सुठौली भन्सारमा तीन महिनामैं ३६ करोड राजस्व संकलन
२१ कार्तिक २०७७
•
१ मिनेट पाठ
सुठौली भन्सारमा तीन महिनामैं ३६ करोड राजस्व संकलन
कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ को तीन महिनामा लक्ष्यभन्दा ३ गुना राजस्व संकलन भएको छ। चालु आर्थिक वर्षको साउन, भदौ र असोज महिना गरी कुल ३६ करोड १ लाख १६ हजार ७१९ रुपैयाँ राजस्व संकलन भएको हो।  




चालु आर्थिक वर्षको ३ महिनाका लागि १२ करोड ११ लाख १० हजारको लक्ष्य तोकिएको भन्सार प्रमुख तिर्थराज पासवानले बताए। गत वर्षको यही ३ महिनामा ७ करोड ८ लाख ७२ हजार राजस्व उठेको थियो। साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख र राजस्व उठेको भन्सार प्रमुख पासवानले बताए। चालु आर्थिक वर्षका लागि ५३ करोड ४० लाख ३०  हजार लक्ष्य दिइएको छ।  

स्तरोन्नती भएको ढेड वर्षपछि सुठौलीमा अहिले राजस्व संकलन राम्रो भएको प्रमुख पासवानले बताए। कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बीचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उनले बताए। कोरोना भाइरसको बेला समेत लक्ष्यको करिब ३ गुना राजस्व उठ्नु आर्फैमा राम्रो संकेत भएको उनले बताए।  

यो नाकाबाट कृषिजन्य सामाग्रीहरु र टायल्स भारतबाट बढी आयात  हुने गर्दछ। संकलित राजस्व मध्ये चामल, आलु प्याज लगायतका सामाग्रीबाट उठेका हो। भन्सारका नासु शिवकुमार कुशशवाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैयाँ राजस्व संकलन भएको थियो।
अर्को समाचार
सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व
१९ कार्तिक २०८३
•
१ मिनेट पाठ
सुठौली भन्सारमा तीन महिनामै लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व
कपिलवस्तुको सुठौली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो तीन महिनामा लक्ष्यभन्दा ३८ प्रतिशत बढी राजस्व संकलन गरेको छ। 




साउन, भदौ र असोजमा ३८ करोड ४० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५२ करोड ९७ लाख १९ हजार रुपैयाँ उठेको हो। 

भन्सार कार्यालयका प्रमुख किरण विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३२ करोड ९१ लाख २५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राजस्व संकलन ६१ प्रतिशतले वृद्धि भएको उनले बताए। 

तीनवटै महिनामा भन्सारले निर्धारित लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। असोजमा १४ करोड ४० लाख रुपैयाँ लक्ष्य रहेकामा २३ करोड २९ लाख ८० हजार रुपैयाँ संकलन भएको छ। यो लक्ष्यभन्दा ६१ प्रतिशत बढी हो। 

त्यस्तै, भदौमा १२ करोड ८० लाख रुपैयाँ लक्ष्य रहेकामा १७ करोड ३८ लाख ६८ हजार र साउनमा ११ करोड २० लाख रुपैयाँ लक्ष्य रहेकामा १२ करोड २८ लाख ७१ हजार रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ। 

चालु आर्थिक वर्षका लागि सुठौली भन्सारलाई एक अर्ब ६० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएको छ। गत आर्थिक वर्षमा कार्यालयले एक अर्ब ५५ करोड सात लाख रुपैयाँ राजस्व संकलन गरेको थियो। 

भन्सार प्रमुख विष्टले क्वारेन्टाइन स्थापना, फलफूल तथा तरकारीसहित खाद्यान्न र औद्योगिक कच्चा पदार्थको आयात बढ्नुले राजस्व संकलनमा वृद्धि भएको बताए। गत आर्थिक वर्षदेखि धर्मकाँटा सञ्चालनमा आएपछि पनि भन्सारको राजस्व संकलनमा सहयोग पुगेको उनको भनाइ छ। 

सुठौली भन्सारबाट सिमेन्ट उत्पादनमा प्रयोग हुने खरानी, जिप्सम, कोइला, बिटुमिन ९अलकत्रा०, धान तथा चामल, फलफूल, तरकारीलगायत खाद्यान्न र उपभोग्य वस्तु आयात हुने गरेको छ। 
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस