारण विकासशील एसिया क्षेत्रको आर्थिक वृद्धिदर ६ दशकयता खराब अवस्थामा पुगेको छ । यो क्षेत्र सन् १९६० को दशकपछि अहिले सबैभन्दा न्यून वृद्धिदरमा खुम्चिएको जनाएको छ ।

एडिबीले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा यो क्षेत्रको आर्थिक वृद्धिदर ०.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको छ । यो वृद्धिदर सन् १९६२ पछिकै न्यून हुन सक्ने बैंकका प्रमुख अर्थशास्त्री यसुयुकी स्वाडाले बताएका छन् । सन् २०२१ मा भने यो क्षेत्रको वृद्धिदर ६.८ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।

यो क्षेत्रमा यो वर्ष चीनको अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । महामारी नियन्त्रण गर्दै अर्थतन्त्रले लय लिएकाले गएको जुनमा गरिएको प्रक्षेपणलाई यथावत राखिएको छ । यस्तै, सन् २०२१ मा चीनको अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

एडिबीको प्रतिवेदन अनुसार भारतमा लामो समय भएको लकडाउनका कारण निजी खर्च तथा लगानीमा संकुचन आएकाले जिडिपी वृद्धिदर ऋणात्मक हुने अनुमान छ । भारतीय अर्थतन्त्र यो वर्ष ९ प्रतिशतले घट्ने अनुमान एडिबीले गरेको छ । पहिलो त्रैमासमा भारतीय अर्थतन्त्र २३.९ प्रतिशतले ऋणात्मक भएको थियो । यस्तै, थाइल्यान्ड र फिलिपिन्सको अर्थतन्त्र पनि ७.३ र ८ प्रतिशतले खुम्चिने प्रक्षेपण छ । 
अर्को समाचार
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
२२ चैत्र २०७९
•
२ मिनेट पाठ
आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने
एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशतमा खुम्चने र मुद्रास्फीति ७ दशमलव ४ प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ। 

‘एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो। सन् २०२२ मा पाँच दशमलव ८ प्रतिशत अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर यस वर्ष थप खस्किने प्रक्षेपण गरिएको हो। 

‘कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक बजार माग, अपर्याप्त कोभिड महामारी पुनरुत्थानका कार्यक्रम र विश्वव्यापी रूपमा देखिएका समस्याको असर नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा देखिनेछ’, एडिबीले भनेको छ। 
नेपालको पर्यटन क्षेत्र र रेमिट्यान्स आप्रवाहमा विश्वव्यापी आर्थिक मन्दिको प्रत्यक्ष असर देखिन सक्ने एडिबीले जनाएको छ। त्यस्तै, पुँजीगत खर्च बढ्न नसक्नु, नतिजा केन्द्रित लगानी योजना नहुनु, वित्तीय व्यवस्थापनमा समस्या हुनु र आयोजना कार्यान्वयनका लागि पूर्व तयारीका काममा धेरै समय लाग्नुलाई न्यून आर्थिक वृद्धिदरको कारणका रूपमा देखाइएको छ। 

नेपालको अर्थतन्त्रमा बढी योगदान भएका कृषि, सेवा, उद्योग क्षेत्रलगायतको वृद्धिदरमा यस वर्ष गिरावट आउने अनुमान एडिबीको छ। 
‘सन् २०२२ मा दुई दशमलव तीन प्रतिशत अनुमान गरिएको नेपालको कृषि क्षेत्रको वृद्धिदर यस वर्ष दुई प्रतिशतमा खुम्चिनेछ। त्यस्तै, सेवा क्षेत्र चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण छ’, एडिबीको प्रतिवेदनमा उल्लेख छ। 

सन् २०२२ मा सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत अनुमान गरिएकोमा यस वर्ष एक दशमलव पाँच प्रतिशत विन्दुले घट्ने प्रक्षेपण गरिएको हो। 

उच्च ब्याजदर, केही वस्तुमा आयात प्रतिबन्धको नीति, गार्हस्थ्य खपतमा गिरावट र बाह्य वस्तुको उपभोगका कारण औद्योगिक क्षेत्रको वृद्धिदर खुम्चने अनुमान एडिबीको छ। त्यस्तै घरजग्गा कारोबार र खुद्रा व्यापार क्षेत्रले अर्थतन्त्रमा पुर्‍याउने योगदानको वृद्धिदर पनि घट्ने अनुमान छ। सन् २०२३ मा नेपालले उच्च मूल्यवृद्धिको सामना गर्नुपर्ने अनुमान एडिबीको छ। 
यस वर्ष मूल्यवृद्धि सात दशमलव चार प्रतिशतसम्म पुग्ने अनुमान छ। सन् २०२२ मा नेपालको मूल्यवृद्धि छ दशमलव तीन प्रतिशत रहने अनुमान गरिएको थियो। तर अर्कोवर्ष अर्थात् सन् २०२४ मा भने नेपालको मुद्रास्फीति केही नियन्त्रणमा आएर छ दशमलव दुई प्रतिशतमा कायम रहने अनुमान गरिएको छ। 

त्यस्तै, यस वर्ष सरकारको चालु खाता घाटा चार प्रतिशतले खुम्चने अनुमान गरिएको छ। एडिबीले सन् २०२३ मा एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर चार दशमलव आठ प्रतिशत र औसत मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहने अनुमान गरेको छ। 
केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने जनाएको थियो। उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२÷२३ मा पाँच दशमलव एक र २०२३÷२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको थियो। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस