प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको वर्चस्व रहेकाले संघ र प्रदेशबाट सुनसरीमा आउने बजेट न्यून हुने गरेको नेपाली कांग्रेसले ठहर गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसले यहाँ राम्रो नतिजा ल्याएको थियो। स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसकै वर्चस्व छ। त्यही कारण वर्षेनी बिनियोजन गर्ने बजेटमा संघ र प्रदेश सरकारले न्यून मात्र छुट्याउने गरेको प्रदेश नं. १ का प्रमुख प्रतिपक्षीय दल कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताए।
‘संघीय र प्रदेश सरकार कांग्रेसले सुनसरीमा राम्रो नतिजा ल्याएकै कारण पूर्वाग्राही छ,’ सुनसरीका जिल्ला सभापति समेत रहेका संसदीय दलका नेता कोइरालाले रामधुनीमा आयोजित कार्यक्रममा बोल्दै भने, ‘प्रदेश सरकारकै मन्त्रीले आफ्नो क्षेत्रमा बगे्रल्ती योजना पारेका छन्।’ उनले सुनसरीकै उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदीस कुसियतले आफ्नो जिल्लामा न्यून बजेट पार्ने गरेको जिकिर गरे। ‘अरु मन्त्रीले ठूल्ठूला योजना धेरै लगानीका पार्दा सुनसरीमा पनि मन्त्री कुसियतले पार्न सक्नु पर्नेमा कांग्रेसकै वर्चस्व रहेकाले गर्दा नपारेको स्पस्ट हुन्छ,’ उनले दाबी गरे।
नेता कोइरालाले संघीय र प्रदेश सरकारले कांग्रेसको वर्चस्व रहेकैले गर्दा सुनसरीलाई ध्वस्त बनाउन लागेको पनि जिकिर गरे। ‘अहिले कोरोनाको महामारीका बेला त यहाँ मुद्दा लगाउँदै नेकपामा प्रवेश गराउने लहर चलेको छ,’ उनले भने, ‘विधिको सासनलाई खिल्ली उडाउने काम सत्तारुढ दलबाट भएको छ। यो आपत्तिजनक छ।’
सुनसरीमा पहिलो संविधानसभा निर्वाचनमा नराम्ररी पराजय भोगेको नेपाली कांग्रेसले दोस्रो संविधानसभामा एक सिट जितेर शुन्य हुनबाट जोगाएकोमा २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राम्रो नतिजा निकाल्न सफल भएको थियो।
चारवटा निर्वाचन क्षेत्र रहेको यहाँ २०७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभातर्फ क्षेत्र नं. २, ३ र ४ सहित प्रदेशसभातर्फ क्षेत्र नं. २ ‘ख’, ३ ‘ख’ र ४ ‘ख’ मा जितेको थियो। कम्यूनिष्ट आधार क्षेत्रको क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यसँगै क्षेत्र नं. १ को ‘क’ र ‘ख’ दुवै नेकपाले जितेको थियो। क्षेत्र नं. २ को ‘क ’३ को ‘क’ र ४ को ‘क’ मा नेकपाकै उम्मेदवारले जितेका थिए।
स्थानीय तहको निर्वाचनमा विजयकुमार गच्छदार कांग्रेसमा प्रवेश गरेसँगै जिल्लाका १२ वटा स्थानीय तहमध्ये नौ प्रमुख र आठवटा उपप्रमुख छन्। २०७६ सालमा धरानमा भएको उपनिर्वाचनमा प्रमुखमा कांग्रेसले जितेसँगै नौ जना प्रमुख जित्न सफल भएको हो। यस्तै नेकपाको दुई प्रमुख र तीन उपप्रमुखमा विजयी भएको छ। जनता समाजवादी पार्टीबाट भने एक गाउँपालिका प्रमुख र एक उपप्रमुख जितेको छ।