अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’
२१ मंसिर २०७७
•
४ मिनेट पाठ
अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज ट्रेल’ सञ्चालनको तयारी भएको छ। आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि गाउँपालिका, नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) का प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन्। मङ्सिर १४ गते आधार शिविरतर्फ गएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदी, टानका गण्डकी प्रदेश अध्यक्ष सुशील पौडेललगायतको टोली शनिबार फर्किएको छ।




हिमाल आरोहण भएको ७० वर्षपछि आधार शिविरलाई आधारभूतस्तरको पदमार्गले जोडेर पर्यटक भित्र्याउन प्रचारप्रसार र प्रवद्र्धनमा जुटेको गाउँपालिकाका अध्यक्ष पुनले जानकारी दिए। गाउँपालिकाले नारच्याङबाट आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने पदमार्गलाई ‘मौरिज हर्गोज ट्रेल’ नामकरण गरेको छ।

“नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यो पदमार्ग सञ्चालन गर्ने तयारी कोरोनाले प्रभावित बनायो,” अध्यक्ष पुनले भने,“अब आउने पर्यटकलाई अन्नपूर्ण आधार शिविर भित्र्याउन पर्यटन व्यवसायीसँग सहकार्य गरेका छौँ।” नारच्याङबाट मिस्त्रीखोलाको किनारैकिनार आधार शिविर जोड्ने पदमार्ग तयार भएको छ। हर्जोगले सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ कीर्तिमान बनाएका थिए। अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ।

मौरिजकालीनजस्तै कठिन र ‘वाइल्ड’ रहेकाले अन्नपूर्ण प्रथमको आधार शिविर पदयात्रामा नयाँ ‘ब्राण्ड’ हुने टान गण्डकी प्रदेशका अध्यक्ष पौडेलको भनाइ छ। “पुराना पदमार्ग सडकले विस्थापित भएका छन्”, उनले भने,“थप पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गरेर सडकका कारण छोटिएको पदयात्रा पर्यटनलाई यसतर्फ आकर्षित गराउन सकिन्छ।”

गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ। गत माघ महिनामा अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गको प्रचारप्रसारका लागि नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव सञ्चालन भएको थियो। पर्यटन विभागले पदमार्ग निर्माणका लागि ठेक्का लगाइसकेको छ। आधारभूतस्तरको पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ। पदयात्रामा आउने पर्यटकका लागि ‘सेल्टर’ निर्माण भएको छ। होटल तथा लज नभएकाले ‘क्याम्पिङ’ पदयात्रा गर्नुपर्ने हुन्छ।

नारच्याङबाट छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ। हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए। फराकिलो फाँट भएकाले दुर्घटनाको कम जोखिम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग नौ वर्षअघि पहिचान भएको थियो। यसअघि मुस्ताङको कुञ्जो हुँदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो। कतिपयले कास्कीको एबिसी क्याम्पलाई नै आधार शिविर बुझ्ने गरेका थिए।

नारच्याङका अगुवाहरूले विसं २०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य पहिचान गरेका थिए। यो अन्नपूर्ण आधार शिविर पुग्ने सबैभन्दा छोटो बाटो हो। नारच्याङको बेँसीगाउँदेखि छोटेपासम्म नीलगिरि जलविद्युत् आयोजनाले लगेको सडक नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलासम्म पुर्‍याउँदैछ।

हुमखोलाबाट एक दिनमा भुसकेत र अर्को दिन आधार शिविर पुग्न सकिन्छ। समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृश्य रमणीय र मनमोहक छ। पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ। अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा नीलो रङ र गोलो आकारको तलाउ छ। सुक्खा र उजाड पहाडको बीचमा रहेको तालमा हिमालको छायाँ हेर्न सकिन्छ। धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ।

यो ताल करिब एक किलोमिटर लम्बाइ र ५०० मिटर चौडाइमा फैलिएको छ। अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो। तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाउँछ। ताल र हिमाल हेरेपछि पदयात्राको दुःखकष्ट भुलाउँछ। रासस
अर्को समाचार
पहिलो अनुभवमै ‘अन्नपूर्ण आधार शिविर’! भएन न त मजा
३० जेष्ठ २०८०
•
६ मिनेट पाठ
पहिलो अनुभवमै ‘अन्नपूर्ण आधार शिविर’! भएन न त मजा
धेरै जनामध्येबाट थोरै हुन्छन्, हिमाल आरोहणको सपना देख्नेहरु। ती मध्ये अझै थोरै हुन्छन्, ती सपना पूरा गर्नेहरु। हिमाल आरोहण गर्न साहस नहुनेहरुको अर्को सपना बन्न सक्छ, आधार शिविरसम्मको यात्रा। त्यही आधार शिविर यात्राको सपना देख्ने एउटा पात्र थिए म।




