लुम्बिनी प्रदेशकी भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले अबको १० दिनपछि कृषकले सरकारले तोकेअनुसार धानको समर्थन मूल्य पाउने दाबी गरेकी छिन्। कपिलवस्तुको तौलिहवास्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले मंसिर ७ गतेदेखि खाद्य ब्यापार केन्द्र मार्फत धान खरिद गर्न लागेकोले १० दिन अझै धान नबेच्न उनले आग्रह गरिन्।
सरकारले बाली लगाउने बेला मै मोेटो धानको प्रति क्युन्टल २७ सय ३५ र मसिनोको २८ सय ८५ रुपैयाँ तोकेको छ। तर बजारमा अहिले मोटा धानको १८ सय र मसिनोको २ हजार भन्दा कम मूल्यमा धान बेच्न बाध्य रहेको कृषकहरुले गुनासो गरेका छन्। मन्त्री पौडेलले प्रदेशमा ४० वटा सहकारीले समर्थन मूल्य अनुसार धान किनेको दाबी गरिन्। सहकारीले कृषकहरुसंग समर्थन मूल्य अनुसार धान किनेमा सरकारले प्रति क्युन्टल १ सय १२ रुपैयाँ अनुदान समेत दिने उनले बताईन्। ‘धानको समर्थन मूल्य अहिले कृषकहरुले नपाएको गुनासो छ, मंसिर ७ पछि उनीहरुले धानको समर्थन मूल्य पाउँछन्’ उनले भनिन्। कृषकले धानको समर्थन मूल्य जसरी पनि पाउनु पर्ने उनले बताईन्। गहुँ खेतीको लागि हतारिएका कृषकहरु अहिले उत्पादन गरेका धान प्रति क्युन्टल १८ सयको दरले बेच्न बाध्य छन्।
कपिलवस्तुको बिजयनगरमा भैसी श्रोत केन्द्र संचालन गरिने
कपिलवस्तुको बिजयनगर गाउँपालिकामा लुम्बिनी प्रदेश सरकारको सहयोगमा भैसीको श्रोत केन्द्र संचालनको तयारी गरिएको छ। त्यसका लागि गाउँपालिकाले सय बिघा क्षेत्रफल समेत छुट्टयाएको मन्त्री पौडेलले बताईन्। यस्तै कपिलवस्तुलाई आँप, लिची लगायतको फलफूलको हवका रुपमा विकास गरिने उनले बताईन्। यस्तै कृषकहरुका लागि रोड कोरिडोर, आलु, प्याज, लशुन, बाख्रा मिशन कार्यक्रम समेत संचालन गरिने छन्। भूमिहीन हलीया कमैया कृषकहरुलाई लक्षित गरी प्रदेश सरकारले १ सय ९ वटा पालिकामा करार खेती संचालन गरिने मन्त्री पौडेलले बताईन्। वास्ताविक कृषकलाई सहुलियत दरमा कर्जा दिईने उनले बताईन्।
यस्तै, युवाहरुलाई लक्षित गरी कमाउदै पढ्दै कार्यक्रम समेत संचालन हुनेछ। कृषि वनलाई उपभोग गर्न फर्निचर घास लगायतमा सामुदायिक वनका बिपन्न कृषकलाई समेत अनुदान दिईनेछ। मन्त्री पौडेलले सीमा लक्षित कार्यक्रममा समेत प्रदेश सरकारले प्राथमिकतामा राखेको बताईन्। यस्तै कृषिको सहजीकरणका लागि प्रदेशमा रहेका ९ सय ८३ वटै पालिकामा हरित स्वयंसेवक समेत नियुक्त गरिएको छ। कृषि तालिमलाई समेत ब्यवस्थित गरिएको उनले बताईन्। मन्त्री पौडेलले कपिलवस्तुमा माहुरीपालनका विषयमा कृषकहरुसंग छलफल समेत गरेकी थिईन्। प्रदेश कृषीमन्त्री पौडेलले बाणगंगाको भलवाडमा सञ्चालित स्मार्ट कृषि कार्यक्रम, तौलिहवाका माहुरी पालक किसानको माहुरी चरणका कार्यक्रम, कृषि ज्ञान केन्द्र तौलिहवामा कृषि प्राबिधीकसँग छलफल, सञ्चारकर्मी अन्तरक्रिया गरे सँगै माहाराजगंज र बाणगंगामा सञ्चालित पशु र कृषि कार्यक्रमको स्थलगत अवलोकन गरेकी थिईन्।
प्रदेश सदस्य अर्जुन केसीले प्रदेश सरकारले कृषिको विकासका लागि धेरै कार्यक्रम ल्याएकोले कृषि सम्बन्धी कार्यक्रम वास्तविक कृषकले पाउनु पर्नेमा जोड दिए। भेटनरी अस्पतालक प्रमख दिपक भुसालले कपिलवस्तुमा कृषि र पशु तर्फ यस वर्ष बिभिन्न कार्यक्रम रहेकोले यसको सही सदुपायोगका लागि सबैको पहल आवश्यक रहेको बताए।