काठमाडौँ, मंसिर २३ (नागरिक) - नदीहरुमा पानीको स्तर घटेको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दिनमा ११ घण्टासम्म लोडसेडिङ गर्ने गरी नयाँ तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार हप्तामा चार दिन बिहान ६ घण्टा र दिउँसो/राति एकै पटक ५ घण्टा गरी कूल ११ घण्टा लोडसेडिङ हुनेछ।
त्यसैगरी दुई दिन बिहान ६ घण्टा र दिउँसो/राति ४ घण्टा गरी कूल १० घण्टा अन्धकार हुनेछ। हप्ताको एक दिन भने लोडसेडिङमा विशेष छुट दिई दिनमा ८ घण्टासम्म लोडसेडिङ हुनेछ। ८ घण्टा लोडसेडिङ हुने दिन बिहान चार घण्टा र दिउँसो/राति चार घण्टा बत्ती हुनेछैन।
यसअघि दैनिक औसत ८ घण्टामात्रै लोडसेडिङ भइरहेको थियो।
परिस्थिति प्रतिकूल भएमा थप एक घण्टा लोडसेडिङ हुने तालिकामा उल्लेख छ। त्यही अनुसार विगत केही दिनदेखि अघोषित रुपमा समयभन्दा बढी लोडसेडिङ भइरहेको थियो।
नयाँ लोडसेडिङ तालिका हेर्नुस्- (ठूलो पारी हेर्न फोटोमा क्लिक गर्नुस्)