कोभिडले थला परेको बन्दीपुर तङ्ग्रिने प्रयासमा, थपिँदै नयाँ पर्यटकीय पूर्वाधार
१६ असोज २०७७
•
९ मिनेट पाठ
कोभिडले थला परेको बन्दीपुर तङ्ग्रिने प्रयासमा, थपिँदै नयाँ पर्यटकीय पूर्वाधार
अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक  कति दिन बास बस्लान? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ। यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै दिन बास बसाल्नु हो।  




बन्दीपुर आउने पर्यटकलाई कम्तीमा दुई रात र तीन दिन बास बसाउन सक्ने बनाउन अहिलेदेखि नै तयारी गर्नुपर्ने आवश्यकता रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा बताउँछन्। ‘बन्दीपुर आउने अधिकांश पर्यटक एकैदिनमा फर्किने गरेका छन्, उनीहरुलाई कम्तीमा दुई रात र तीन दिन बन्दीपुरमै बस्ने बनाउन २० वर्षे गुरुयोजना बनाएर अगाडि बढेका छौँ’ थापाले भने– ‘त्यसका लागि पर्यटकीय पूर्वाधार पहिलो शर्त हो।’ बीस वर्षपछि बन्दीपुरलाई कस्तो बनाउने भन्ने उद्देश्यका साथ गाउँपालिकाले अहिलेदेखि नै पर्यटक आकर्षित गर्न पूर्वाधार निर्माण शुरु गरिसकेको थापा बताउँछन्।  

नेपालको एक प्रमुख पर्यटकीय गन्तव्य तथा प्रख्यात ऐतिहासिक पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि विभिन्न पक्षहरुलाई समेटेर गुरुयोजना बनाइएको छ। ‘बन्दीपुर नेपालको मात्रै नभई विदेशमा समेत प्रख्यात पर्यटकीय स्थल हो’– थापाले भने। उनका अनुसार बन्दीपुरको विकासका लागि देशका विभिन्न ठाउँ तथा विदेशमा रहेका गैरआवासीय बन्दीपुरवासीको भरपुर प्रयोग गरिनेछ। बन्दीपुरवासीको सञ्जाललाई सक्रिय बनाई उनीहरुको आर्थिक, भौतिक तथा बौद्धिक क्षमतालाई बन्दीपुरको विकासमा प्रयोग गरिने लक्ष्य बनाइएको छ।

काठमाडौँ, पोखरा र सौराहाजस्ता पर्यटकीय केन्द्रहरुको बीचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रहरुको पनि केन्द्रको रुपमा विकास गर्ने गाउँपालिकाको सोच रहेको छ। बन्दीपुर आफैँमा एउटा प्राकृतिक सौन्दर्यता र पर्यटकीय सम्भावना बोकेको ठाउँ भएकोले यसलाई संरक्षण, सम्बद्र्धन र विकास गरी यो क्षेत्रको प्रमुख आयस्रोत नै पर्यटन बनाउने योजनासहित गाउँपालिकाले कार्यक्रमहरु अगाडि बढाउने थापाले बताए।

एघार सय मिटर अग्लो डाँडामा साइकल लेन
गाउँपालिकाले गत आर्थिक वर्षदेखि बन्दीपुर गाउँपालिका–४ र ५ जोड्न रानीवन क्षेत्रमा साइकल लेन निर्माण शुरु गरेको छ। मगर र गुरुङ गाउँलाई जोड्न र पर्यटकलाई आकर्षित गर्न गाउँपालिकाले ९ किमि साइकल लेन निर्माण गर्दैछ।

रानीवन जङ्गलमा चराचुरुङ्गीको चिरबिर आवाज र हिमश्रृङ्खलाको मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ। यसले पर्यटकलाई थप मोहित पार्छ।’ साइकल लेनलाई छिम्केश्वरीसम्म जोड्ने लक्ष्य छ।
साइकल लेनमार्फत् वडा नं ४ को गुरुङ जातिको कोरिखा होमस्टे र वडा नं ५ को मगर जातिको रामकोट होमस्टे जोडिन्छ। अध्यक्ष थापाका अनुसार साइकल लेनको ८ किमि खण्ड सम्पन्न भइसकेको छ भने एक किमि चालू आर्थिक वर्षभित्रै निर्माण गरिनेछ। ‘साइकल लेनमार्फत् दुई जातिको संस्कृतिलाई जोडेर पर्यटक आकर्षित गर्ने लक्ष्य हो’ उनले भने– ‘बन्दीपुर आउने पर्यटकलाई साइकल लेनमार्फत् दुवै गाउँ लैजाने व्यवस्था मिलाइनेछ।’

साइकल लेनले गाउँपालिकाको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। देश तथा विदेशमा प्रख्यात रहेको बन्दीपुरमा नयाँ–नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने उद्देश्यसहित साइकल लेन निर्माण गरिएको र यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकल यात्रीहरुलाई बन्दीपुरमा भित्र्याउन सहज हुने थापाको विश्वास छ।

साइकल लेन निर्माणपछि राष्ट्रिय स्तरका साइकल प्रतियोगिता बन्दीपुरमा गर्न सकिने र यसले यहाँको प्रचारप्रसार हुने अध्यक्ष थापाको विश्वास छ। ‘रानीवन जङ्गलमा चराचुरुङ्गीको चिरबिर आवाज र हिमश्रृङ्खलाको मनोरम दृश्य पनि अवलोकन गर्न सकिन्छ।’ उनले भने– ‘यसले पर्यटकलाई थप मोहित पार्छ।’ साइकल लेनलाई छिम्केश्वरीसम्म जोड्ने लक्ष्य छ।

टेण्डरको तयारीमा शिशाको दृश्यावलोकन विन्दु
गाउँपालिकाले टुँडिखेलमा शिशाको दृश्यावलोकन विन्दु निर्माण गर्ने तयारी गरेकामा टेण्डर प्रक्रिया शुरु गर्न अन्तिम तयारी भएको छ। दृश्यावलोकन स्तम्भको डिपिआर तयार भइसकेको र दशैँ अगाडि नै टेण्डर निकालिने थापाले जानकारी दिए।  

दृश्यावलोकन विन्दुका लागि दुई करोड रुपैयाँ बजेट अनुमान गरिएको छ। जमिनको सतहबाट पाँच फिट अग्लो टावर निर्माण गरेर दृश्यावलोकन विन्दु निर्माण गरिनेछ। ‘दृश्यावलोकन विन्दुसँगै अन्य पूर्वाधार पनि निर्माण गर्छौँ’, उनले भने– ‘पार्क, रेष्टुुरेण्ट, सांस्कृतिक केन्द्रलगायतका पूर्वाधार निर्माण गर्दा करिब सात करोड बजेट आवश्यक पर्छ।’ दृश्यावलोकन विन्दु निर्माणका लागि सङ्घीय सरकारसँग पनि बजेट माग गरिएको छ।

टुँडिखेलमा निर्माण गरिने सांस्कृतिक केन्द्रमा विभिन्न जातजातिको संस्कृति प्रदर्शन गरिनेछ। त्यसका लागि पर्यटकले टिकट खरिद गर्नुपर्ने व्यवस्था मिलाइनेछ। ‘दिनभर पर्यटकले दृश्यावलोकन विन्दुबाट दृश्यहरु अवलोकन गर्छन्, रात परेपछि विभिन्न जातजातिको संस्कृति पनि’ उनले भने।

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो। उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ। पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ। मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ।
एकपटकमा १५ जनाले अवलोकन गर्न मिल्ने उक्त ‘दृश्यावलोकन स्तम्भ’ बाट वार्षिक दुई करोड रुपैयाँ आम्दानी हुने लक्ष्य लिइएको छ।  

निर्माण हुँदै पदमार्ग  
विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण शुरुको भएको ‘मिनी ग्रेटवाल’ मा एघार सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भइसकेको छ। जिल्लाको मात्र नभई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दीपुरमा गत आर्थिक वर्षदेखि पदमार्ग पर्खाल निर्माण शुरु भएको थियो।

हालसम्म एक हजार एक सय मिटर पदमार्ग पर्खाल निर्माण सम्पन्न भएको छ।  त्यसका लागि ७० लाख रुपैयाँ बजेट खर्च भएको छ। ‘पदमार्ग पर्खाल चार किमि लामो हुन्छ, अब दशैँ पछि लगत्तै पुनः काम शुरु गर्छौँ’– थापाले भने। पदमार्ग पर्खाल निर्माणका लागि बजेट अभाव भएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ।  

बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ। डाँडामा सवारी साधन नपुग्ने भएकाले कामदारले निर्माण सामग्री बोकेरै लैजानुपर्ने बाध्यताका कारण निर्माण लागत महङ्गो परेको छ।  

मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो। उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ। पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ। मुकुन्देश्वरी डाँडामा सङ्ग्रहालय बनाउने लक्ष्य पनि राखिएको छ। “पदमार्ग पर्खालले राजा मुकुन्द सेन बसेको ठाउँको प्रचारसँगै बन्दीपुरको पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण योगदान दिने विश्वास गरेका छौँ’– थापाले भने। पदमार्ग पर्खाल निर्माण भएपछि त्यसबाट वार्षिक २० लाख रुपैया आम्दानी हुने लक्ष्य छ।  

केबलकार अर्को आकर्षण
बन्दीपुरको पर्यटनलाई थप टेवा पु-याउन बन्दीपुर केबलकार फलदायी हुने विश्वास छ। केबलकारको तल्लो स्टेशनको भवन निर्माण ८० प्रतिशत सकिएको छ भने माथिल्लो स्टेशनको फाउण्डेशनको काम शुरु भएको छ। चार तारे होटलसहितको ‘क्विन टावर’ को पनि भुइतल्लाको ढलान शुरु गरिएको छ।  

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टशेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन निर्माण भइरहेको छ। माथिल्लो स्टेशनमा ८० करोड रुपैयाँको लागतमा चार तारे होटल पनि निर्माण हुनेछ। चारतारे होटल निर्माणको जिम्मा काठमाडौँस्थित चन्द्र निर्माण सेवाले पाएको छ। उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैङ्कसँग ऋण सम्झौता गरिएको छ। उक्त भवनमा आधुनिक भ्युटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ।

सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ। जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ। 
बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। केवलकार परियोजनाको परामर्शदाताको रुपमा काठमाडौँस्थित केज कन्सल्ट्यान्ट प्रालि, मेकानिकल परामर्शदाताको रुपमा भारतस्थित सिआरएस र ब्रिको इङ्ग्ल्याण्ड रहेको छ। आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो। लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरुको कम्पनी हो, जहाँ एक हजार एक सय भन्दा बढी लगानीकर्ता रहेका छन्।  

कोभिडले थला परेको बन्दीपुर तङ्ग्रिने प्रयासमा
कोभिड–१९ का कारण थला परेको बन्दीपुर अब तङ्ग्रिने प्रयासमा छ। बन्दीपुरका होटल व्यवसायीले बन्दीपुर भ्रमण गर्न पर्यटकलाई आग्रह गरेका छन्। बन्दीपुर सुरक्षित रहेको सन्देश दिँदै पर्यटकलाई घुम्न निम्तो दिइने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए। समितिका सचिव बसन्त पौडेलले बन्दीपुरका हरेक वडा वडामा पुगेर नयाँ गन्तव्य पहिचान गर्दै पर्यटकीय स्थलको प्रबद्र्धनका लागि समिति क्रियाशील रहेको बताए।

हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बन्दीपुरमा पर्यटक आकर्षित गर्न छुट प्याकेजका कार्यक्रम ल्याउने तयारी गरिएको जानकारी दिए। ‘बन्दीपुर पर्यटक स्वागत गर्न आतुर छ, यहाँका पर्यटकीय स्थल पर्यटक कुरिरहेका छन्’,– उनले भने– ‘त्यसका लागि केही प्याकेज घोषणा गर्ने तयारीमा छौँ।’

बन्दीपुरमा ढुङ्गाले छापेको बाटोबाट सवारी साधन जान निषेध गरिएको छ। कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हो। सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ। जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ। प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ। भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तिनधारा, रानीबन, रामकोट, सुनाखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको पहिलो रोजाई हुन्।  

बन्दीपुरमा हिमालय दरबार, ग्रिनपार्क, फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेललगायत साना ठूला गरी ७७ वटा होटल छन्। ती होटलका ६०५ कोठाको क्षमता एक हजार ५०० रहेको छ। त्यस्तै बन्दीपुरमै रहेका चार होमस्टेका १८५ घरमा ३८३ जनाको क्षमता रहेको छ।
रासस 
अर्को समाचार
आठलाख पाहुनाको लक्ष्यमा बन्दीपुर
०९ वैशाख २०८३
•
४ मिनेट पाठ
आठलाख पाहुनाको लक्ष्यमा बन्दीपुर
तनहुँको पर्यटकीय बजार बन्दीपुर। तस्बिरः सन्तोष/नागरिक
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरले सन् २०२५ मा बन्दीपुर भ्रमण वर्ष मनायो। त्यो वर्ष बन्दीपुरले सबैगरि ६ लाख २५ हजार पाहुना भित्र्याउन सक्यो। ती पाहुनामध्ये ५ लाख आन्तरिक थिए। बाँकी १ लाख २५ हजार पाहुना विदेशी थिए। यो वर्ष भने बन्दीपुरले स्वदेशी र विदेशी गरि कम्तिमा आठलाख पाहुना भित्र्याउने लक्ष्य राखेको छ।  




आठलाख पाहुना भित्र्याउने लक्ष्य पुरा गर्नका लागि बन्दीपुरले यो वर्ष मेहनत थालेको छ। त्यसका लागि आगामि दुईसातापछि ‘गाउँ पर्यटन मेला’ आयोजना गर्दैछ। त्यसबाहेक बन्दीपुर आसपासका ११ वटा होमस्टेसम्म पाहुना लैजाने प्रयास गर्दैछ। वर्षैभरि कुनै न कुनै कार्यक्रम गरेर पाहुनालाई गाउँ उकाल्ने योजना बन्दीपुरको रहेको छ।  

क्षेत्रीय होटल संघ बन्दीपुरकी अध्यक्ष फूलमति थापा भन्छिन्, ‘हामीले पाहुनालाई बन्दीपुर बजारमा मात्र राख्ने होईन, आसपासका गाउँमा लगेर त्यहाँका बासिन्दालाई पनि पर्यटनमार्फत लाभ दिलाउने प्रयास गर्नेछौ।’ उनका अनुसार बन्दीपुरले अहिले आसपासका ११ मध्ये आठवटा होमस्टेलाई जोडेर सर्किट बनाईरहेको छ। पाहुनालाई ती होमस्टेका स्थानीय संस्कृति देखाउने प्रयास यो पटक गरिएको उनले बताइन्।  

‘पर्यटनको लाभ बन्दीपुर बजारले मात्र लिने होईन, आसपासका गाउँका बासिन्दालाई पनि त्यसको लाभ दिन सकिन्छ। त्यो लाभ पाएमा मात्र स्थानीयको अपनत्व हुन्छ,’ उनले भनिन, ‘स्थानीयको कलाशैली, संस्कृतिलाई देखाउन सकियो भने गाउँलेले पर्यटनबाट लाभ पाउनेछन। नत्र होमस्टे चलाएर मात्र भएन, पाहुना लैजना सकिएन भने उपलब्धी हुँदैन।’ 
फरक फरक गाउँको संस्कृति फरक रहेकोले पाहुनालाई देखाउन सकेमा त्यसबाट लाभ पाइने उनले बताईन।  ‘पाहुनालाई बजार मात्र सीमित राख्न खोजेर अब उनीहरुको बसाई अवधि बढाउन सकिन्न। पाहुनालाई गाउँको स्वाद पस्कन सक्यो भने त्यसले पर्यटनमा फाइदा पुग्छ। त्यस्तै दोहोरिएर आउने पाहुनाका लागि पनि बजार भन्दा गाउँको बसाई रोमाञ्चक बन्न सक्छ’ उनले भने, ‘पाहुनालाई आकर्षित गर्ने, उनीहरुको बसाई अवधि बढाउने गरि योजना बनाएका छौ। फरक गाउँको फरक संस्कृतिलाई पाहुना समक्ष प्रस्तुत गर्न सकेमा पर्यटन प्रवद्र्धन हुन्छ।’ नयाँनयाँ कार्यक्रम मार्फत पाहुना आकर्षण गर्न सकेमा मात्र बन्दीपुरको आठलाख पाहुनाको लक्ष्य पुरा हुने उनले बताइन्।  

सन् २०२५ मा बन्दीपुर भ्रमण वर्ष मनाउँदाका संयोजक समेत रहेका स्थानीय पर्यटन व्यावसायी बैश गुरुङ पनि पर्यटनको लाभ ग्रामीण क्षेत्रलाई पनि दिलाउन सकेमा पर्यटन प्रवर्द्धन हुने बताउँछन। त्यसका लागि आसपासका गाउँलाई पनि पर्यटनमा जोड्ने प्रयास थालेको उनले बताए। ‘होमस्टे सर्किटमा पाहुना लैजान सकियो भने त्यसबाट गाउँको पर्यटन प्रवर्द्धन हुन्छ,’ उनले भने। गाउँपालिकास्तरीय पर्यटन समितिका सदस्य समेत रहेका गुरुङका अनुसार बन्दीपुर आसपासका गाउँको पर्यटन बाहेक साहसिक पर्यटकीय गन्तव्यले पनि पहिचान बदलिएको छ।  

उनका अनुसार बन्दीपुर आसपासमा अहिले गुफा, रक क्लाईम्बिङ, प्याराग्लाईडिङ, हाईकिङ  लगायतका गतिविधि हुन्छन। त्यसबाहेक केवलकारले पनि अहिले यात्रुलाई बन्दीपुरसम्म उकाल्न सहज भएको छ। पोखराबाट फर्किने र पोखरा भित्रिने पाहुनालाई पृथ्वी राजमार्गबाट आठकिलोमिटर माथि उकाल्ने प्रयास स्वरुप विभिन्न कार्यक्रम गरेको उनले बताए।  

‘बन्दीपुरसम्म आउजाउमा समस्या पनि छैन। बन्दीपुरको मौसम आफैमा भिन्न छ। बन्दीपुरबाट देखिने नागबेली मर्स्याङ्दीको दृश्य पनि लोभलाग्दो हुन्छ,’ उनले भने, ‘आसपासका गाउँ पनि आकर्षक छन र ती गाँउका संस्कृति झनै महत्वपूर्ण छन्।’ 
बन्दीपुरका पुराना घरमा संचालन गरिएका कतिपय होटल पाहुनाका लागि झनै आकर्षक रहेको पनि उनले बताए।  उनका अनुसार बन्दीपुरमा सबैगरि साना ठूला गरेर ७५ वटा होटल छन्। ती होटलमा ६ सय हाराहारीमा कोठा छन्। बन्दीपुरका होटलमा मात्र एकरातमा १४ सय हाराहारीमा पाहुना अट्छन। आसपासका होमस्टेमा समेत गरेर बन्दीपुरमा एकरातमा २५ सय पाहुना अट्ने क्षमता रहेका पनि गुरुङले बताए।  

बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा पनि गाउँका बासिन्दालाई पर्यटनबाट लाभ दिलाउनका लागि पहल थालिएको बताए। ‘अघिल्लो वर्ष लक्ष्य भन्दा बढी संख्यामा पाहुना भित्रिए पछि बन्दीपुर हौसिएको हो। पर्यटनको लाभ पाएपछि बन्दीपुर यो वर्ष आठलाख पाहुना भित्र्याउन कस्सिएको छ,’ उनले भने, ‘सबैको पहलमा यो प्रयास थालिएको छ। पर्यटक पुगेर आम्दानी दिलाउन थालेपछि स्थानीय व्यावसायी बल्ल लाभान्वित हुन्छन।’

पर्यटन बोर्ड गण्डकी प्रमुख मणिराज लामिछाने पनि बन्दीपुर पछिल्लो समय आकर्षक गन्तव्य बन्दै गएको बताउँछन्। बन्दीपुरले पर्यटन, स्वास्थ्य र शिक्षामार्फत पहिचानको दायरा फराकिलो बनाएको पनि उनले बताए। बन्दीपुरका संचालित अस्पताल, त्यहाँको विद्यालय र पर्यटन बन्दीपुरको चिनारी भएको पनि उनले बताए। ‘बन्दीपुर आफैमा फरक पहिचान बोकेको पर्यटकीय गन्तव्य हो। बन्दीपुरसँग प्रकृति मात्र नभई संस्कृति पनि छ। त्यसैले बन्दीपुरले पाहुना पाएको छ। यो वर्षको आठलाख पाहुना भित्र्याउने लक्ष्यमा सबैको साथ खोजेको छ,’ उनले भने। बोर्डले बन्दीपुरको प्रवर्द्धनमा सहज होस भनेर यो वर्षको गाउँ पर्यटन मेलामा समेत सहकार्य गरेको उनले बताए।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस