तमोर–मेवा जलविद्युतका लागि कुमारी बैंकको अगुवाइमा लगानी हुने
१४ मंसिर २०७७
•
३ मिनेट पाठ
तमोर–मेवा जलविद्युतका लागि कुमारी बैंकको अगुवाइमा लगानी हुने
आयोजनाका लागि तमोर नदीमा सम्भाव्यता अध्ययनको कार्य गरिदैं । तस्बिर : नागरिक
ताप्लेजुङमा बन्ने १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले कुमारी बैंकको अगुवाइमा आयोजनाको कूल लागतको ७५ प्रतिशत ऋण लगानी सुनिश्चित गरेको जनाएको छ। आयोजनाको कूल लागत २६ अर्ब १२ करोड रुपैयाँ हो। उत्पादन प्रवद्र्धक कम्पनी स्पार्कका अध्यक्ष भानेन्द्रकुमार लिम्बूले कुमारी बैंकको अगुवाइमा नेपालका बिभिन्न बैंकहरुले १९ अर्ब ५९ करोड लगानी सुनिश्चित गरेको जानकारी दिए। उनका अनुसार कम्पनीले कूल लागतको २५ प्रतिशत अर्थात् ६ अर्ब ५३ करोड लगानी(इक्विटी)जुटाउनु पर्ने हुन्छ।  




आयोजनाका लागि सम्भाव्यता अध्ययन भएको करिव २२ वर्षपछि मात्र स्पार्कले विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरेपछि आयोजनाको कूल पूर्व निर्धारित लागत बढ्ने देखिएको हो। आयोजनाले प्रारम्भिक अध्ययनका क्रममा करिव २२ अर्बको लगानीमा आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने गरी लागत इष्टिमेट तयार गरेको थियो। दुई दशक अघि तयार पारिएको त्यो लागत इष्टिमेट विद्युत उत्पादन अनुमति प्राप्त भएको अवधिसम्म आउँदा करिव ४ अर्ब १२ करोड रुपैयाँले बढेको छ। लामो समयदेखि बैधता र प्रकृयागत लडाइ खेपीरहेको स्पार्कले विद्युत उत्पादन अनुमति पत्र प्राप्त गरेपछि आयोजनाका लागि कम्पनीले गर्नुपर्ने लगानीको ठूलो हिस्सामा स्थानीय समुदायलाई हिस्सेदार बनाउने नीति लिएको छ। कम्पनीले लगानीका लागि सार्वजनिक आवहन समेत गरेको छ। ‘लगानीमा सहभागी हुन चाहनेले कम्पनीसंग सम्पर्कमा आउन म अपिल पनि गर्दछु’ स्पार्कका अध्यक्ष लिम्बूले भने।  

ताप्लेजुङ जिल्लाको मिक्वाखोला र मेरिङ्देन गाउँपालिका भइ बग्ने मेवाखोलाको पानीलाई फुङ्लिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका भइ बग्ने तमोर नदीमा मिसाइ तमोर–मेवा जलविद्युत आयोजना निर्माण गरिने छ। यसका लागि छुट्टाछुट्टै डाइभर्र्सन, इनटेक, बेडलोड, ग्राभेल रोक्ने संरचना र बालुवा थिग्ग्रयाउने पोखरी लगायतका संरचना निर्माण हुने भएका छन्। कम्पनीले आयोजनाको काम २०७८ को असोजबाटै सुरु गर्ने र त्यसको ५ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। आयोजनाको लागि चाहिने दुईवटा बाँधको संरचना मध्ये एउटा संरचना मेवाखोलाको किनारमा निर्माण गरिने भएको छ।  

अर्को संरचना भने तमोर नदीको बाँया किनारमा निर्माण हुने छ। मेवाखोलाको बाँधको लम्बाइ ४० मिटरको हुने छ। बाँध पछाडि ४.२ मिटर र २ मिटर उचाइका ४ वटा ढोका भएको इनटेक रहने भएको छ। उक्त बाँधमा ४ मिटर चौडाइ र ४ मिटर उचाइ भएका २ वटा भूमीगत द्धार बन्ने भएका छन्। त्यसपछि करिव ६० मिटर लम्बाइ र ४ मिटर चौंडाइ भएको नहर हुँदै १ सय ५ मिटर लम्बाइ, १४ मिटर चौडाइ र ८ मिटर उचाइ भएको दुईमार्गी बालुवा थिग्ग्रयाउने पोखरीमा पानी पठाइन्छ। मेवाखोलातर्फको संरचना जस्तै तमोर नदीमा १ सय मिटर लम्बाइ र समुद्री सतहबाट ६ सय ९७ मिटरमाथि भएको बाँध बाँधिने छ। जसमा १० मिटर चौडाइ र ८ मिटर उचाइ भएका २ वटा भूमिगत द्धार र १०.५ मिटर उचाइ भएका द्धार रहने छन्।  

बााध पछाडि तमोर नदीको बाँया किनारमा ३.५ मिटर चौडाइ र ६ मिटर उचाइ भएका ६ वटा पानी जाने ढोका भएको साइड इनटेक रहने छन्। त्यसपछि ४० मिटर लम्बाइ तथा ७ मिटर चौडाइ र ८.५ मिटर उचाइ भएका ३ वटा द्धार भएको ग्राभेल ट्रयापबाट १ सय ६० मिटर कूल लम्बाइ तथा २० मिटर चौडाइ र १.४ मिटर उचाइ भएका ३ वटा द्धार भएको सेटलिङ बेसिनमा पानी पठाइन्छ। मेवाखोलातर्फको डिजाइन बहावलाई ३ सय ६ मिटर लम्बाइ र ३.५ मिटर ब्यास भएको हेडरेस पाइप हुँदै सुरुङको प्रबेशद्धारसम्म र त्यसपछि २ हजार ५ सय मिटर लम्बाइ भएको सुरुङ र करिव १ सय ५५ मिटर लम्बाइ तथा ५.७५ मिटर ब्यास भएको स्टिल पाइप हुँदै तमोर नदीको दाँया किनारमा पानी ल्याइने भएको छ। मेवाखोलातर्फको पानी समेत तमोर नदीतफको इनटेक र सेटलिङ बेसिन हुँदै सुरुङको प्रबेशद्धारसम्म लगिने भएको छ।  

यो अवस्थामा भने आयोजनाको डिडाएन बहावलाई ४.७८ किलोमिटर लम्बाइ र ६.९ मिटर ब्यास भएको सुरुङमार्गमार्फत १५ मिटर ब्यास र ६५ मिटर उचाइ रहेको भूमिगतच सर्जशाफ्टसम्म पुर्‍याइने भएको छ। बिक्रम् सम्वत २११२ साल असोज २४ गते सम्मका लागि कम्पनीले सरकारबाट अनुमति पाएको छ।
अर्को समाचार
कुमारी बैंकको वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक
११ चैत्र २०८०
•
१ मिनेट पाठ
कुमारी बैंकको वित्तीय साक्षरता भिडियो शृंखला र पुस्तक
कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीहरूलाई सशक्तीकरण गर्न महत्वपूर्ण कदम चालेको छ।




प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले वित्तीय साक्षरतासम्बन्धी भिडियो शृंखला र पुस्तक एकैसाथ सार्वजनिक गरेको हो ।

बैंकिङ सेवा–हरूको विवेकपूर्ण उपयोगलाई प्रवद्र्धन गर्न ध्यान केन्द्रित गर्दै भिडियो शृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह व्यवस्थापन, बैंकिङ सुरक्षा र सही खाताहरू कायम राख्ने जस्ता अत्यावश्यक विषयहरूमा जोड दिएको बैंकले जनाएको छ।

बैंकले सार्वजनिक गरेको भिडियो शृंखला र पुस्तक बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रक्रिया, बैंकिङ सुरक्षा जस्ता धेरै विषय वस्तुमा केन्द्रित छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस