तातोपानी नाका फेरि बन्द
२० असोज २०७७
•
३ मिनेट पाठ
तातोपानी नाका फेरि बन्द
 व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ।  




नेपाली मजदुरमा कोरोना संक्रमण देखिएपछि चीनले एक पक्षीय रुपमा नाका बन्द गरेको हो। कुनै पनि सामाग्री मंगलबार नाकामा आएनन्। बाढीपहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो। सीमामा कोरोना संक्रमण रोक्ने शर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो।  

सामाग्री ढुवानी र लोड/अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिएपछि चिनियाँ अधिकारीले तत्काल सामाग्री पठाउन नसकिने जानकारी दिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए। ‘दुबै भन्सार प्रशासनबीच सुरक्षित ढंगले कसरी नाका नियमित सञ्चालनमा ल्याउन सकिन्छ भनेर नयाँ मोडालिटीबारे छलफल सुरु भएको छ,’ उनले नागरिकसँग भने, ‘त्यो मोडालिटी नबनेसम्म अझै केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन।’  

नेपालीको चाडबाड मौसम सुरु भएकाले नाका लामो समय भने बन्द रहन नसक्ने प्रमुख खत्रीले दाबी गरे। उनका अनुसार पछिल्लो पटक तीन नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चीनले हठात् सामाग्री पठाउन रोकेको हो। यसअघि अर्को समूहका चार मजदुरमा कोरोना भेटिएको थियो। चीनकै प्रस्तावमा सिफ्टमा काम गर्ने गरी सामाग्री ढुवानी र लोड÷अनलोड गर्ने दुई समूह बनाइएको थियो। बन्द हुनुअघि २९ मजदुरको एउटा मात्र समूहले काम गर्दै आएको थियो।

कोरोना संक्रमण रोक्नकै लागि बनाइएको २९ मजदुरकै दोस्रो समूहका तीनको रिपोर्ट पोजेटिभ आएको हो। उनीहरुको स्वाब परीक्षण चीन आफैँले गरेको थियो। यसअघि नेपालको ल्याबमा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। पहिलो समूहका मजदुरको भने नेपालमा मात्रै परीक्षण गरिएको थियो। पहिलो समूहका संक्रमित आइसोलेसन र अरु मजदुर क्वारिन्टनमा बसेको मंगलबार १३ दिन बितेको छ।  

‘अब कसरी नाका सञ्चालनमा ल्याउने भनेर छलफल गरिरहेका छौँ। निर्णयमा पुग्न केही दिन लाग्छ,’ चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै भन्सार प्रमुख खत्रीले भने। नेपाली मजदुर सामाग्री लिन चिनियाँ भूमि मितेरी पुलसम्म पुग्दै आएका थिए। अब नेपाली मजदुर चिनियाँ क्षेत्रमा नछिर्ने तर चीनले नेपाली भूमि (भन्सारको पूरानो यार्ड) सम्म सामाग्री ल्याएर झारिदिने मोडालिटीमा काम गर्ने गरी प्रस्ताव पठाएको खत्रीले जानकारी दिए। यो प्रस्तावमा पनि छलफल चलाउने आश्वासन चीन पक्षले दिएको उनले बताए।  

पहिलो चरणमा कोरोनाका कारण चिनियाँ भूभागमा अलपत्र सामाग्री पठाउने र त्यसपछि निरन्तर नियमित व्यापारिक कारोवार सञ्चालन गर्ने सहमतिमा नाका खुलाइएको थियो। नाका खुलेकै दिन १२ कन्टेनर सामाग्री भन्सार आइपुगेका थिए। नेपाली व्यावसायीका अनुसार झण्डै एक हजार कन्टेनर सामाग्री चिनियाँ भूभागमा रोकिएका छन्। बाढीपहिरोका कारण असार २५ गतेदेखि नाका बन्द रहँदै आएको थियो। यसअघि कोरोनाका कारण चीनले अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्दा माघदेखि चैतसम्म नाका बन्द भएको थियो। 

नेपालमा समेत कोरोना संक्रमण बढेपछि सरकारको आग्रहमा स्वास्थ्य सामाग्री आयात गर्ने प्रयोजनले नाका खुलाइए पनि वर्षाका कारण तीन महिनाभन्दा बढी समय चल्न सकेन।
अर्को समाचार
शुक्रबारदेखि तातोपानी नाका स्थानीयका लागि खुल्ने
१४ भदौ २०८०
•
१ मिनेट पाठ
शुक्रबारदेखि तातोपानी नाका स्थानीयका लागि खुल्ने
चीनसँगको उत्तरी सीमानाका तातोपानी शुक्रबारदेखि खुल्ने भएको छ। लामो समय आवागमन बन्द रहेको तातोपानी नाका शुक्रबारदेखि खुल्ने भएको हो।




गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए। “नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौँ”, उनले भने।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। 

प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुल्ला गरिएको बताए। उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्। रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस