माधव ढुङ्गेल, काठमाडौं, भदौ ८- नेपाल राष्ट्र बैंक सञ्चालक समितिले १७ वर्ष मात्र काम गरी सेवाबाट अवकाश लिएका डेपुटी गभर्नर वीरविक्रम रायमाझीलाई निवृत्तिभरण दिने निर्णय गरेको छ।
राष्ट्र बैंकको कार्यकारी निर्देशक पद त्यागी राजनीतिक नियुक्तिमा डेपुटी गभर्नर खाएका रायमाझीलाई निवृत्तिभरण दिनकै लागि सञ्चालक समितिले विनियम नै संशोधन गरेको छ।
डेपुटी गभर्नर नियुक्त भएपछि स्वतः अवकाश पाएका रायमाझी त्यसअघि वितीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक थिए। उनी २०६२ पुस ७ गते शाही सरकारको पालामा पाँच वर्षका लागि डेपुटी गभर्नर नियुक्त भएका हुन्। २०४४ चैत १६ गते राष्ट्र बैंकमा सेवा प्रवेश गरेका रायमाझीले १७ वर्ष ८ महिना २१ दिन मात्र कर्मचारीका रूपमा काम गरेका थिए।
नेपाल राष्ट्र बैंक, कर्मचारी नियमावली अनुसार बैंकमा स्थायी कर्मचारीका रुपमा २० वर्ष काम गरेका व्यक्तिलाई निवृत्तिभरण दिने व्यवस्था छ। २० वर्ष काम गरेकालाई अखिरी तलबको ४० प्रतिशत बराबर र त्यसभन्दा बढी अवधि काम गर्दा प्रत्येक वर्षको दुई प्रतिशतका दरले थप गरी निवृत्तिभरण दिने व्यवस्था छ।
रायमाझीलाई २ वर्ष ३ महिना ९ दिन बराबर सेवा अवधि थपी पेन्सन दिने निर्णय राष्ट्र बैंक सञ्चालक समितिले गरेको हो। सञ्चालक समितिले ०६४ जेठ २ गते सो निर्णय गरेको हो। डेपुटी गभर्नर राष्ट्रबैंक सञ्चालक समितिको पदेन सदस्य हुने व्यवस्था अनुसार रायमाझी स्वयं सञ्चालक हुन्।
राष्ट्र बैंक सञ्चालक समितिको निर्णयले गभर्नर विजयनाथ भट्टराई र अर्का डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरलाई पनि अहिलेको सेवा अवधि समेत जोडेर निवृत्तिभरण पाउने सुविधा दिएको स्रोतले जनाएको छ। गभर्नर र डेपुटी गभर्नरद्वय पनि राष्ट्र बैंककै पूर्व कर्मचारी हुन्।
सञ्चालक समितिले निर्णयका लागि आधार तयार गर्न बैकको जनशक्ति व्यवस्थापन विभागले पेस गरेको 'टिप्पणी तथा आदेश' मा पनि रायमाझीले निवृत्तिभरण पाउने अवधि पूरा नगरेको स्वीकार गरिएको छ। भनिएको छ, '... निवृत्तिभरण पाउनसक्ने अवधि पूरा भएको नदेखिए तापनि कर्मचारीको सेवाका सर्तहरू र सेवाबाट अवकाश प्राप्त गरेपश्चात् सम्बन्धित परिवारले समेत आजीवन जीवन गुजारा गर्नसक्ने आधारका रुपमा रहेको कर्मचारीको निवृत्तिभरणजस्तो अति संवेदनशील विषयमाथि गम्भीरतासाथ विचार गरी ... निवृत्तिभरण दिनु अत्यावश्यक देखिन्छ।'
सोही अनुसार नेपाल राष्ट्रबैंक सञ्चालक समितिले नेपाल राष्ट्र बैंक सञ्चालक समितिले विनियमावली संशोधनको निर्णय गर्यो। जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशकले विनियमावलीको पाँचौं संशोधन गरिएको जानकारी दिएका छन्।
संशोधित विनियमावलिमा उल्लेख छ, 'डेपटी गभर्नर नियुक्त भई स्वतः अवकाश प्राप्त गर्ने अधिकृत विशिष्टको निवृत्तिभरण वा उपदानको लागि सेवा अवधि गणना गर्दा निज बैंक सेवामा बहाल रहेको अवधिमा डेपुटी गभर्नर भई काम गरेको अवधिसमेत जोडी नियमानुसार निवृत्तभरण र उपदान पाउने भए प्रदान गरिनेछ।' विनियमको उपनियम -५) मा यो उपविनियम लागू हुँदाका बखत कार्यरत डेपुटी गभर्नरहरूको हकमा समेत लागू हुने भनी किटान गरिएको छ।
नेपाल राष्ट्र बैंक ऐनमा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकलाई नेपाल राष्ट्र बैंक ऐनले कर्मचारी नमानी पदाधिकारीका रुपमा व्यवस्था गरेको छ। तर, बोर्डलाई निर्णय गर्ने आधारका रुपमा जनशक्ति व्यवस्थापन विभागको टिप्पणीमा उल्लेख छ, 'विशिष्ट श्रेणीको अधिकृत बैंककै डेपुटी गभर्नर पदमा बढुवा हुँदा साविक पदले पाइरहेकै सुविधाबाट विमुख हुनुपर्ने अवस्था सिर्जना हुँदा निवृत्तिभरण पाउन सक्ने अवधि पूरा भइनसकेको बैंकका अधिकृतहरूबीच डेपुटी गभर्नर पदमा नियुक्ति पाउने अवसर प्राप्ति तथा उत्साहमा समेत कमी आई डेपुटी गभर्नरजस्तो गरिमामय पदमा बढुवा हुने आकांक्षा तथा आकर्षणमा नै नकारात्मक प्रभाव पर्ने देखिन्छ।'
सञ्चालक समितिको निर्णयअनुसार, डेपुटी गभर्नर रायमाझीले २०६७ पुस ६ गते पदबाट डेपुटी गभर्नरको पदावधि सकिएपछि निवृत्तिभरणको सुविधा लिन पाउने भएका छन्।
नेपाल राष्ट्रबैंक सञ्चालक समितिका सदस्य विश्वम्भर प्याकुरेले निर्णयबारे भने, 'टिप्पणीको आधारमा निर्णय गरिएको हों, हामीले राष्ट्रबैंक ऐनले दिएको अधिकार मात्र प्रयोग गरेका छौं।' धेरै निर्णयहरू गरिएकाले विस्तृत रुपमा भने आफूलाई सम्झना नभएको उनले बताए।
बोर्डको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिमा पनि उजुरी परेको स्रोतले जानकारी दिएको छ।