कोरोना नियन्त्रण तथा व्यवस्थापन ताप्लेजुङ जिल्ला समितिको खातामा यहाँका २ स्थानीय तहले प्रतिबद्धता गरे अनुसारको रकम जम्मा नगरेको पाइएको छ। गत असार २६ गते सम्पन्न जिल्ला सभामार्फत कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको खातामा यहाँका ९ स्थानीय तहले जनही २–२ लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता जनाएका थिए।
जिल्ला प्रशासन कार्यालयले आफ्नो वेबसाइटमार्फत कोरोना नियन्त्रण तथा व्यवस्थापनको कार्यमा जिल्ला तहबाट भएको आम्दानी तथा खर्च बिवरण सार्वजनिक गरेको हो। जस अनुसार मैवाखोला र मिक्वाखोला गाउँपालिकाले भने कवोल अनुसारको रकम जम्मा गरेका छैनन्। यि दुई स्थानीय तहले जिल्लास्तरमा रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको खातामा रकम जम्मा नगर्दा कोषमा १४ लाख रुपैयाँ आम्दानी भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार भदौ महिनासम्ममा जिल्ला स्तरमा रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषबाट ३ लाख ८४ हजार २९९ रुपैयाँ खर्च भएको छ।
खातामा अहिले १० लाख १५ हजार ७०१ रुपैयाँ बचत रहेको छ। होल्डिङ सेन्टरको रुपमा रहेको ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनको बिजुली र पानी महशुल समेत गरी यो बीचमा भएको खर्चको भुक्तानी दिन भने बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन संयोजक रहेको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको सचिवालयको काम भने जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएको छ।
प्रमुख जिल्ला अधिकारी समितिको सचिव रहने प्रावधानका कारण सचिवालयको काम प्रशासन कार्यालयबाट हुँदै आएको हो। जिल्लास्तरको कोरोना कोषमा फुङ्लिङ नगरपालिका, आठराइ त्रिबेणी गाउँपालिका, पाथीभरा याङ्वरक, सिदिङ्वा, मेरिङ्देन, सिरिजङ्घा र फक्तालुङ गाउँपालिकाले रकम जम्मा गरिसकेका छन्।