नेपालगञ्जमा एकीकृत जाँच चौकीको निर्माण कार्य सुरु
२७ कार्तिक २०७७
•
२ मिनेट पाठ
नेपालगञ्जमा एकीकृत जाँच चौकीको निर्माण कार्य सुरु
भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल र नेपाली शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को निर्माण शुभारम्भ कार्यक्रमको संयुक्त रुपमा अवलोकनगरेका छन्। उनीहरुले भर्चुअलरुपमा अवलोकन गरेका हुन्। 




काठमाडौंबाट नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर तथा शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सो समारोहको अवलोकन गरेका थिए। बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राई, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शमशेर जङ्गबहादुर राणा र नेपालगञ्ज परियोजना साइटका प्रतिनिधिहरुको पनि सो कार्यक्रममा उपस्थिति थियो। 

भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न भारत सरकारले भारत–नेपाल सीमाको दुवैतर्फ एकीकृत जाँच चौकीको निर्माण गरिरहेको छ। भारत तथा नेपालका प्रधानमन्त्रीद्वयले वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकीको क्रमसः सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरी महिनामा संयुक्त रुपमा उद्घाटन गरेका थिए। 

उक्त एकीकृत जाँच चौकीको निर्माण कार्य समाप्त भएपश्चात, सो नवनिर्मित संरचनामा मालवाहक सवारी साधन तथा सार्वजनिक सवारी साधनको सहज आवात जावतका लागि इम्पोर्ट एक्सपोर्ट हाण्डलिङ्ग सुविधाहरु जस्तै वेयर हाउजिङ्ग, रेफ्रिजरेटेड कार्गो सुविधा, औषधीय, बिरुवा तथा जनावर क्वारेन्टिन एरिया, सवारी चालक तथा यात्रुहरुका लागि सुविधा, सीसीटिभी र अन्य सुरक्षा उपकरण, सातै दिन चौबीसै घन्टा बिजुली ब्याकअप सुविधा, फोहोर पानी प्रशोधन सुविधा लगायतका सुविधाहरु हुनेछन्। कार्गो हाण्डलिङ्गलाई व्यवस्थित ढङ्गले अघि बढाउन यी सुविधाहरुलाई अघि सारिएको हो। यी सुविधाहरुको प्रयोगले आगन्तुकहरुले बेहोर्दै आएको असुविधामा कमी आउनुका साथै समयको बचत पनि हुनेछ। समग्रमा अन्तरदेशीय व्यापार र वाणिज्यमा लाग्ने कारोबार लागत पनि घट्ने विश्वास गरिएको छ। 

यस परियोजनाको कार्यान्वयन राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ। यस परियोजनाको टेन्डर लागत भारु १४७.१२ करोड र निर्माण अवधि दुई वर्ष रहेको छ। यो संरचना नेपालगञ्ज उप–महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र वार्ड नम्बर १६ मा नेपाल सरकारले पहिचान गरेको ६१.५ हेक्टर जग्गामा निर्माण गरिनेछ। रुपैडिहामा भारतीय भूमिपत्तन प्राधिकरणले यस्तै किसिमको संरचना भारत तर्फ निर्माण गरिरहेको छ। यसै वर्षको मे महिनाबाट निर्माण कार्य सुरु गरिएको सो परियोजनाको १० प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भइसकेको छ। 
अर्को समाचार
सिमाक्षेत्रमा चल्यो गोली, भारतीयद्वारा कुटिए नेपाली
०५ पौष २०७९
•
२ मिनेट पाठ
सिमाक्षेत्रमा चल्यो गोली, भारतीयद्वारा कुटिए नेपाली
नेपाल भारत दुई देशको सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका वडा नं ९ जुगेडामा गोली चलेको छ। दुई बर्ष अघि तस्करको समूहले दुई प्रहरीको बीभत्स हत्या गरेर मोहना नदीको बिचमा गाडेको जुगेडोको सीमा क्षेत्रमा मंगलबार बिहान ३ बजेतिर गोली चलेको हो।




गोलीको खोका मिलेको भएपनि कसले कसमाथि गोली प्रहार गरेको भनेर खुल्न नसकेको प्रहरीले बताएको छ। दुई देशका तस्करहरूको गिरोहले यस क्षेत्रबाट नियमित तस्करी गर्ने गरेको स्थानीय बताउँछन्। सीमा क्षेत्रमा बन्दुक पड्केको अवाज सुनिएको स्थानीयले बताए। कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले सिमाक्षेत्रमा दुई राउण्ड गोली चलेको बताए। गोलीका दुई खोका फेला परेको उनले बताए। गोली कसले कसमाथि चलाएको हो भन्ने नखुलेको उनको भनाई छ। कसैलाई गोली लागेको अहिले सम्म जानकारी प्राप्त भएको छैन। 

राती पौने ३ बजेतिर ४, ५ जनाको समूह वडा नं ९ जुुगेडाका प्रजापति बिष्टको घरमा प्रवेश गरेको थियो। उक्त समुहमा रहेका युवाहरुले भारतीय भाषा वोलिरहेका स्थानीयले बताएका छन्। उक्त समूहले घरको ढोका फोड्न खोज्दा थाह पाएर बाहिर निस्केका बिष्ट माथि उनीहरुले हातपात गरेका थिए। बिष्ट घाइते भएका छन्। उक्त समूह चोरी गर्न आएको प्रहरीको भनाई छ। सीमापारि भारतबाट बाट उक्त समूह घरमै आएर कुटपिट गरेको स्थानीयले बताएका छन्।

बिष्टको घरमा आएको समूह त्यहाँबाट गएपछि सिमाक्षेत्रमा गोली चलेको अवाज सुनिएको स्थानीयले बताए। सिमाक्षेत्रमा गोली चलेको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। तस्करहरूको गिरोहको सक्रियताले जुगेडाको सिमानाका जोखिमपूर्ण मानिने स्थानीय बताउँछन्। दुई बर्ष अघि प्रहरी सहायक निरीक्षक र एक जना जवान गरी दुई जनाको हत्या गरेर नदीको बिचमा गाडिएको यो नाकामा तस्करको गिरोहले गर्ने तस्करी नरोकिएको स्थानीयको भनाई छ। 

कैलालीमा असुरक्षा बढ्दै गएको भनेर स्थानीय चिन्तित बनेका छन्। आइतबार साँझ कैलालीको अत्तरियामा सुन व्यवसायी माथि गोली प्रहार गरिएको थियो। गोली प्रहार गर्नेको अझै पत्तो लाग्न सकेको छैन। अत्तरियाको पुर्वरोड सशस्त्र प्रहरीको बाहिनी नजिकै सुन व्यवसायी बिकास सुनार माथि गोली प्रहार गरेर उनी सँग रहेको सुन र नगद लुटेर लगेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस