गण्डकी प्रदेशमा कृषि उपज उत्पादन क्षेत्र तोकिने
२१ असोज २०७७
•
३ मिनेट पाठ
गण्डकी प्रदेशमा कृषि उपज उत्पादन क्षेत्र तोकिने
गण्डकी प्रदेश सरकारले कृषि उपज उत्पादन क्षेत्र तोक्ने भएको छ। प्रदेश सरकारले हालै ल्याएको प्रदेश कृषि ब्यवसाय प्रवद्र्धन सम्बन्धी ब्यवस्था गर्न बनेको विधेयकमा कृषि उपज उत्पादन क्षेत्र तोक्ने भनेर उल्लेख गरेको हो। 




जस अन्तर्गत प्रदेश सरकारले खाद्यान्न उत्पादन क्षेत्र, वागबानी उत्पादन क्षेत्र, पशु उत्पादन क्षेत्र, निर्यातमुलक कृषि उपज उत्पादन क्षेत्र र अन्य कृषि उपज उत्पादन क्षेत्र भनेर ५ वटा कृषि उपज उत्पादन क्षेत्र तोक्न सकिने भनिएको छ। यसरी तोकिएका कृषि उपज उत्पादन क्षेत्रमा विशेष सुविधा तथा सहुलियतहरु उपलब्ध गराइने गण्डकी प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए।

कृषि ब्यवसाय अनिवार्य दर्ता गरेर मात्र सञ्चालन गर्न दिने नीति अख्तियार गरेको छ। अनुमति नलिइ कृषि बजारको स्थापना र सञ्चालन गरेमा कार्वाही हुने उल्लेख छ। त्यस्ता अटेरी कृषि ब्यवसायीलाई कारोबारको स्तर हेरि १० देखि २५ हजार रुपैयाँसम्म जरिवाना तोक्न सकिने प्रावधान राखिएको छ। कृषि बजार सञ्चालन भने प्रतिस्पर्धात्मक बजार प्रणाली अवलम्बन गर्नुपर्ने भनिएको छ।

सरकारले कृषि बजारलाई ५ प्रकारमा वर्गिकरण गरेको छ। विधेयकमा उल्लेख भए अनुसार थोक बजार, खुद्रा बजार, हाट बजार, संकलन केन्द्र र अक्सन बजार भनेर कृषि बजारलाई वर्गिकरण गरिएको हो।

प्रदेश सरकारले कृषि बजारमा हाल रहेको एकाधिकार अन्त्य गर्ने नीति लिएको छ। जसका लागि कृषि ब्यवसाय प्रवद्र्धन गरिने विधेयकमा उल्लेख छ। यो विधेयकपछि कृषि ब्यवसायमा बिचौलियाको अन्त्य हुने विश्वास लिइएको मन्त्री थापाले बताए। बिचौलियाले अस्वाभाविक नाफा खाँदा कृषक र उपभोक्ता दुबै ठगिदा रहेछन्,‘उनले भने,‘यस्ता अनुचित फाइदा लिएर कृषि बजार नै प्रभावित पार्ने कार्यको यस विधेयकले अन्त्य गर्नेछ।’

सरकारले कृषि व्यवसाय प्रवद्र्धनका लागि सिँचाइ, तन्तु प्रयोजन प्रयोगशाला, प्रशोधन केन्द्र, भण्डारण गृह, कृषि बजार, चिस्यान केन्द्र लगायतका पूर्वाधार निर्माणका लागि सहयोग गर्ने जनाइएको छ। यसका लागि नीजि क्षेत्र, संघसंस्था, सहकारी वा अन्य निकायसँग सहकार्य गरिने उनले बताए।

प्रदेश सरकारले कृषि व्यवसायप्रति आकर्षित गर्दै यसैलाई ब्यवसायीक रुपमा लैजानका लागि कृषकलाई कृषि ऋणमा ब्याज सहुलियत, कृषि व्यवसायमा लाग्ने कर छुटलगायतका  सुविधा दिइने जनाएको छ। त्यस्तै कृषि ब्यवसाय प्रवद्र्धनका निम्ति प्रदेश सरकारले अनुदानसमेत दिने जनाएको छ। तर विगतजस्तो सीमित व्यक्तिले पाउने नबनाई उत्पादनमा आधारित रहेर अनुदान दिइने मन्त्री थापाले बताए।

सरकारले कृषि उपज वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने बताएको छ। त्यस्तै कृषि उपज वस्तुमा क्षति भईहालेमा त्यसको सुरक्षाका लागि विमा ब्यवस्थालाई जोड दिएको छ।

सरकारले कृषि व्यवसाय प्रवद्र्धनका लागि प्रदेशको कृषि मन्त्रीको अध्यक्षतामा प्रदेश स्तरीय कृषि व्यवसाय प्रवद्र्धन समिति बनाईने उल्लेख छ। त्यस्तै, स्थानिय स्तरमा पनि स्थानीय तहलेसमेत छुट्टै कृषि व्यवसाय प्रवद्र्धन समिति गठन गर्न सक्ने उल्लेख छ।

असोज १३ गते संसद सचिवालयमा दर्ता भएको प्रदेश कृषि ब्यवसाय प्रवद्र्धन सम्बन्धी ब्यवस्था गर्न बनेको विधेयक असोज १६ गते प्रदेश सभामा पेस भएको थियो। विधेयक हाल विधायन समितिमा पुगेको छ भने त्यहाँ दफावार छलफलपछि पुनः प्रदेश सभामा फिर्ता पठाईने र पुनः छलफलपछि पारित गर्ने तयारीमा सरकार छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
यो पनि पढौँ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस