चितवन, कात्तिक २९ - चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालित होटलको म्याद नथपिने भएपछि होटल सञ्चालकले आफ्ना सामान बाहिर निकाल्न थालेका छन्। सामान बाहिर निकाल्ने म्याद सकिन लागेकाले उनीहरूले भौतिक सामग्री बाहिर निकाल्न थालेका हुन्।
गत असार मसान्तमा म्याद सकिएपछि यहाँ रहेका पाँचवटा सुविधा सम्पन्न होटल बन्द रहेका छन्। उनीहरूलाई यही कात्तिक मसान्तसम्ममा होटल खाली गर्न निकुञ्जले निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार लैजान पाउने सामान आफूहरूको निगरानीमा बाहिर निकाल्ने काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले जानकारी दिए।
लैजानुपर्ने सामान लगभग सबै लगिसके, कार्कीले भन्नुभयो, बाँकी केही भए भोलिसम्म लैजान पाउने छन्। यहाँको सबैभन्दा पुरानो होटल टाइगर टप्सका व्यवस्थापक रामसिंह गुरुङले अहिले सर्वोच्च अदालतले होटलका विषयमा यथास्थितिमा राख्न स्टेअडर दिएकाले केही सामान निकाल्नै बाँकी रहेको बताए।
होटलको सामान लैजान मिल्ने र नमिल्ने दुई भागमा विभाजन गरेर निकुञ्जले यसअघि नै लगत सङ्कलन गरिसकेको छ। सोही अनुसार नै सामान निकालेको प्रमुख कार्कीले बताए।
विगत २०६६ सालमा निकुञ्जभित्रबाट होटल हटाउन सर्वत्र माग भएपछि सरकारले पर्यटन वर्षलाई केन्द्रित गरेर तीन वर्षका लागि होटललाई म्याद दिएको थियो।
यहाँ रहेका सात होटलमध्ये एउटा पहिले नै बन्द भएको, अर्को नारायणी सफारी मध्येवर्ती क्षेत्रमा रहेकाले सञ्चालित छ भने अन्य पाँच होटल असार मसान्तदेखि बन्द छन्।
विसं २०५० मा सरकारसँग १६ वर्षका लागि सम्झौता गरेर उनीहरूले होटल सञ्चालन गर्दै आएका थिए। तर अहिले चोरी सिकार र प्राकृतिक सम्पदामा होटलले असर पारेको भन्दै संरक्षणकर्मी र निकुञ्ज बाहिरका होटल सञ्चालकहरू विरोधमा छन्।
यहाँ टाइगर टप्स, मचान वाइल्ड लाइफ रिर्सोट, नारायणी सफारी, गैँडा वाइल्ड लाइफ क्याम्प, चितवन जङ्गल लज, आइल्याण्ड जङ्गल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट गरी सातवटा होटल सञ्चालनमा थिए। रासस