तमोर जलाशययुक्त परियोजना: जग्गाको उचाइ एकिन गरि बिक्री खुला गर्न प्रशासनको पत्र
३१ भदौ २०७७
•
३ मिनेट पाठ
तमोर जलाशययुक्त परियोजना: जग्गाको उचाइ एकिन गरि बिक्री खुला गर्न प्रशासनको पत्र
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाबाट लिइएको तमोर नदी । तस्बिर : खगेन्द्र/नागरिक
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले तमोर जलाशययुक्त परियोजना क्षेत्रमा निजी स्वामित्वका जग्गा नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार गर्न पाउने व्यवस्थाका लागि गृह मन्त्रालयमा अनुरोध पत्र पठाएको छ।  




परियोजना क्षेत्रमा निजी स्वामित्वका जग्गा रोक्काको बिद्यमान प्रावधानबाट जनतामा प्रत्यक्ष असर परेको भन्दै प्रशासन कार्यालयले तमोर जलाशययुक्त परियोजनाका कारण कारोवार गर्न रोकिएका क्षेत्रहरुमा नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवारको व्यवस्थाका लागि गृहमा अनुरोध गरेको हो। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जग्गा रोक्का प्रकृयाले अंशबण्डा, नामसारी, ऋण लेनदेनसहितका दैनिक व्यवहारका काम रोकिने भएकोले यो कार्यको सहजीकरणका लागि गृह मन्त्रालयमा अनुरोध पत्र पठाएको जानकारी दिए।  

तमोर जलाशययुक्त परियोजनाका लागि गृह मन्त्रालय र लगानी बोर्डले पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का समुद्री सतहबाट ६ सय मिटर उचाईसम्मका निजी जग्गाको हकभोग रोक्का राख्न प्रशासन कार्यालयमा पत्र पठाएका थिए। गृह मन्त्रालयले २०७६ पुस ६ गते तथा लगानी बोर्डले पहिलो पटक २०७६ साल मंसिर २४ र दोस्रो पटक माघ १४ गते पठाएको पत्रका आधारमा ३ पालिकाका ६ वटा वडाका निजी जग्गाको हकभोग तथा कारोवार रोकिएको छ।  

यो कार्यले समुद्री सतहबाट ६ सय मिटर उचाई भन्दा माथिका जग्गाको हकभोग समेत रोकिने अवस्था आएको स्मरण गर्दै प्रशासन कार्यालयले नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार गर्न पाउने व्यवस्थाका लागि गृहमा अनुरोध पत्र पठाएको हो।  

पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का समुद्री सतहबाट ६ सय मिटर उचाई भन्दा माथिका कित्तालाई नापी कार्यालयबाट उचाइ एकिन गरी कारोवार खुल्ला गरिदिन प्रशासनले गृहमार्फत लगानी बोर्डमा अनुरोध गरेको हो। प्रशासनले गृह मन्त्रालयमा पठाएको अनुरोध पत्रको बोधार्थ लगानी बोर्डलाई समेत दिएको छ। लगानी बोर्डको पत्रले समुद्री सतहबाट ६ सय मिटर माथि करिव ३ हजार मिटर उचाइमा रहेका जग्गाका कित्ताहरु पनि सोलोडोलो रुपमा रोक्का भएको अवस्था समेतको जानकारी प्रशासनले गृह मन्त्रालय र लगानी बोर्डलाई गराएको छ।  

लगानी बोर्डको पत्र अनुसार प्रकृया अघि बढाउँदा पाथीभरा याङ्वरक र आठराई त्रिबेणी गाउँपालिकाका वडा नं १ र २ तथा फुङ्लिङ नगरपालिका वडा नं ३ र ८ का जनताका दैनिक जीवनयापनका लागि सञ्चालन हुने प्रशासनिक काम सोलोडोलो रोकिएकोले उचाइ एकिन गरी मापदण्ड भन्दा बाहिरका जग्गाको कारोवार फुकुवाका लागि अनुरोध गरिएको प्रशासनले जनाएको छ।  

पुराना श्रेस्ता तथा दस्तावेजमा भने ताप्लेजुङको उचाइ समुद्री सतहबाट ७ सय ७७ मिटर रहेको छ। यो श्रेष्तालाई आधार मान्ने हो भने लगानी बोर्ड र गृहले जग्गा रोक्काका लागि गरेको परिपत्र नहेरी कारोवार प्रकृया खुल्ला गर्दा पनि हुन्छ। किनकी, गृह र लगानी बोर्डले समुद्री सतहबाट ६ सय मिटर उचाईसम्मका निजी जग्गाको हकभोग रोक्का राख्न भनेका छन्।

तर प्रमुख जिल्ला अधिकारी चापागाँईले भने जीपीएस मेसिनबाट मापन गर्दा काबेली नदी ५ सय २८ मिटर र तमोर नदी ६ सय २६ मिटर उचाइमा पाइएको बताए। त्यहिँ भएर नापी कार्यालयले जीपीएस मेसिनबाट उचाइ मापन गरी ६ सय मिटर उचाई भन्दा माथिका हकमा कारोवार गर्न पाउने व्यवस्था गर्न सकेमा तत्कालको समस्या समाधान हुने ठम्याइ प्रशासनको छ। लगानी बोर्ड र गृह मन्त्रालयको यहिँ पत्रका कायम रहे फुङ्लिङ नगरपालिका वडा नं ३ को स्वीकृत जग्गामा समेत ल्याण्ड फिल्ड साइट निर्माण कार्य अघि बढाउन समेत अवरोध गर्ने छ।  

ल्याण्ड फिल्ड साइट निर्माणका लागि चालू आर्थिक वर्षमा नेपाल सरकारले १ करोड तथा नगरपालिका आफैंले ७० लाख बजेट बिनियोजन गरेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस