सौराहामा हात्ती सफारीको विकल्प खोजिँदै
१७ असोज २०७७
•
३ मिनेट पाठ
सौराहामा हात्ती सफारीको विकल्प खोजिँदै
ध्रुव गिरी सौराहामा सपना भिलेज होटल चलाउँदै आएका छन्। उनले हात्ती पाल्न थालेको करिब १० वर्ष भयो। शुरुमा हात्ती सफारीका लागि एउटा हात्ती पालेका उनले अहिले ६ वटा पालेका छन्, हात्ती सफारीका लागि प्रयोग हुँदैनन्। किन की हात्ती सबै सफारीका लागि योग्य छैनन्। कुनै हात्ती अपाङ्गता भएका छन् त कुनै अशक्त। यी हात्तीहरू सफारीका क्रममा घाइते भएका हुन्। उनले अझै हात्तीको सङ्ख्या बढाउने योजना बनाएको छ।  




हात्तीले सफारीको काम नगरे पनि गिरी भने खुशी छन्। हात्तीका गतिविधि देखाएर नै उनले सफारीसरह पैसा भने कमाउन सकेको बताउँछन्। दुई वर्षदेखि उनले हात्तीलाई सेन्चुरी निर्माण गरी राख्दै आएका छन्। हात्ती नजिकैको बूढीराप्तीमा दिनभर चर्छन्, खोलामा नुहाउँछन् र अरु बेला सेन्चुरीमा बस्छन्। सेन्चुरी भनेको हात्तीलाई बिना साङ्लो एउटा घेरामा खुलारुपमा राखिएको ठाउँ हो जहाँ हात्ती पर्यटकका लागि विभिन्न किसिमका खेल, नाच र अन्य रोमाञ्चक गतिविधि देखाउने गर्दछन्। त्योबापत पैसा तिर्छन्। एक हात्तीका लागि मासिक ६० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गर्दछ। यो कामका लागि एक अन्तर्राष्ट्रिय संस्थाले उनलाई सहयोग पनि गर्दै आइरहेको छ। हात्ती सङ्कटमा पर्न थालेसँगै यहाँका व्यवसायी चिन्तित पनि छन्।  

“पोथी हात्ती दुई वर्षसम्म गर्भावस्थामा रहन्छन्”, गिरीले भने, “बच्चा पाउँदा आमा मर्ने सम्भावना बढी हुन्छ। हात्तीको सङ्ख्या बढाउन सजिलो छैन”, गिरीले हात्तीलाई लोप हुन नदिन ‘एलिफेन्ट सेन्चुरी’ एक महत्वपूर्ण पाटो भएको बताउँछन्। समयमै संरक्षण गर्न नसके भावी पुस्तालाई हात्ती देखाउन नसकिने उनको भनाइ छ।

हात्तीको सङ्ख्या वृद्धि गर्न चितवन राष्ट्रिय निकुञ्जले हात्ती प्रजनन केन्द्र पनि स्थापना गरेको छ। हात्ती निकुञ्जको संरक्षणको काममा पनि प्रयोग हुँदै आइरहेका छन्। कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण यहाँका व्यवसायीलाई हात्तीलाई पाल्न गारो भइरहेको छ। भारतबाट भाडामा ल्याएका केही हात्तीलाई फिर्ता पनि पठाइएको छ।

पछिल्लो समय एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अध्ययनमा एशियन हात्तीको सङ्ख्यामा कमी आइरहेको जनाइएको छ। बेला बेलामा उठ्ने पशु अधिकारका कुराले पनि यहाँका व्यवसायीलाई सास्ती व्यहोर्न परेको छ। यहाँका व्यवसायीले पनि हात्तीलाई सफारीमा प्रयोग नगरी हात्तीबाट आम्दानी गर्दै यसको संरक्षणमा चासो दिएका छन्। यसको विकल्प ‘एलिफेन्ट सेन्चुरी’ हो भन्ने निस्कर्षमा पुगिएको छ।

क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेले सौराहामा एलिफेन्ट सेन्चुरी बनाउने बारे छलफल भइरहेको बताए। “हात्ती चढ्ने हात्तीमै चढेर निकुञ्ज घुम्नेछन”, उनले भने, “हात्ती सफारी नरुचाउनेले एलिफेन्ट सेन्चुरीमा हात्तीका गतिविधि अवलोकन गर्न पाउनेछन्।” उनका अनुसार हात्ती सफारीमा लैजान अयोग्य सबै हात्तीलाई खुल्ला चिडियाखानाको मोडलमा एलिफेन्ट सेन्चुरी क्षेत्र बनाउने योजनाबारे बहस चलेको छ। “हात्तीको दिनभरको गतिविधि नियाल्न चाहनेलाई सहज पनि हुने छ”, उनले भने, “अबको १५ वर्षपछि हात्ती सफारी विभिन्न कारणले बन्द भएछ भने पनि यसको गतिविधि हेर्न मिल्ने स्थानको सुनिश्चितता रहनेछ।”

युनाइटेट हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले ‘एलिफेन्ट सेन्चुरी’ ले व्यावसायिकता र हात्ती संरक्षणमा टेवा पुग्ने बताउँछन्। ‘एलिफेन्ट सेन्चुरी’ भारतको नयाँदिल्लीमा सञ्चालन गरिँदै आइएको उनले बताए। सौराहामा निजी क्षेत्रका ७० बढी हात्ती छन्। युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था सौराहामा ५५ हात्ती छन् भने अन्य ठूला होटल व्यवसायी मातहतका १५ हात्ती छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस