राजधानीमा भूमिगत प्रसारण लाइन निर्माण धिमा गतिमा
२५ असोज २०७७
•
४ मिनेट पाठ
राजधानीमा भूमिगत प्रसारण लाइन निर्माण धिमा गतिमा
कोभिड १९ को संक्रमण फैलिएसँगै काठमाडौं उपत्यकामा भूमीगत विद्युतीय प्रसारणलाइन निर्माण कार्यले गति लिन सकेको छैन। नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि उपत्यकामा भूमिगत प्रसारणलाइन निर्माण गरेपनि अपेक्षित गतिमा काम हुन सकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट सुरुवात गरेका थिए।  




शुभारम्भ गरेसँगै मुलुकभर लकडाउन तथा निषेधाज्ञा जारी भएसँगै भूमिगत विद्युतीय प्रसारणलाइन निर्माण कार्य निकै सुस्त गतिमा मात्रै भइरहेको छ। प्राधिकरणले पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्र अन्तर्गतमा भूमिगत प्रसारणलाइन निर्माण कार्य सुरुवात गरेको थियो।तर, कोभिड १९ र ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले निर्धारित समयभित्रै भूमिगत प्रसारणलाइन निर्माण सम्पन्न नहुने पक्कापक्की जस्तै भएको छ।  

प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले कोभिड १९को संक्रमणको जोखिम बढेसँगै भूमिगत प्रसारणलाइन निर्माण कार्यले गति लिन नसकेको बताए। ‘भूमिगत प्रसारणलाइन निर्माणको लागि आवश्यक कामदार ल्याउन नसक्दा अपेक्षित गतिमा निर्माण हुन सकेको छैन,’ उनले भने,‘रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट सानो एरियामा मात्रै काम भइरहेको छ।’। प्राधिकरणले सो कार्यका लागि सन् २०१९ को मार्चमा भारतीय ठेकेदार कम्पनी केइआई इन्ड्रस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार सन् २०२१ को अक्टोबर भित्र तार भूमिगत गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य छ। ठेक्का सम्झौता अनुसार म्याद सकिन एक वर्षमात्रै बाकीँ छ। तर, प्रसारणलाइन निर्माण कार्य नगन्य गतिमा भइरहेको छ। यही गतिले तोकिएको समयभित्रै निर्माण सम्पन्न हुने देखिदैंन।

एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा संचालित यस आयोजनाको कूल ठेक्का सम्झौता रकम करिव  ७ अर्ब रहेको छ। महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु बालुवाटार, बुढानिलकण्ठ, टोखा, गोंगबू, महाराजगञ्ज, आदि स्थानहरुमा करिब २५० किलोमीटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमिटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २५० किलोमिटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ। यसै गरि रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रहरु रत्नपार्क, न्यूरोड, अनामनगर, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल जोरपाटी आदि स्थानहरुमा करिब २०० किलोमीटर ११००० भोल्टेजको भूमिगत लाइन तथा करिब ४०० किलोमीटर ४०० भोल्टेजको भूमिगत लाइन निर्माणको साथै करिब २०० किलोमीटर अप्टिकल फाइबर भूमिगत बिछ्याइनेछ। रत्नपार्क वितरण केन्द्रले गौशालादेखि चाबहिल चुचेपाटीसम्म मात्रै भूमिगत प्रसारणलाइन निर्माण कार्य सम्पन्न गरेको छ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर विद्युत् वितरण प्रणाली शुदृढीकरण आयोजनाका प्रमुख अभिषेक अधिकारीले कोरोना भाइरसको संक्रमणको कारणले भूमिगत विद्युतीय प्रसारणलाइनको निर्माणको कार्य प्रभावित हुदैं आएको बताए। ‘यो प्रसारणलाइन निर्माणमा नेपाली कामदारको खासै अनुभव छैन। त्यसैले निर्माण गर्नको लागि भारतीय कामदार नै ल्याउनुपर्ने बाध्यता छ,’ उनले भने,‘भारतमा कोरोनाको संक्रमण अत्यधिक भएसँगै निर्माण कार्यले गति लिन सकिरहेको छैन।’ पर्याप्त कामदारको अभावमा तिव्र गतिमा काम हुन सकिरहेको छैन। आयोजना प्रमुख अधिकारीले अहिले जापानीज एम्बेसीदेखि बुढानिलकण्ठसम्म भूमिगत पाइपलाइनको लागि आवश्यक पाइप विछ्याउने कार्य भइरहेको बताए। २०७५ चैतमा ठेकेदार कम्पनी भारतीय केइआई इन्ड्रस्टिजसँग महाराजगन्ज वितरण केन्द्रमा भूमिगत विद्युत प्रसारण लाइन विस्तारको लागि तीन अर्ब  ८० करोड लागतमा ठेक्का सम्झौता भएको थियो।

अहिले साइटमा ४० देखि ५० जना कामदारले काम गरिरहेका छन्। दुवै आयोजना ठेक्का सम्झौताभएको ३० महिनाभित्रै निर्माण सम्पन्न गर्नु पर्ने व्यवस्था गरिएको छ।  ‘भूमिगत प्रसारण लाइनलाई सुरक्षाको लागि मात्रै नभएर विद्युत् क्षमता विस्तार गर्ने अवसरको रुपमा पनि लिनुपर्छ,’ आयोजना प्रमुख अधिकारीले भने, ‘विश्वका धेरै देशमाभूमिगत प्रसारण लाइन छ।  नेपालमा भने बिल्कुलै नयाँ हो। ’

भूमिगतविद्युत् प्रसारण लाइनविस्तारको लागि डेढदेखि दुई मिटर सडक खनेर तार राख्ने गरिन्छ।  ११ केभी प्रसारण लाइनको लागि १६० एमएमको पाइप राखिनेछ। चार सय भोल्टको प्रसारण लाइनको लागि १२५ एमएमको पाइपभित्र इन्सुलेसन राखिएको बिजुलीको तार राखिन्छ। इन्जिनियरिङ प्रोक्र्योरमेन्ट कन्सट्रक्सन इपिसी मोडलमा यो काम गर्न लागिएको हो।  ‘होरिजेन्टल ड्रिलिङ प्रविधिबाट भूमिगतविद्युत् प्रसारण लाइनविस्तार गर्न लागेका हौं,’ उनले भने, ‘एक ठाउँमा मुसाले जस्तै दुलो पारेर अन्य ठाउँमा भित्रभित्रैबाट बिजुलीको लाइन विस्तार गरिनेछ।’
अर्को समाचार
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बढीमा ६० किस्तासम्म तिर्न पाइने
१७ पौष २०८०
•
२ मिनेट पाठ
डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता बढीमा ६० किस्तासम्म तिर्न पाइने
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई छुट बिलिङ गरिएको विद्युत खपतको महशुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ।




ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमवार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए।

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति  हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सवस्टेसनबाट अर्को सवस्टेशन जोड्ने लाइन) बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक वर्गका ग्राहकरुलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटक पटक ताकेता एवम् सार्वजनिक सूचनामार्फत  अनुरोध गरिएको थियो।

उक्त अनुरोधलाई बेवास्ता गर्दै महसुल बुझाउन अस्वीकार गरेपछि नेपाल विद्युत प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल सङ्कलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत लाइन बिच्छेद गर्न सुरु गरेको थियो।

आम सर्वसाधारण उपभोक्ताले बिगतमा दैनिक रुपमा १७/१८ घण्टासम्मको लोडसेडिङ ब्यहोरिरहेकोबेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए। २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन्।

डेडिकेटेड तथा ट्रंक लाईनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्व २४ करोड रुपैयाँ रहेको छ। यसमध्ये ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ। बक्यौता रहेका अन्य उद्योगहरुको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीतिमा प्राधिकरण रहेको छ।

हिमाल आइरनले तिर्यो पहिलो किस्ता लाइन जोडियो

बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एण्ड स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरु गरेको छ। ८ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएको नेपाल विद्युत प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमवार रातको सभा ९ बजे विद्युत् लाइन जोडिएको जानकारी दिए। प्राधिकरणले उद्योगको लाइन शुक्रवार काटेको थियो। उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस