प्रदेशसभा गठन भएको अढाई वर्षपछि बिहीबार प्रदेश १ संसद् भवनको शिलान्यास भएको छ। तर, यो भवनको मात्रै शिलान्यास हो कि प्रदेशको सत्तारुढ नेकपाभित्र विवादको विजारोपण पनि भन्ने अन्योल भने कायमै छ। यही अन्योलका बीच पनि प्रदेशसभाले भने नयाँ संरचनामा अढाई करोडभन्दा बढी रकम खर्चिँदैछ।
राजधानी तोक्ने बेलामा प्रदेश संसद्ले पास गरेको प्रस्ताव र सत्तारुढ नेकपाभित्र त्यसबेला भएको सहमति अनुसार स्थायी संरचना कहाँ बनाउने भन्ने टुंगो अझै भइनसकेको सत्तारुढ नेकपाकै सांसदहरुले बताएका छन्। राजधानी तोक्ने बेलामा प्रदेश १ संसद्ले 'प्रदेशको राजधानी विराटनगर रहने, व्यवस्थापिका र कार्यपालिकाका संरचनाहरु वृहत विराट क्षेत्रको इटहरी, गोठगाउँ र विराटनगर आसपासमा बनाउने' प्रस्ताव पारित गरेको थियो। प्रदेशको नेकपा संसदीय दलमा संसद भवन इटहरीमा राख्ने 'भद्र सहमति' भएको थियो।
'त्यसबेला सहमति भए अनुसार नै संसद्ले प्रस्ताव पारित गरेको हो', नेकपा सांसद लक्ष्मण तिवारीले भने 'बैठकहरुमा मुख्यमन्त्रीज्यूले बारम्बार स्थायी संरचनाको डिपिआर बनाएर मात्रै प्रदेशका संरचनाहरुको स्थायी टुंगो लगाउने भन्दै आउनुभएको छ। त्यसैले अहिले शिलान्यास भएको भवन अस्थायी होला भन्ने लागेको छ।' तिवारी तिनै सांसद हुन्, जो नेकपाभित्र राजधानीका लागि विराटनगरको विकल्प खोज्नुपर्ने दबाब अभियानमा सामेल थिए। नेकपाभित्र त्यसबेला राजधानीका लागि विराटनगर रोज्नेहरु अल्पमतमा थिए। तर, मुख्यमन्त्रीसहित मन्त्रीहरु विराटनगरको पक्षमा उभिएका कारण 'वृहत विराट क्षेत्र' को अवधारणा अघि सारेर विवाद साम्य पार्न खोजिएको थियो।
नेकपाकै अर्की सांसद उषाकला राईले पनि सरकार र प्रदेशसभा सचिवालय दुवैबाट अस्थायी रुपमा बनाउन लागिएको खबर पाएको जानकारी दिइन्। 'प्रदेशसभा सचिवालयले यो अस्थायी संरचना मात्रै हो भनेको छ', उनले भनिन् 'त्यसैले संसदबाट पारित प्रस्ताव र संसदीय दलमा भएको सहमति अनुसार स्थायी संरचना बन्ला अर्को।' संसद् सचिव गोपाल पराजुलीले पनि 'अहिले बन्ने संरचना लाइट संरचना हुने' भन्दै अस्थायी नै भएको बताए। उनका अनुसार जिसस मोरङको भवनमा रहेको संसद् हल भएकै क्षेत्रमा यो संरचना बन्दैछ। यो जमिन जिससकै स्वामित्वमा रहेको छ।
नेकपा सांसदहरु जमिनको स्वामित्व र संसद्को घोषणाका कारण पनि अहिले बन्ने भवन स्थायी नहुने बताउँछन्।'संसद्को घोषणा, दलभित्रको सहमति र मुख्यमन्त्रीको प्रतिबद्धताको आधार र जमिनको स्वामित्वले पनि यो स्थायी नहुने पक्का छ' सांसद तिवारीले भने। त्यसो त दुई वर्ष अगाडि पनि सोही स्थानमा भवन निर्माणको तयारी भएको थियो। त्यसबेला सांसदहरुले हस्ताक्षर संकलन गरि विरोध गरेपछि काम अगाडि बढ्न सकेको थिएन। अहिले कोरोनाका कारण सांसदहरु जिल्लामै केन्द्रीत भएको, सदन पनि नचलेको तथा समितिका बैठकहरु पनि सञ्चालन नभएको बेलामा भवन शिलान्यास भएको हो।
यतिन्जेल जिल्ला समन्वय समितिको सभाहललाई बैठक कक्ष बनाएर सदन चलिरहेको छ। कोरोना कहरमा भौतिक दूरी कायम नहुने भएपछि दुई वटा सभाकक्षबाट छैटौं अधिवेशन सञ्चालन भएको थियो। अब अस्थायी रुपमा बनाउने भनिएको भवनमा प्रदेशसभाले राज्यकोषको अढाई करोडभन्दा बढी रकम खर्चिने भएको छ। प्रदेश सरकारले विनियोजन गरेको ५ करोड रुपैयाँ बजेटमध्ये २ करोड ५१ लाख ८१ हजार ९७६ रुपैयाँ लागतमा निर्माण हुने भवन शिलान्यास भएको हो। शिलान्यास कार्यक्रममा सभामुख प्रदिपकुमार भण्डारी र आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले यही भवनबाट अबको सदन चल्ने जानकारी दिए।
नयाँ भवनमा तीन मिटर जग ढलान गर्ने र माथि फेब्रिकेटेड सिस्टममा निर्माण गरिने जनाइएको छ। निर्माणको ठेक्का धरानको स्वामी नारायण निर्माण सेवा कम्पनीले पाएको छ। ६ महिनाभित्र निर्माण सम्पन्न हुने गरी काम सुरु भएको संसद सचिव पराजुलीले बताए।