कोभिड-१९ महामारीका कारण लामो समयको बन्दाबन्दीका कारण महिला उद्यमीका उत्पादन र बजारीकरणमा समस्या भएको छ। कतिपय जिल्लामा जारी निषेधाज्ञाका कारण त महिला उद्यमीहरुले उत्पादन गरेको समान तथा बस्तुहरु खेर गइरहेको छ। जसका कारण बैंकको ऋण घरभाडा र कर्मचारी तलब वितरणमा कठिनाइ उत्पन्न भएको महिला उद्यमी मासंघ नेपालले जनाएको छ।
महासंघले बिहीबार आयोजना गरेको भर्चुअलरुपमा पत्रकार अन्तरक्रियामा संस्थाका अध्यक्ष रीता सिंहले सरकारले आफूहरुका लागि सहुलित ऋण र बजारीकरणमा सहजीकरण गरी महिला उद्यमीको उत्थान गर्नुपर्ने बताइन्।
कोभिड-१९ को महामारीपछि महिला उद्यमीका क्षेत्रमा परेको प्रभावबारे गरिएको सर्वेक्षणमा उत्पादित सामानसमेत बजारमा जान नसकी भण्डारमा थुप्रिएको सूचना प्रविधिमा सीमित पहुँचका कारण पर्याप्त सञ्चार आदानप्रदान हुन नसकेको जस्ता कारणले महिला उद्यमीहरु मानसिक तनावमा समेत परेको पाइएको छ।
अध्यक्ष सिंहले सरकारले तथ्यमा आधारित लैंगिक उत्तरदायी बजेटको कार्यान्वयन गरी महिला उद्यमीलाई सहयोग गर्न ध्यानाकर्षण गराइएको बताइन्।
विसं २०६० मा स्थापित महासंघमा एक सय २४ सदस्य र ५० जिल्ला समिति क्रियाशील छन्।
महासंघले डिजिटल र आर्थिक साक्षारताका साथै महिला उद्यमीहरुको सकारात्मक सोच विकास तथा क्षमता अभिवृद्धिका लागि संजालीकरण र पैरवी गर्दै आएको महासंघका कार्यकारी निर्देशक अनामिका सिंहले जनाइन्।
कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले महिला उद्यमी महाससंघले महिला उद्यमीहरुको समस्या पहिचान गरी उनीहरुको समस्या समाधान गर्दै संकटको समयमा पनि अगाडि बढ्न बाटो देखाउँदै आएको बताइन्। उनले कार्यक्रममा बोल्दै डिजिटल र प्रिन्टि मिडिया मार्फत उद्यमी महिलाहरुको सफताको कथा प्रस्तुत गरी संक्रमणमा कसरी बाँच्ने बारे सिकाउँदै आएको जनाइन्। महिलालाई आत्मनिर्भर र बाच्न सिकाउने विषयबस्तुमा आधारित रहेर महासंघले प्रोजेक्ट पार्टनरहरुको सहकार्यमा अनलाइन तालिम दिएर सहभागी गराएको उनले बताइन्।
आधा आकाश ढाकेका महिला त्यसमा पनि महिला उद्यमीहरु देशको आर्थिक अवस्था सुधारको सहयोगमा लागेका महिलाहरुको कार्यलाई पनि राज्यले सम्बोधन गरिदिनु पर्ने आग्रह गरिन्।
सञ्चारिका समूहको अध्यक्ष नितु पण्डितले कोरोना महामारीका कारण सबै क्षेत्र प्रभावित भएको र महिला उद्यमी तथा विभिन्न पेसाका महिलाहरु थप मारमा परेकाले उनीहरुले नयाँ अवसर र सम्भावनाको खोजी गर्नुपर्ने बताइन्।