सन्तोष पोखरेल, पोखरा, पुस १८ - लेकसाइडस्थित ८५ कोठा क्षमताको होटल बाराही सोमबारसम्मका लागि शतप्रतिशत 'बुकिङ' थियो। कोठा खोज्दै आएका कतिपय पर्यटकले त्यो बेला बाराहीमा बस्ने ठाउँ नै पाएनन्। मंगलबार भने बाराहीका २० वटा कोठा खालि छन्। जम्मा ६५ वटा कोठा पर्यटकले बुकिङ गरेका छन्।
एक साताभन्दा अघिदेखि भरिभराउ यहाँका सबैजसो पर्यटकीय होटल एकैदिनको अन्तरमा धमाधम खाली हुन थालेका छन्। बाराहीमात्र नभई पर्यटकीय क्षेत्र लेकसाइडका अधिकांश होटलमा केही दिनको कोठा अभाव एक्कासि खुकुलो हुन थालेको छ। अंगे्रजी नयाँ वर्ष मनाउन पोखरा आएका पर्यटकका कारण शतप्रतिशत बुकिङ रहेका होटल पाहुना फर्किन थालेसँगै एकै दिनको अन्तरालमा मंगलबारदेखि धमाधम खाली हुँदै गएको पर्यटन व्यवसायी बताउँछन्।
नयाँ वर्ष सकिनासाथ होटलका कोठा खाली हुने क्रम बढेको बाराहीका महाप्रबन्धक राजकुमार केसीले बताए। 'एक दुईदिनमा यो संख्या अझै तल झरेर आधामात्र कोठा पाहुनाले भरिन्छन्,' उनले भने, 'न्यु इयर इभ' सकिएसँगै पोखराका होटल खाली हुँदै जान्छन्। सोमबारसम्म कोठा खोज्दै धेरै पर्यटक आए, तर पाएनन्, अब खोज्न कोही आउँदैनन्।' पहिलो दिन नै २५ प्रतिशत खाली भइसकेको होटल एक दुई दिनमा बढेर ५० प्रतिशतसम्म पुग्ने उनले बताए। होटलका कोठा छाडेर मंगलबार फर्किनेमा अधिकांश आन्तरिक पर्यटक रहेको केसीले सुनाए।
लेकसाइडकै पिसप्लाजा होटल पनि मंगलबार नै ५० प्रतिशत खाली भइसकेको छ। ३२ कोठाको उक्त होटलका मंगलबार १६ वटा कोठा मात्र बुकिङ भएका छन्। आन्तरिक पर्यटकले शतप्रतिशत भरिभराउ होटल पाहुना फर्किएसँगै एकै दिनमा आधा बुकिङमा झरेको सञ्चालक भरतराज पराजुलीले बताए।
'आन्तरिक पर्यटकले गर्दा सोमबार शतप्रतिशत बुकिङ रहेको होटल मंगलबार आधामा झरेको छ,' पराजुलीले नागरिकसँग भने, 'होटलमा बसेका सबैजसो आन्तरिक पर्यटक धमाधम फर्किन थालेकाले यस्तो अवस्था आएको हो।' उनले अबका केही दिन पोखराका होटलमा कोठाको अभाव नहुने सुनाए। पछिल्लो एक सातादेखि होटलका सबैजसो कोठा बुकिङ रहेकोमा एकै दिनको अन्तरालमा आधा खाली हुन थालेको उनले बताए।
पश्चिमाञ्चल होटल संघका उपाध्यक्षसमेत रहेका पराजुलीले अंग्रेजी नयाँ वर्ष मनाउन पोखरा आउनेमा अधिकांश आन्तरिक पर्यटक हुने गरेकाले पनि यस्तो अवस्था आउने बताए। पराजुलीका अनुसार यो बेला होटलका करिब ७५ प्रतिशत पाहुना आन्तरिक पर्यटक हुने गरेका छन्। 'होटलमा ७५ प्रतिशत पाहुना आन्तरिक हुन्छन्, नयाँ वर्ष सकिएसँगै उनीहरु एकदुई दिनको अन्तमा फर्किन थाल्छन्, जसले गर्दा भोलिपल्टैदेखि नै कोठा खालि हुन सुरु हुन्छ,' उनले भने।
यो बेला विदेशी पर्यटक आगमन कम हुने भएकाले पनि नयाँवर्ष सकिएसँगै होटल खालि हने गरेको उनी बताउँछन्। 'विदेशी पर्यटकको सिजनमा पनि एकैदिन यतिधेरै खाली हँुदैन, विदेशीको आउने र जाने अनुपात बराबर हुन्छ, तर आन्तरिक पर्यटकको आउने र फर्कने दिन एकैपटक पर्छ,' पराजुलीले भने। मंगलबार मात्रै लेकसाइडका सबैजसो होटलका आधाउधी कोठा खाली भएको उपाध्यक्ष पराजुलीले सुनाए।
पोखरामा पछिल्लो समय आन्तरिक पर्यटकको आगमन बढ्दै जान थालेकाले पनि यस्तो अवस्था आएको उनको अनुभव छ। पहिलापहिला आन्तरिक पर्यटकलाई बाससमेत नदिने लेकसाइडका होटल अहिले आन्तरिकको भरमा सञ्चालन गर्नुपरेको उनी बताउँछन्। 'कुनैबेला यहाँका पर्यटकीय होटलमा आन्तरिक पर्यटकले बास पनि पाउँदैनथे, आन्तरिक पर्यटक पनि लेकसाइडका होटलमा कोठा पाइँदैन भनेर अन्यत्रै बस्थे,' उनले भने, 'अहिले आन्तरिक पर्यटककै कारण होटलले राहत पाएका छन्।'
अंग्रेजी नयाँ वर्ष मनाउन आन्तरिक पर्यटक पोखरा नआउने हो भने यहाँका होटल खाली नै राख्नुपर्ने पश्चिमाञ्चल होटल संघका अध्यक्ष हरि शर्मा बताउँछन्। 'क्रिसमस र न्यु इयर' मनाउन अधिकांश विदेशी पर्यटक स्वदेश फर्किने भएकाले पनि त्यो बेला आन्तरिक पर्यटक नआए होटल खाली नै रहने शर्माले बताए। फर्किने क्रमसँगै केही दिनभित्रै पोखराका होटलमा ३० प्रतिशतमात्र पाहुना हुने शर्माले बताए।
'पोखरा आउनेभन्दा यहाँबाट फर्किनेको संख्या धेरै हुन्छ, त्यसैले होटल पनि खाली हुँदै जान्छन्,' शर्माले भने, 'फेबु्रअरी नलागेसम्म होटल खाली नै रहन्छन्, फेबु्रअरीपछि विदेशीको आगमन बढ्न जान्छ।' होटल खाली हुने क्रम बढ्दै गएर एकदुई दिनपछि बुकिङ ह्वात्तै तल झर्ने उनले बताए। नयाँ वर्षको पहिलो दिन (मंगलबार)पछि होटलका कोठा खाली हुँदै जाने उनले बताए। 'आए जतिका आन्तरिक पर्यटक फर्किएपछि होटल खाली हुने नै भए, यो बेला विदेशीको पनि चाँप हुँदैन,' उनले भने।