रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन
०१ असोज २०७७
•
२ मिनेट पाठ
रसुवा भन्सारमा लक्ष्य भन्दा कम राजस्व संकलन
रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७७/७८ को भदौ महिनामा लक्ष्यको तुलनामा कम राजस्व संकलन गरेको छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण नाकामा आयात निर्यात सामान्य बन्न नसक्दा राजस्व संकलन पनि प्रभावित बन्न पुगेको हो।  




गएको असारको चौथो हप्तादेखि आयात सुरु भएको भएपनि चीनतर्फ पहिरो गएपछि साउन ३२ गतेदेखि पुनः बन्द भएको थियो। त्यसको केही समयपछि पुनः सञ्चालनमा आएको नाका १६ दिनदेखि बन्द छ।  

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले चीनले न्यून सामग्री आयात गर्दै आएको र पछिल्लो समय नाका खुलाउन चासो नदेखाएको बताए। भदौ महिनामा १५ करोड ३७ लाख राजस्व संकलन गरेको छ। कार्यालयले भदौ महिनाका लागि ७९ करोड ३८ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो।  

गत वर्ष ०७६/७७ कोे भदौ महिनामा कार्यालयले १ अर्ब ५१ करोड २६ लाख ९० हजार २ सय ६७ रुपैयाँ राजस्व संकलन गरेको थियो। तर यसपटक कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो।  

गएको साउन महिनामा पनि कार्यालय लक्ष्य पूरा गर्न सकेको थिएन। कार्यालयले साउनमा ६८ करोड १० लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा २३ करोड ५६ लाख ९८ हजार मात्र राजस्व संकलन भएको थियो। भन्सार विभागले रसुवा भन्सारलाई चालु आर्थिक वर्ष २०७७/७८ का लागि ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व असुलीको वार्षिक लक्ष्य दिएको छ। गत आर्थिक वर्षमा पनि लामो समय नाका बन्द भएका कारण वार्षिक लक्ष्य पूरा हुन सकेको थिएन। यो वर्ष पनि लक्ष्य पूरा गर्न कार्यालयलाई कठिनाइ छ।  

कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख २६ हजार, आव ०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आव ०७४/७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा ८ अर्ब २७ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।
अर्को समाचार
रसुवागढी भन्सारमा लक्ष्यको २८ प्रतिशत
०८ चैत्र २०७७
•
२ मिनेट पाठ
रसुवागढी भन्सारमा लक्ष्यको २८ प्रतिशत
चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक बितिसक्दा पनि रसुवागढी नाकाबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको छ। कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले पटकपटक नाका बन्द गर्दा र खुलेको बेला पनि थोरै मात्र सामान पठाउँदा राजस्व प्रभावित भएको हो।  




गत जेठदेखि चिनियाँ गाडीले सामान आयात गरिरहेका छन्। चिनियाँ गाडीले ल्याएको सामान नेपाली गाडीमा ल्याई भन्सार जाँचपास गरेर छोड्ने बाहेक अरू क्रियाकलाप अघि बढेको छैन। जसका कारण नेपाली व्यापारी समस्यामा परेका छन् भने रसुवा भन्सारको राजस्व संकलन लक्ष्य पनि प्रभावित भएको छ।  

रसुवा भन्सार कार्यालयले दोस्रो चौमासिकसम्ममा लक्ष्यको २८ प्रतिशत मात्र राजस्व संकलन गर्न सकेको छ। साउनदेखि फागुन मसान्तसम्ममा सात अर्ब ४८ करोड ५५ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा दुई अर्ब नौ करोड ६५ लाख मात्र संकलन भएको छ।  

चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको राखेकोमा हालसम्म १८.५ प्रतिशत मात्र संकलन भएको कार्यालयले जनाएको छ। रसुवागढीबाट आयात बढ्न नसक्दा राजस्व संकलन प्रभावित भएको हो। कोभिड–१९ का कारण एक वर्षयता रसुवागढी नाकाबाट आयात घटेको छ।  

चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि माघ मसान्तसम्म रसुवा भन्सारले लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरेको छ। नाकाबाट न्यून सामान आउने र आएका पनि भन्सार छुट हुने खालका हुँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। ‘पहिले दिनमा सय भन्दा बढी गाडीमा सामान आउँथ्यो,’ उनले भने, ‘अहिले दैनिक सातवटा चिनियाँ गाडीले मात्र ल्याउँछन्।’  

गत जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भए तापनि आयात बढ्न सकेको छैन। चिनियाँ पक्षले केही दिनयता दैनिक सातवटा गाडीमा सामग्री ल्याएर नेपालतर्फ झारिदिने गरेका छन्। केही महिना पहिले रसुवा र जिलोङ काउन्टीका स्थानीय अधिकारीबीच भएको छलफलले दैनिक आठ गाडीमा सामान आउने सहमति भएको थियो।  

कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन पनि प्रभावित भएको हो। कार्यालयले आर्थिक वर्ष २०७२/७३ मा ७४ करोड ३३ लाख, आव ०७३/७४ मा दुई अर्ब ९२ करोड १८ लाख, आव ०७४/७५ मा चार अर्ब ५९ करोड २३ लाख, ०७५/७६ मा १० अर्ब ६० करोड २४ लाख १९ हजार र गत आर्थिक वर्ष २०७६/७७ मा आठ अर्ब २७ लाख राजस्व संकलन गरेको थियो।  

चीनबाट रेडिमेड, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका र टेलिकमका सामग्री र फलफूल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस