कोरोना कहरका कारण ताप्लेजुङमा निर्माणधिन मध्यतमोर जलविद्युत आयोजनाको लागतमा वृद्धि र काम सकिने निर्धारित अवधि समेत पर धकेलिने भएको छ। लागतमा ५ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको आयोजना निर्माणको अवधि भने ५ देखि ९ महिनासम्म पर धकेलिने संकेत देखिएको छ।
यद्यपी ७३ मेगावाट क्षमताको सानिमा मध्य तमोर आयोजनाले भने निर्धारित अवधिलाई आधार मानेरै कार्य प्रगति अघि बढाउने योजना भइरहेको बताएको छ। सानिमा मध्य तमोर आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ)जगत भूर्तेलले आयोजनाको लागतमा न्यूनतम् ५ प्रतिशत वृद्धि हुने स्पष्ट संकेत देखिएको बताए। ‘कोरोना प्रभावले आयोजना सम्पन्न गर्ने अवधिमा कस्तो असर गर्छ, त्यहिँ अनुसार आयोजनाको लागत अनुमानमा समेत वृद्धि हुँदै जान्छ’ भूर्तेलले भने। अवस्था सामान्य हुँदा जलविद्युत आयोजनाको कूल लागत १२ अर्ब ६८ करोड तोकिएको थियो।
आयोजनाको नियमक निकाय सानिमा मध्य तमोरले कोरोनाको असरले काममा परेको प्रभाव, निर्माण उपकरणमा भएको वृद्धिसहितलाई आधार मानेर आयोजनाको कूल लागत कम्तिमा १३ अर्ब ३० करोड रुपैयाँ पुग्ने अनुमान गरेको छ। आयोजनाको व्यवस्थापन पक्षले कोरोना कहर जतिसक्दो चाँडो सकिन्छ, उत्तिनै थप लागत वृद्धिमा जोगावट हुने अवस्था देखेको छ।
प्राकृतिक विपद्बाट छल्न पानी थिग्ग्रयाउने संरचना(सेटलिङ बेसिन समेत)लाई भूमिगत बनाइएकोले यहिँ कार्यका लागि मात्रै पूर्व निर्धारित लागत भन्दा झण्डै ३० करोड बढी लागत वृद्धि भएको आयोजनाले जनाएको छ। कुनै किसिमको अवरोध नभएको भए मध्य तमोर जलविद्युत आयोजनाको निर्माण सम्पन्न हुने निर्धारित अवधि सन् २०२२ को जुलाई अन्तिम थियो। कोरोना प्रभाव, प्राकृतिक विपद् लगायतका कारण आयोजना सम्पन्न हुन २०२२ को डिसेम्बरदेखि २०२३ को अप्रिल महिनासम्म लाग्न सक्ने अनुमान गरिएको छ।
यद्यपी आयोजनाले पूर्व निर्धारित तालिका परिवर्तन गरी निर्माण सम्पन्न हुने नयाँ तालिका भने सार्वजनिक गरेको छैन। आयोजनाका प्रवन्धक मणिराज पोखरेका अनुसार पूर्व निर्धारित तालिकामा केहि शंसोधन भने पक्कै हुन्छ। आयोजनाको कार्यमा खटिएका चिनियाँ मजदुरहरु कोरोनाविरुद्धको खोपका लागि भन्दै धमाधम स्वदेश फर्कन थालेकोले अब आयोजनाले बाँकी काम कसरी अघि बढाउने भन्ने योजना बनाइरहेको छ। घर फर्किएका चिनियाँ मजदुरहरु फेरि काममा फर्कने अवस्था अन्योल छ। उनीहरु नफर्कने अवस्थामा आयोजनाले बाँकी कामका लागि अनुभवी नेपाली कामदारलाई कार्यस्थलमा खटाउने योजना बुनिरहेको प्रमुख कार्यकारी अधिकृत भूर्तेलले जानकारी दिए।
२ सय १८ जना चिनियाँ कामदार कार्यरत रहेको आयोजना स्थलमा केहिदिन भित्रमै व्यवस्थापन पक्ष बाहेक सबै चिनियाँ फिर्ता भइसक्ने छन्। पहिलो चरणमा ९४ र दोस्रो चरणमा ४२ जना चिनियाँ कामदार स्वदेश फर्किसकेका छन् भने ४७ जना जाने अन्तिम तयारीमा रहेको आयोजना प्रवन्धक पोखरेलले जानकारी दिए। नोभेम्बर र डिसेम्बर महिनामा चिनियाँ सरकारले आफ्ना सबै नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने कार्यतालिका बनाएको भन्दै त्यसैका लागि उनीहरु स्वदेशतर्फ जान लागेको सूचना आफूले पाएको पोखरेलले बताए।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका, मिक्वाखोला र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना भई बग्ने तमोर नदीबाट आयोजना निर्माण कार्य भइरहेको छ।