सार्वजनिक यातायात महासंघले आइतबारदेखि प्रदेश १ मा अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ।
सार्वजनिक यातायातले बन्दको आह्वान गरे पनि अर्को व्यवसायी संस्था नेपाल राष्ट्रिय यातायात महासंघ आवद्ध सावरीसाधन भने बन्द नहुने भएको छ। विभिन्न यातायात व्यवसायी संस्थालगायत अन्य यातायातसँग आवद्ध संघसंगठनसँग विना छलफल एक पक्षीय निर्णय गरेको हुँदा राष्ट्रिय यातायात महासंघ आवद्ध सवारीसाधन बन्द नहुने बताइएको छ।
कोरोनाका कारण यातायात बन्द हुँदा प्रदेश सरकारले राहत नदिएको विरोधमा अनिश्चिकालीन यातायात बन्दको घोषणा गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल प्रदेश १ का महासचिव रमेश खत्रीले बताए। ‘सरकारसँग राखेको माग सम्बोधन गर्न पटकपटक आग्रह गरेपनि नसुनेका कारण यातायात बन्दको निर्णय गरेको हो,’ महासचिव खत्रीले भने, ‘लकडाउन अवधिको सवारी करमा पूर्णरूपमा छुट, बैंकको ब्याजमा सहुलियित, कात्तिक मसान्तपछि सवारी करमा विलम्ब शुल्क लाग्ने निर्णय खारेजलगायत ९ बुँदे माग रहेको छ। आइतबारदेखि बस, टेम्पो, सिटी सफारी, ढुवानीका साधनलगायत सबै बन्द हुने छन्।’
‘कोरोनाले गर्दा ७ महिनादेखि हाम्रो ढाड सेकिएको छ,’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ मोरङका संयोजक राजन कँडेलले भने, ‘अहिले तत्कालका लागि यातायात सेवा बन्दको कुनै योजना छैन र गर्दैनौं। अरु कुनै व्यवसायी संघले गरे थाहा छैन। हाम्रो संघमा आवद्ध कुनै पनि सवारीसाधन बन्द हुँदैन।’
सबै व्यवसायी संघ, ट्रेड युनियनलगायत सरोकारवाला निकायसँग विना छलफल गरी कुनै एक संस्थाले गरेको बन्दमा हाम्रो महासंघको समर्थन छैन र गर्दैनौं, संयोजक कँडेलले भने, ‘यदि सबै सरोकारवाला पक्षसँगको छलफल र निर्णयबाट बन्द हुन्छ भने त्यसमा हाम्रो पूर्ण समर्थन हुनेछ।’ कोरोनाको महामारीका कारण यातायात सेवा बन्द भएपछि व्यवसायी मात्र नभई सम्पूर्ण मजदुर वर्गले पनि ठूलो समस्या भोग्नु परेको छ।
‘कोरोनाका कारण सरकारको चाहना यातायात बन्द होस भन्ने छ,’ संयोजक कँडेलले भने, ‘बन्द हुँदा सबै मारमा पर्ने छौं। ७ महिना बन्द हुँदा यातायात मजदुर साथीहरूले खानसम्म पाउनु भएन। हामीले उठाएका मागलाई सरकारले तत्काल सम्बोधन गर्नुपर्छ।’ अब बन्द होइन यातायात सुचारु गरेर सरकारलाई दबाब दिँदै महासंघले उठाएका माग सम्बोधन गर्न गराउन सरकारसँग छलफल भइरहेको छ। ‘हामीले उठाएका मागका सम्बन्धमा विभिन्न सरोकार निकायसँग छलफल अघि बढाएका छौं,’ संयोज कँडेलले भने, ‘बैंकको ब्याज, यातायात कार्यालयमा लाग्ने करलगायतको छुट पाउनु पर्छ भनेर हाम्रो महासंघले विराटनगरस्थित सरकारलाई विपक्ष बनाएर रिट दर्ता गरेका छौं। अहिले त्यो मुद्दा विचाराधीन अवस्था मै छ।’