गुणस्तरहीन खाद्यवस्तु आयात तथा बिक्रीमा कडाइ
०९ मंसिर २०७७
•
४ मिनेट पाठ
गुणस्तरहीन खाद्यवस्तु आयात तथा बिक्रीमा कडाइ
बजारमा अखाद्य वस्तुको बिक्री बढेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडाइ गरेको छ। स्वदेशमा उत्पादन भएका तथा विदेशबाट आयातित खाद्य वस्तु समेत गुणस्तर मापदण्ड विपरित भेटिएपछि ४२ उद्योग तथा आयातकर्तामाथि कारबाही गरेको छ। थप २६ खाद्य उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ।




गैर कानुनी रुपमा मापदण्ड विपरित नेपालमा बिक्री वितरणका लागि भारतबाट भित्र्याउन लागिएका डेढ दर्जन खाद्यवस्तु आयातमा रोक लगाएको विभागले जनाएको छ। कतिपय वस्तु जफत गरेर नष्ट गरिएको छ।

अखाद्य वस्तु उत्पादन, आयात, बिक्री वितरण गर्ने ६८ फर्म तथा उद्योगमाथि कारबाही 
बजारमा अखाद्य वस्तु बिक्री गर्ने ४२ उद्योग तथा आयातकर्तालाई कारबाही गरेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले बताए। ‘१७ आयातकर्ताले ल्याउन लागेका वस्तु अखाद्य भएपछि आयातमा रोक लगाइएको छ,’ धितालले भने, ‘परीक्षणको क्रममा लेबल नभएका तथा न्यून गुणस्तरका वस्तु आयात गर्न बन्देज गरेका हौं।’ बदाम, चामल, मसला, मैदा, बेसन लगायत खाद्यवस्तु गुणस्तरहीन भएपछि आयातमा रोक लगाएको हो।

मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने गरी खाद्य वस्तुको उत्पादन तथा बिक्री गरेकाले कारबाही प्रक्रिया अघि बढाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए। ‘अखाद्य वस्तु उत्पादन गर्ने २५ उद्योगको उत्पादनमा रोक लगाएका छौं,’ रायले भने, ‘विभागले मुलुकभर सक्रियता बढाएको छ।’

खाद्य ऐन तथा खाद्य नियमावली प्रतिकुल हुने गरी खाद्य व्यवसाय सञ्चालन गर्ने उद्योगी तथा व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको उनले बताए।  

विभागले खाने तेल, दूध, खाद्य उद्योग, पानी उद्योगमाथि कारबाही गरेको छ। २५ वटा उद्योगको उत्पादन रोकेर शिलबन्दी गरेको छ भने कतिपय उद्योगले अनुज्ञापत्र नलिई विपरित सञ्चालनमा गरेको भेटिएको छ।

विभाग र माताहतका निकायले अनुगमन गर्ने क्रममा कैफियत भेटिएपछि कानुनी दायरामा ल्याएका हुन्। विभागका अनुसार बाबा भेजिटेबल आयल इन्ड प्रालिको उत्पादनमा रोक लगाइएको छ।  

त्रिवेणी अक्वा इन्डष्ट्रिज, शितल जल पानी उद्योग र साई वाटर इन्डस्ट्रिज पर्साले मापदण्ड विपरित पानी भण्डारण गर्ने ट्यांकी स्टिलनेस स्टिलको नभइ फिल्टर फाइबरको प्रयोग गरेको फेला परेपछि उत्पादनमा रोक लगाएको छ।  

दिव्य फुड एण्ड वेभरेज, धनुषाले अनुज्ञापत्र नलिई प्रशोधित पानी उत्पादन गरेको भेटिएपछि कारबाही गरेको हो। त्यसैगरी, कर्माचार्य मिनरल एण्ड वेभरेज रुपन्देहीले पानी भण्डारण गर्ने ट्यांकी स्टिलनेस नभई फिल्टर फाइबरको प्रयोग गरेको भेटिए पछि उत्पादन रोक लगाएको विभागले जनाएको छ।

गृहलक्ष्मी दुग्ध पसल, अनुजा डेरी पसल, भगवती दूध अर्डर एण्ड सप्लार्यस, अमुल डेरी, राधा कृष्ण बांकेले खुला दूध बिक्री गरेको भेटिए पछि कारबाही गरेको हो। बोकेकै अक्सा ट्रेडर्स, मुक्तिनाथ ड्रिकिंङ वाटरले लेबल नभएको प्रशोधित पानी उत्पादन गर्दै आएको थियो। कन्चन मिनरल वाटर उद्योग, जय बागेश्वरी दुग्ध उत्पादक सेवा र गृहलक्ष्मी दुग्ध पसल,बांकेले दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एंव गुणस्तर निर्देशिका विपरित दूध बिक्री गर्दै आएका थिए। कैलालीस्थित कैकाली वाटर इन्डष्ट्रिज, न्यू एभेरेन्ट अनुज उद्योग, अनुज एभेरेष्ट उद्योग, एक्का कर्णली अमृत एण्ड वेभरेज इन्डस्ट्रिज डेली डिङकिङ वाटर एण्ड मली प्रोडक्सन उद्योग, काँसल कन्चन मिनरल्स व्लुवर्ड वाटर ट्रिटमेन्ट एण्ड सप्लाईस र शिव शंकर वाटर एण्ड मल्टी प्रोडक्सनमा स्वच्छता मापदण्ड पालना नगरेको भेटिएको थियो।

यसैबीच, विभागले बजारमा नमूना संकलन गरी मापदण्ड विपरित वस्तु बिक्री गर्ने उद्योगलाई पनि कारबाही अघि बढाएको छ। विभागले गुणस्तरहीन खाद्य वस्तु उत्पादन गर्ने थप २६ उद्योगलाई कारबाही प्रक्रिया अघि बढाएको छ। विभागले बजारमा संकलन गरेका सात सय ६० वटा नमूनामा २६ वटा नमूना प्रतिकुल भेटिएका थिए। नमूना संकलन गर्दा दूध, पानी, खाद्यान्नको नमूना मापदण्ड विपरित भेटिएको हो। दूधमा कोलिफर्मको मात्रा बढी रहेको, पानी मापदण्ड पुरा नगरी उत्पादन गरेको र खाद्यान्नमा ढुसी लागेको तथा खाद्यान्नमा लेबल केरमेट भएको भेटिएको विभागले जनाएको छ। 

विभागले अनुगमनलाई तीव्रता दिएर कानुनी दायरामा ल्याएको दाबी गरे पनि बजारमा अझै अखाद्य वस्तुको बिक्री वितरण भैरहेको उपभोक्ता अधिकारकर्मी बताउँछन्। बजारमा सरकारी निकायबीच समन्वय नहुँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, स्थानीय तहबीच समन्वयन हुन सकेको छैन। सबै निकाय आफ्ना ढंगले अनुगमन गर्ने गरेका छन्।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
२१ मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस