स्मार्ट कृषि गाउँ कार्यक्रमः गाउँ उस्तै, आसेपासे ‘स्मार्ट’
१५ मंसिर २०७७
•
५ मिनेट पाठ
स्मार्ट कृषि गाउँ कार्यक्रमः गाउँ उस्तै, आसेपासे ‘स्मार्ट’
स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत हर्दवा गाउँमा १५ लाख लागतमा बनाइएको ड्याम ।
संघदेखि स्थानीय तहसम्मका तीनै तहका सरकारले कृषि उत्पादनलाई बढावा दिने उद्देश्यसहित ‘कृषि क्रान्ती’ को लोकप्रिय नाराको उठान गरे। कृषि क्षेत्रको बृहत्तर बिकासबाट मात्रै समृद्धि सम्भव देखेका सरकारहरुले सोही अनुसार बहुप्रतिक्षित कृषि योजनाहरु पनि गाउँ तहसम्म सञ्चालन गरे। 




तर किसानको हित र कृषि क्षेत्रको बिकासका लागि सञ्चालित यस्ता बहुप्रतिक्षित कार्यक्रमहरु निश्चित ब्यक्ति वा समूहका लागि ‘आर्थिक लाभ’ दिने उपयुक्त परियोजना बनिदिएका छन्। लुम्बिनी प्रदेश सरकारले दाङ देउखुरीको एक गाउँमा सञ्चालन गरेको ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ले गाउँलाई नभई केहि व्यक्ति वा निश्चित समूहलाई आर्थिक रुपमा ‘स्मार्ट’ बनाईदिएको गतिलो दृष्टान्त छ।  

लमही नगरपालिका वडा नम्बर ९ हर्दवा स्थित जंगलमा रहेको खोल्सो। बर्खायाममा बग्ने भेलको पानी सञ्चय गरेर राख्न सके मात्रै गाउँमा सिँचाइका लागि पानी उपलब्ध हुने सम्भावना गाउँलेहरुले पहिले देखिनै देखेका थिए। अघिल्लो आर्थिक वर्ष प्रदेश सरकार अन्तर्गतको ‘स्मार्ट कृषि गाउँ कार्यक्रम’ नामक परियोजना हर्दवा गाउँमा प्रवेश गर्‍यो। यो परियोजनाले सोही खोल्सालाई जलाशय निर्माणको प्रमुख ऐजेण्डा तय गर्‍यो। ‘बर्खामा बगिरहने खोलालाई जलाशयको रुपमा विस्तार गरेर गाउँमा सिँचाइ पुर्‍याउने योजना यो परियोजनाले लियो,’ एक स्थानीयले भने। 

जलाशय निर्माणका लागि तीन लाख रुपैयाँ जनश्रमदानसहित १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको यो परियोजनाले खोलाको पश्चिमी भागलाई थुनिदियो। ‘पानी बग्ने पश्चिम तर्फको खोलाको भागलाई नजिकैको माटो काटेर थुनियो,’ ति स्थानीयले भने ‘त्यो बाहेक अरु केहि काम गरिएको हैन।’ नजिकैकोे ढिस्को काटिएको माटो खोला थुन्न थुपारियो। यो परियोजनाले यहि माटोको थुप्रोलाई ठूलो ड्यामका रुपमा प्रतिवेदनमा देखायो। ड्याम निर्माणका लागि थुपारिएको माटोलाई फिलिङ गर्नुपर्ने हुन्छ। 

लोडरको सहायतामा माटोफिलिङ गर्नै पर्ने सरकारी नियमलाई यो परियोजनाले पालनै गरेन। ‘एक्सकाभेटरले माटो कटान गर्‍यो र त्यहि माटो राखेर ड्याम निर्माण गरियो,’ स्थानीयवासी एबं यो वडाका सदस्य खिमवहादुर योगीले भने ‘त्यो माटोलाई फिलिङ गर्नका लागि लोडर प्रयोग त भएको हैन।’ माटो फिलिङ नै नगरेर पक्व ड्याम निर्माण गरेको दाबी गरेको परियोजनाले कागजी रुपमा भने फिलिङ गरिएको भनेर उल्लेख गरेको छ। यो परियोजनाले माटो काट्ने तथा फिलिङ गर्ने कामको शिर्षक राखेर ७ लाख ५९ हजार २ सय ९१ रुपैयाँ फछ्र्यौट गरेको छ। ‘माटो फिलिङ नगरिएको कामको समेत रकम जोडेर बिलपास गराइएको छ,’ अर्का स्थानीयले भने ‘यसलाई आर्थिक हिनामिना नभनेर के भन्ने?’

माटो फिलिङ नै नगरिएको यो ड्याम कच्चो छ। बर्खामा उर्लिने खोलामा पानीको बहाव बढेको खण्डमा ड्याम भत्कन सक्ने खतरा उच्च छ। ‘पहिला त भत्कन सक्ने खतरा थियो, तर अहिले त माटो जाम भैसकेको छ,’ स्थानीय डण्डु गिरीले भने ‘अब त भत्कने डर त्यति नहोला।’  

पानी सिँचाइका लागि खरिद गरिएको भनिएको पाइपको कागजी प्रतिवेदन त झनै रहस्यमयी छ। उक्त जलाशयबाट किसानका खेतबारीसम्म पानी पुर्‍याउनका लागि पाइप जडान गरिएको छ। कृषि स्मार्ट कार्यक्रमले यो पाइपको लागत ३८ हजार ५२ रुपैयाँ ९५ पैसा उल्लेख गरेको छ। तर यथार्थता के हो भने ६५ मिटर नयाँ पाइप खरिद गरेको उल्लेख गरेको यो कार्यक्रमले त्यहाँ पाइप खरिद गरेकै छैन। ‘सुरुमा एउटा एनजिओले सिँचाइका लागि पाइप खरिद गरिदिएको थियो, अहिलेको यो कृषि स्मार्ट कार्यक्रमले तिनै पाइपको प्रयोग गरेको हो,’ ति स्थानीयले भने ‘नयाँ पाइप किनिएकै छैन।’ पाइप खरिदका विषयमा वडा सदस्य योगीले भने बजेट पूर्ति गर्नका लागि पाइप खरिद गरेको भनेर बिल बनाइएको बताए। ‘१५ लाख बजेटलाई कसरी पूर्ति गर्ने त भनेर पाइप खरिदको बील बनाइएको होला,’ उनले भने ‘गाउँमा आएको बजेट खर्चै नहुने स्थिती त आउन दिनु भएन नि।’    

यति मात्रै हैन, उक्त ड्याम निर्माणका लागि माटो ढुवानीमा समेत आर्थिक अनियमीतता भएको देखिन्छ। उक्त परियोजनाले तयार पारेको कागज अनुसार त्यहाँ माटो ढुवानीमा प्रयोग भएका ट्याक्टरहरुको भाडामा ठूलो आर्थिक चलखेल भएको देखिन्छ।  

स्थानीय डण्डु गिरीको रा १ त १५१० नम्बरको ट्याक्टर उक्त ड्याम निर्माणका लागि प्रयोग भयो। उक्त परियोजनाले तीन सय रुपैयाँ प्रति ट्रिप भाडामा ५ सय ट्रिप माटो ढुवानी गरेको कागज तयार पारेको छ। तर ट्याक्टर मालिक डण्डु भन्छन् ‘मेरो ट्याक्टरले ५ सय ट्रिप माटो बोकेकै छैन।’ ५ सय ट्रिप माटो बोके वापतको भाडा १ लाख ५० हजार रुपैयाँ डण्डुलाई बुझाएको भर्पाइ गराइएको छ। तर डण्डुले उक्त ड्याममा माटो बोकेवापतको रकम ६१ हजार रुपैयाँ मात्रै आफूले बुझेको बताए। ‘मेरो ट्याक्टरले त्यहाँ काम गरेवापत ६१ हजार रुपैयाँ मात्रै मैले बुझेको हुँ,’ उनले भने ‘एक लाख ५० हजार रुपैयाँ मैले बुझेकै छैन।’ 

तर भर्पाइ कागजमा भने आफूले सहि छाप गरेको स्वीकारेका डण्डुले उक्त रकम अन्य ट्याक्टरलाई पनि भाडा बुझाउनु पर्ने भनेर ६१ हजार बाहेकको अरु रकम परियोजनाका व्यक्तिहरुले नै लगेको बताए। ‘अरु ट्याक्टरलाई पनि मिलाउनु पर्छ भनेर अरु पैसा आफैले लगेका हुन्,’उनले भने ‘सबैलाई मिलाउनु पर्ने भएकाले तपाइको नाममा एक लाख पचास हजारको चेक काटेका हौँ भनेका हुन्।’ उनका अनुसार त्यहाँ तीन÷चार वटा ट्याक्टर माटो बोक्न प्रयोग भएका थिए। स्थानीयवासी एबं वडा सदस्य खिमवहादुर योगीको ट्याक्टर पनि उक्त योजनाको काममा प्रयोग भएको थियो। उनको ट्याक्टरको भाडा पनि डण्डुको जस्तै एक लाख ५० हजार रुपैयाँ बुझाईएको भर्पाइ गरिएको छ।  

यता स्मार्ट कृषि गाउँ कार्यक्रमका कार्यक्रम कार्यान्वयन संयोजक अमर कवँरले भने उक्त ड्याम निर्माणमा कुनै कमजोरी नभएको दाबी गर्छन्। आर्थिक पारदर्शितामा कुनै आशंका नरहेको दाबी गर्दै उनले ड्याम निर्माणका बारेमा कसैले गलत हल्ला फैलाइदिएको हुन सक्ने दाबी गरे। ‘हामीहरुले गरेको काम र उक्त काम गर्दा लागेको लागतको एक एक कागजात हेर्नुस्,’ उनले भने ‘तपाईले आर्थिक रकम हिनामिना भएको कुनै आधार भेट्न सक्नु हुन्न।’ 

उक्त ड्याम फिलिङ नभएको र पाईप खरिद नभएको विषयमा उनले भने ‘फिलिङ नगरेको भए ड्याम कसरी बन्यो त? अनि खरिद नगरेको भए पाइप कहाँबाट आए त?’ नागरिकलाई प्राप्त कागजात बारेको जिज्ञासामा उनले ‘बसेर छलफल गर्दै कागज हेर्न सकिने’ बताए। हर्दवामा चार वर्षे परियोजना स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएको छ। अहिले यो परियोजना तेस्रो वर्षमा सुरु चल्दै छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस