लिगलिगकोटको होमस्टेः पाहुनालाई छुट्टै घर
१४ मंसिर २०७७
•
३ मिनेट पाठ
लिगलिगकोटको होमस्टेः पाहुनालाई छुट्टै घर
पालुङटारको लिगलिगकोटमा सुरु भएको होमस्टे घर ।
लिगलिग पुग्ने पर्यटकले कहाँ बस्ने, के खाने भन्ने चिन्ता अब लिनु पर्दैन। गाउँमा आएका पर्यटकलाई सुरक्षित रुपमा राख्न, सँगै भान्सामा पाकेको खानेकुरा खुवाउन पालुङटार नगरपालिका वडा नम्बर २ खोल्लीका स्थानीयले शनिवारदेखि हामेस्टे सुरु गरेका छन्। अन्यत्र जस्तो एउटै घरमा घरका सदस्य र पाहुना बस्ने होईन, यहाँ पाहुनाका लागि एक कोठे छुट्टै घरको ब्यवस्था छ।  




ऐतिहासिक र धार्मिक रुपमा परिचित गोरखाको पालुङटार स्थित लिगलिगकोटको काखमा रहेको खोल्ली गाउँका सातवटा घरबाट होमस्टे सुरु भएको छ। होमस्टे भएको एक घरमा तीन जनासम्म पाहुना राख्न सकिने लिगलिगकोट होमस्टे समितिका अध्यक्ष प्रेमकुमारी थापाले बताइन्। ‘२० वटा घरसम्म होमस्टे विस्तार गर्ने योजनामा छौँ’, उनले भनिन्, ‘घरमै बसेर दुईचार पैसा जोहो भयो भने नुन तेल चल्छ कि भन्ने चाहना हाम्रो पनि हो।’

दाल, भात, तरकारी, स्थानीय रुपमा उत्पादन भएको लोकल कुखुरा, ढिँडो, गुन्द्रुकको अचार, सिस्नोको साग होमस्टेमा खुवाउन सकिने स्थानीय बताउँछन्। कति रुपैयाँमा खुवाउने भन्ने समितिले निर्णय गर्न भने बाँकी छ। होमस्टेका लागि छुट्टाछुट्टै ब्लकमा घर, बाथरुम, शौचालय पनि छुट्टै भएकाले पाहुनालाई सजिलो हुने कोषाध्यक्ष देवी ठकुरी बताउँछिन्। २० वटा घरमा होमस्टे चलाउने योजना उनीहरुको छ।

होमस्टेको उद्घाटन गर्दै पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कँडेलले स्थानीय उत्पादनलाई बिक्री गरेर आर्थिकस्तर बढाउन होमस्टेले मद्धत पुग्ने बताए। ‘यहाँका स्थानीयसँगै सिङ्गो पालुङ्टार नगरपालिकाको आम्दानी बढाउन, स्तरवृद्धि गर्न होमस्टेले सघाउँछ।’ लिगलिगकोटको प्रचार प्रसारसँगै आन्तरिक र बाह्य पर्यटक भित्र्याउन होमस्टेले मद्धत पुग्ने उनले बताए। ‘लिगलिगको काखमा भएकाले यहाँ आउने पाउनाले सेवा पनि पाउनेछन्’, उनले भने। आफ्नो समाजको सँस्कृति, उत्पादन सबै बिक्री गर्ने ठाउँ होमस्टे भएको बताउँदै नगरप्रमुख कँडेलले नेपालको उद्गमथलो लिगलिग भएकाले पर्यटक आकर्षित गर्ने एउटा माध्यम रहेको बताए।

अहिले रहेको सातवटा होमस्टेका छुट्टाछुट्टै घर रहेको समितिकी कोषाध्यक्ष देवी ठकुरी बताउँछिन्। घर निर्माण गर्न हाल अमेरिका रहेका स्थानीय बालकृष्ण शर्मा मरहट्टाले प्रतिघर तीन लाख रुपैयाँ सहयोग गरेका थिए। पालुङटार नगरपालिकाले निर्माण सामग्री ढुवानीमा सहयोग गरेको र सँगसँगै नेपाल नामक सँस्थाले वौद्ध हिमाल युवा क्लवमार्फत करिब छ लाखको फर्निचर सहयोग गरेको समितिले जनाएको छ। ‘बाँकी स्थानीयले आफैँले श्रमदान गरेका हौँ’, कोषाध्यक्ष ठकुरीले भनिन्।

स्थानीयको आयस्तर उकास्न, पाहुनासँगको भाईचारा बढाउन, एकअर्को ठाउँका मानिस बीच परिचितहुन, सँस्कार आदानप्रदान गर्न, समुदायका मानिस बीच सद्भाव कायम गराउन होमस्टेले मद्धत पुग्ने संरक्षक वेदबहादुर राना बताउँछन्।

होमस्टे संचालन गर्ने महिलाहरुलाई पाहुनाको स्वागत सत्कार, होमस्टे ब्यवस्थापन, सरसफाई लगायतको तालिम दिने योजना रहेको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले बताइन्। ‘हामीले महिला लक्षित कार्यक्रममार्फत उहाँहरुलाई सिप, तालिम दिनेछौँ, होमस्टे ब्यवस्थापनमा सहयोग गर्छौँ, यसले महिलाहरु आर्थिक रुपमा पनि सशक्त हुन मद्धत पुग्छ’, उनले भनिन्।

वडा नम्बर २ का वडाध्यक्ष लोकनाथ वाग्लेले धार्मिक रुपमा पनि लिगलिगकोटको छुट्टै इतिहास रहेकाले धार्मिक पर्यटकीय स्थलको रुपमा पनि लिगलिगलाई बिकास गर्न सकिने बताए। ‘धार्मिक पर्यटक पनि आउँछन्, यहाँको धार्मिक प्रचार पनि गर्न सकिन्छ, यसले  स्थानीयको जीवनस्तर उकास्न मद्धत पुग्छ भन्ने अपेक्षा लिएका छौँ’ उनले भने।

अहिले दैनिक लिगलिगकोट पुग्ने पर्यटक नजिकै होमस्टे, होटल नहुँदा टेन्ट भाडामा लिएर बस्न बाध्य छन्। खानेकुरा आफैं बोकेर जानुपर्ने बाध्यता अब हटेको नगरप्रमुख कँडेलले बताए। ‘हामीले होमस्टेका लागि थप सहयोग गर्दै जानेछौँ’, उनले भने। होमस्टे निर्माण २०७६ देखि सुरु भएर अहिले सम्पन्न भएको हो।
अर्को समाचार
पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’
१८ मंसिर २०७९
•
३ मिनेट पाठ
पर्यटकलाई आकर्षित गराउँदै दगामका ‘होमस्टे’
उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल। अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ। दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो।  




प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ। सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ। गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो–कोहीलाई लठ्ठ बनाउने गरेको छ।

दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ। तेइस घरमध्ये २० घर मगर र तीन घर गुरुङ बस्छन्। यहाँबाट हिमाल, डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले यहाँ आउने जो–कोही लोभिने गरेका छन्।

प्रकृति, संस्कृति र आत्मियतासँग रमाउन आन्तरिक पर्यटक पुग्न थालेपछि पछिल्ला वर्षमा आफूहरूले घरबास (होमस्टे) सञ्चालन गरेको दगाम सामुदायिक होमस्टेका संयोजक नन्दराम थापाले जानकारी दिए।

आफूहरूले घरबासलाई दगाम सामुदायिक होमस्टे नामाकरण गरेको जनाउँदै उनले विसं २०६५ स्याङ्जाको शिरुबारी गाउँ अवलोकनपछि दगाममा घरबास कार्यक्रम सुरुआत गरेको अनुभव सुनाए।

‘होमस्टे चलाउने भनेर विसं २०६३ देखि नै हामीले योजना बनाएका हौँ’, उनले थपे, ‘शिरुबारी गएर सिकेपछि झनै सजिलो भयो अनि गाउँले मिलेर नै खोलियो।’ घरबास सञ्चालनमा आएसँगै पाहुनाहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित बनेको उनको भनाइ छ।

कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासु होमस्टेका पाहुनाको मुख्य रोजाइमा पर्ने गरेको दगाम सामुदायिक होमस्टेका अध्यक्ष तिला थापाले जानकारी दिए। ‘पाहुनालाई हामी भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, मह, सिम्लेलगायतका स्थानीय परिकार नै खुवाउने गर्छौैँ’, उनले भने, ‘स्थानीय उत्पादन नै दगाम सामुदायिक होमस्टेको पहिचान हो भन्दा पनि हुन्छ।’

घरबासका लागि एक हजार चार सय रुपैयाँको प्याकेज उपलब्ध छ। यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा पाइने अध्यक्ष थापाले जानकारी दिए। दगाममा प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता छ।  

दगाम गाउँको प्रत्येक घरमा मौरीका घार यहाँको अर्को विशिष्टता हो। त्यसैकारण पनि यहाँको अर्को आकर्षण मौरी र मह बन्न पुगेको छ। दगाम पुग्नेले त्यहाँको अग्र्यानिक महको स्वाद लिन पाउँछन्। दगामको मह र मौरी देशका विभिन्न ठाउँमा पुगेको छ भने, मह विदेशसम्मै पुग्छ। पाहुना फर्किँदा स्थानीय मह कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष थापाले जानकारी दिए।  

मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण रहेको होमस्टे संयोजक नन्दराम थापा बताउँछन्। यहाँ कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने उनले जानकारी दिए। यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो। चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ।

गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगर बताउँछन्। प्रकृति र संस्कृतिले सम्पन्न दगामलाई प्रवद्र्धनकै अभावमा पर्यटन बजारमा पु¥याउन नसकिएको उनको भनाइ छ।

गाउँसम्म पुग्ने बाटो असजिलो भएकै कारण दगाम पछि पर्न थालेको स्थानीय लालबहादुर गुरुङले बताए। दगामसम्म पुग्ने पदमार्ग र सडकको बाटो व्यवस्थित गर्न सके बाह्रैमास पाहुना जान सहज हुने उनको भनाइ छ।  

सरकारी पक्षबाट सानो–तिनो सहयोग आए पनि त्यो आफूहरूका लागि पर्याप्त नभएको पूर्व वडासदस्य दानबहादुर थापाले गुनासो गरे। यहाँका घरमा स्तरीय शौचालयको अभाव रहेको जनाउँदै यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको बताए।

पछिल्ला समयमा यहाँको प्रवद्र्धनलाई विभिन्न सङ्घ संस्थाले जोड दिएका छन्। दगामका पर्यटकीय सम्भावनालाई उजागर गर्न हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० गण्डकी प्रदेशले प्रवद्र्धनात्मक कार्यक्रम गरेको थियो।  फोनिज गण्डकीका इन्चार्ज एमबी आस्थाले प्रकृति र संस्कृतिको बरदान दगाम गाउँ प्रवद्र्धनका पर्खाइमा रहेको बताए।
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस