आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा मात्र धरान उपमहानगरपालिकाले निर्माण सामग्रीहरुको दररेट निर्धारण गरेको छ। झण्डैं दुई महिनापछि आज(बुधबार) बसेको नगर कार्यपालिका बैठकले दररेट निर्धारण गरेको हो।
निर्माण सामग्रीहरुको खरिद दररेट निर्धारण नहुँदा चालु आर्थिक वर्षको योजना तथा विकास, निर्माण कार्यहरु प्रभावित भएको थियो। ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्टलगायतको दररेट निर्धारण नहुँदा योजनाको लागतस्टिमेट हुन सकिरहेको थिएन। असोज २१ गते धरानका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कार्यपालिका बैठक चाडो राख्न र दररेट निर्धारण गर्न माग गर्दै मेयर तिलक राईलाई पत्र नै बुझाएका थिए।
वडा अध्यक्षहरुका अनुसार दररेट निर्धारण नहुँदा योजनाहरुको लागत स्टिमेट कुन दररेटमा गर्ने भन्ने अन्योल भएको थियो। त्यसैले प्राविधिकहरुले योजनाहरुको स्टिमेट समेत निकालेका छैनन्। ‘पहिलो चौमासिकमा तलब सुविधाबाहेक अन्य बजेटहरु ठप्प भएको छ, दररेट निर्धारण नहुँदा योजनाहरु कुनै पनि अघि बढेनन्,’१७ नम्बर वडाका अध्यक्ष मनोज भट्टराईले भने,‘आजको बैठकले दररेट निर्धारण भयो, अब योजनाहरु अघि बढाउन सहज हुन्छ।’
कार्यपालिका बैठकले खानेपानी संस्थानको धरानस्थित शाखा कार्यालयलाई यही कार्तिक २६ गते धरान खानेपानी व्यवस्थापन बोर्डमा मर्ज गर्ने पनि निर्णय गरेको छ। संस्थानलाई बोर्डमा मर्ज गर्नेबारे यसअघिका नगरसभा र कार्यपालिका बैठकले पनि पटक पटक निर्णय गरेपनि कार्यान्वन हुन सकेको छैन। धरानमा एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सवा २ अर्बको एकीकृत सहरी विकास आयोजनाअन्तर्गत खानेपानी परियोजना सञ्चालन भएको थियो। म्याद सकिए पनि संस्थानलाई बोर्डमा हस्तान्तरण नहुँदा आयोजना सफल भयो कि असफल भन्ने विवाद र अन्योल कायमै छ।
एक पक्षले आयोजना पुर्णरुपमा असफल भएकोले संस्थानमार्फत नै खानेपानी वितरण गर्नुपर्ने माग गरिरहेको छ भने आयोजना र उपमहानगरपालिकाले संस्थानको संरचनासहित आयोजनाको डिपिआर बनेकोले मर्ज भएपछि मात्र पुर्णरुपमा पानी वितरण गर्न सफल हुने बताउँदै आएको छ। मन्त्रीपरिषदले निर्णय गरेर संस्थानलाई बोर्डमा हस्तान्तरण गर्नेबारे राजपत्रमासमेत प्रकाशित भइसके पनि विभिन्न राजनीतिक दल, समूहहरुको विरोधको कारण ढिलाई भएको हो। ‘संस्थानलाई कार्तिक २६ गते औपचारिकरुपमा नै बोर्डमा हस्तान्तरण गर्ने र मर्ज गर्ने निर्णय भएको हो,’कार्यपालिका सदस्यसमेत रहेका वडा १७ का अध्यक्ष भट्टराईले भने।
सोही बैठकले धरान १७ स्थित एन्फा क्वारेन्टिनलाई न्युनतम मापदण्ड पुरा गरेर आइसोलेसन बनाउने पनि निर्णय गरेको छ। पछिल्लो समय वीपी प्रतिष्ठानमा आइसियू तथा भेन्टिलेटर बेडहरु संक्रमितले पाउन नसकेको चौतर्फी गुनासो हुन थालेपछि उपमहानगरपालिका आफैले अक्सिजनलगायत न्युनतम मापदण्ड पुरा गरेर आइसोलेसन बनाउने निर्णय गरेको हो। यस्तै, भेडेटारस्थित शैलुंग डाँडामा निर्माण हुन लागेको स्काईवाक परियोजनालाई अनुमोदन गर्दै बैठकले जलाधार क्षेत्रलाई प्रभाव नपर्ने गरि जग्गा लिजमा उपलब्ध गराउने पनि निर्णय गरेको छ।
यस्तै, धरान १३ स्थित वीपी पार्क र धरान १७ स्थित सप्तरंगी पार्कलाई विकास गर्न सँस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको प्रस्तावलाई बैठकले अनुमोदन गरेको छ।