जीवनमा एकचोटी अन्नपूर्ण आधार शिविरसम्म पुग्ने सपना थियो मेरो। त्यहि सपनालाई पूरा गर्न गत चैत १० गते अन्नपूर्ण आधार शिविरको यात्रामा निस्किए म। यो यात्रामा निस्किदै गर्दाको उत्साह एकातर्फ थियो भने कसरी जान सक्छेस् भन्ने प्रश्नहरुले गर्दा सक्छु र भन्ने सोच अर्कोतर्फ थियो। यहि दोधारबीचको यात्रामा निस्किदै गर्दा अन्नपूर्ण आधार शिविर जसरी नि पुग्छु भन्ने प्रण चै गरेको थिए। मेरो सपना पुरा गर्न मैले लामो यात्रा तय गर्ने निधो गरे।

यो यात्रामा संगै हुनुहुथ्यो एनिका राई दिदि। दुबैको गतव्य एउटै, ‘अन्नपूर्ण आधार शिविर’। पोखराबाट ‘हुदु’ भन्ने ठाउँसम्मको यात्रा गाडीमा सुरु ग¥यौं। पोखराबाट घान्दु्रक हुँदै पनि आधार शिविर जान सकिँदो रहेछ। हामी भने हुदुको बाटो हुँदै गर्यौं। हुदुबाट २ घण्टाजति हिडेर हामीले पुनः गाडीको यात्रा गर्यौ। गाडीले हामीलाई ‘झिनु’ पुर्याइदियो। त्यसपछि सुरु भयो वास्तविक पद यात्रा।

झीनुबाट सिधै उकालो पहाड चढनु पर्छ। बाटो भने कतै राम्रो छ कतै अलि बिग्रिएको। उकालो चढेर झिनुको डाँडामा पुगेर तलतिर हेर्दा लाग्छ कसरी हिडियो यति धेरै उकालो? त्यसपछि आउँछ छुम्रुङ। माथि डाँडाबाट हेर्दा छुम्रुङ असाध्यै राम्रो देखिन्छ। गाउँको बीचबाट हिड्ने बाटो, ढुङ्गा हालेका घरको छाना अनि हरियाली बाताबरण। छुम्रुङलाई छोड्दै ओरालो झरेपछि नदि आउँछ अनि त्यसपछि आउँछ ‘सिन्हा’को बाटो।

पहिलो दिन सिन्हामा गएर बस्यौं। होटलको सत्कार र संचालकहरुको व्यवहार लोभ लाग्दो थियो। होटलकी दिदि भन्दै हुनुहुथ्यो, ‘नेपाली पर्यटकहरुलाई हामीले कम पैसा लिन्छौं। यसले नेपाली पर्यटकहरुको आगमन पनि बढुन् भनेर हो।’ यो पक्ष मलाई निकै मन परेको थियो। मानविय स्वभाव नै हो, सस्तो फेला पारेपछि खुसी हुने।

दोस्रो दिन बिहानी खाजा खाएपछि हाम्रो पाइला अगाडि बढे। हामी जतिसक्छौं त्यति लामो बाटो हिड्ने भनेर अगाडि बढेका थियौं। बाटोमा बेस क्याम्प जाँदै र आउँदै गरेका स्वदेशी र बिदेशी पर्यटकहरु बाक्लै भेटिन्थ्ये। थकित भएपनि भेटिएपछि एकअर्कालाई गरिने त्यो मुस्कानसहितको नमस्कारले ती थकान सबै मेटिन्थ्ये। त्यहि बेला बुझे मैले एक मुस्कानले मानिसलाई कति प्रेरणा मिल्छ भनेर। अझ पदयात्रामा ‘मुस्कान’ आत्मबलका लागि कम्ता चाँहिदैन।

सिन्हाबाट हिडेको हामी दोभान पुग्दा मौसममा केहि परिवर्तन भयो, पानी पर्ला जस्तो भयो। दोभानबाट हामी केही अगाडी बढ्दै गर्दा ठूलो पानी नै पर्यो। पानीसंगै असिना पनि। पानीसंगै रुझदै हामी देउराली पुग्यौं। त्यहा पुग्दा त हिउँ नै पर्न थाल्यो। आहा! हिउँ । यसरी हिउँ परेको मैले जीवनमा पहिलो चोटी प्रत्यक्ष रुपले देखेकी थिए।

हामी देउरालीबाट पनि अगाडी बढ्यौं। बेस क्याम्प पुग्ने उत्साह, हिउँको चिसो अनि खुट्टाको दुखाई कहिलेकाहि लाग्थ्यो सक्दिन की के हो?

हिउँको रमाइलोसंगै हामी हिंडिरहयौं। धेरै हिउँ परेकाले हिड्नलाई भने असहज भएको थियो। ओडार भन्ने ठाउँबाट देउरालीसम्म पुग्ने बाटोमा भने हिउँपहिरो जाँदो रहेछ। हामीलाई अन्य व्यक्तिहरुले भन्दै थिए यहाँ त हिउँपहिरो जान सक्छ, अलि छिट्टो छिट्टो हिड्नु। बल्ल बल्ल यात्रामा निस्किएको म, हिउँपहिरोको डरले उत्तिकै सतायो।  

तेस्रो दिन बिहान देउरालीबाट हामी अगाडि बढ्यौं। धेरै हिउँ परेकोले हिड्न गाह्रो थियो। बाटो पुरै हिउँले छोपिएको। हिउँमाथिबाट बनेको बाटो हिड्नुपर्ने। तर हिउँले छप्पकै छोपेको हिमाल, अनि आइरहेको चिसो सिरेटो त्यसले छुट्टै उर्जा दिथ्र्यो। त्यहाँबाट हामी खोलाको किनारै किनार अगाडि बढ्यौं। देउरालीबाट अगाडी बढ्दाको बाटो भने त्यति राम्रो छैन्। वर्षेनी हजारौें यात्रा गर्ने बाटोको हालत देख्दा दुःख लाग्यो। सरकारसँग गुनासो पनि उत्तिकै। हाम्रो कर–कर सुनेर होला बाटोमा भेटिएका ट्रेकिङ्ग गाइड दाईहरुले भन्दै हुनुहुन्थ्र्यो, ‘अब बनाउँछ होला यहाँको पनि बाटो।’

त्यसपछि हामी पुग्यौं माछापुच्छे« बेस क्याम्प। माछापुच्छे« बेस क्याम्प ३ हजार ७ सय मिटरको उचाइमा छ। त्यहाँ पुग्दा मलाई लागेको थियो कोही साच्चिकै घुम्ने योजना बनाउदै छन् भने अन्नपूर्ण बेस क्याम्पको यात्रा राम्रो हुन सक्छ। माछापुच्छे« बेस क्याम्पबाट करिब २ घण्टा हिडेपछि अन्नपूर्ण बेस क्याम्प पुगिदो रहेछ। हामी त्यो रात अन्नपूर्ण बेस क्याम्प नै बस्ने भनेर अगाडि बढ्यौं।

जति जति हामी माथि पुग्थ्यौं, त्यति नै हामीलाई गाह्रो भएको जस्तो महसुस हुन्थ्यो। हिउँको बाटोलाई छिचोल्दै हामी अगाडी बढ्यौं। बेस क्याम्प पुग्नै लाग्दा ठूलो हावा चल्यो, हिउँहरु उडाएर बाटो नै देखिन छाड्यो। त्यो बेला भने मेरो मन चिसो भएको थियो। केहि त हुने होइन भनेर। त्यो समयमा मलाई टाउको दुख्नुका साथै सास फेर्न गाह्रो भएको थियो। तर केहि समयपछि हावा चल्न रोकियो हामी गतव्यतर्फ बढ्यौं। झण्डै आधा घण्टा हिडेपछि अन्नपूर्ण बेस क्याम्प लेखिएको ठाउँमा पुग्यौं। त्यहाँ पुग्दा मेरो खुशीको सिमा नै थिएन्। हामी त्यो रात बेस क्याम्प नै बस्यौं।  

हाम्रो यात्रामा भेटिएका थिए ट्रेकिङ्ग गाइड तेन्जिङ नोर्वे शेर्पा। उनले थाइल्याण्डको टिम लिएर जाँदै थिए। हामी सिन्हादेखि नै त्यही टीम संगसंगै थियौं। हामीसंग उनले गरेको व्यवहार कम्ता अभिभावकिय थिएन्। बाटोमा अन्य गाइडहरुसंग पनि हामी गफ गर्दै गएका थियौं। केहि राम्रैसंग बोलेका थिए केहिको बोलाई असामान्य थियो। असामान्य बोल्नेहरुलाई देखेर मलाई लागेको थियो सबै क्षेत्रमा एउटा न एउटा नराम्रा मान्छे हुँदा नै रहेछन्।  

थकित भएर बेस क्याम्पमा पुगेका हामीलाई रमाइलो गर्न भने थकानले छेकेन राती ११ बजेसम्म नाचेर बस्यौं। सुनसान बेस क्याम्प,स्पीकरमा बजेको गीत छेक्यो छेक्यो देउराली डाडा कुइरो र हुसुले अनि हामी दुई जना र हामी संगै गएको ग्रुपको नाच। मैले सोचेको पनि थिइन त्यस्तो थकित हुँदा नी त्यति रमाइलो गरिन्छ भनेर।

भोलिपल्ट हामी सुर्य उदाएको हेर्ने योजनामा थियौं। बिहान उठेर हामी सुर्य उदाएको हेर्न निस्कियौं। चारैतिर हिमालले घेरेको, हिमाललाई हिउँले छपक्कै छोपेको अनि हिमालको टुप्पोमा बिहानी सुर्यको किरण वर्णन गर्ने कुनै शब्द नै छैन्।

केहि फोटो र भिडियो खिचेपछि हामी बेसक्याम्पबाट फर्कियौं। फर्किदै गर्दा मलाई लागेको थियो अब जीवनमा मैले यस्तो यात्रा गर्न सक्छु कि सक्दिन्। यसरी पुरा गरे मैले मेरा एउटा रमाइलो सपना।  
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस