लुम्बिनीमा मायादेवि मन्दिर खुला, पर्यटकको चहलपहल सुरु
२३ मंसिर २०७७
•
३ मिनेट पाठ
लुम्बिनीमा मायादेवि मन्दिर खुला, पर्यटकको चहलपहल सुरु
लुम्बिनी स्थित शान्ति दिप तथा नहर परिषरमा आन्तरिक पर्यटक । तस्बिर : नागरिक
कोरोना कहरका कारण चैतदेखि बन्द गरिएको लुम्बिनी स्थित मायादेवि मन्दिर साढे ८ महिनापछि खुला गरिएको छ। न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर लुम्बिनीमा पर्यटक आगमन खुला गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराइले बताए। लुम्बिनी परिषर प्रवेशका ९ वटै ढोका मंसिर ३ गतेदेखि खोलिएको थियो। तर मायादेवि मन्दिर भने आइतबारदेखि खुला गरिएको हो।




पर्यटक प्रवेशका लागि मायादेवि मन्दिर पनि खुला गरिएपछि बुद्ध जन्मस्थलमा पर्यटकीय चहलपहल सुरु भएको छ। अहिले दैनिक करिब २ हजारका दरले आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ। तर अघिल्ला वर्षको तुलनामा यो संख्या निकै न्युन हो। गत वर्ष मंसिरमा दैनिक ८/९ हजारका दरले पर्यटक लुम्निबी पुग्थे। आन्तरिक पर्यटकको आगमन सुरु भएपनि बाह्य मुलुकका पर्यटक आएका छैनन्। छिटपुट भारतीयहरु नेपालमा हुने आफन्तसंगै घुम्न आएपनि उनीहरुले आफ्नो परिचय लुकाउने गरेको कोषका कर्मचारी बताउँछन्। कोरोना महामारी सुरु भएपछि परिचय खुल्ने गरी कोही पनि भारतीय लुम्बिनी प्रवेश नगरेको कोषका सूचना अधिकृत राजन बस्नेतले बताए।  

अंग्रेजी महिना मे र नोभेम्बर लुम्बिनीमा सबैभन्दा धेरै पर्यटक भित्रिने महिना हो। गत वर्षको मे महिनामा १ लाख ५४ हजार र नोभेम्बरमा १ लाख २७ हजार आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। सोही महिना २९ हजार भारतीयले लुम्बिनी घुमेका थिए। तर यो वर्ष कोरोना कहरले मे महिनामा पर्यटक आगमन सुन्य भयो। नोबेम्बर १६ देखि आंशिक रुपमा लुम्बिनी खुलेको हो। तर कोरोना डरले आन्तरिक पर्यटकको चहलपहल अहिले पनि निकै पातलो छ।

गत वर्ष सन २०१९ मा १५ लाख ५८ हजार पर्यटक लुम्बिनी आएका थिए। त्यसमध्ये ११ लाख ७८ हजार आन्तरिक पर्यटक हुन। २ लाख ६ हजार भारतीय गत वर्ष लुम्बिनी आएका थिए। तेश्रो मुलुकका १ लाख ७४ हजार बाह्य पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए। तर यो वर्ष सन् २०२० को नोभेम्बरसम्म पर्यटक आगमन संख्या जम्मा २ लाख ३६ हजार छ। जुन जनवरी, फेब्रुअरी र मार्च २४ सम्मको आगमन हो। जसमा नेपाली १ लाख ७२ हजार, भारतीय ३९ हजार र तेश्रो मुलुकका ४४ हजार पर्यटक आएका थिए।

कोरोना कहर सुरु भएपछि चैत ११ अर्थात मार्च २४ देखि नोवेम्बर १८ सम्म लुम्बिनी बन्द रह्यो। मंसिर ३ देखि आंशिक रुपमा खुलेपछि लुम्बिनीमा आन्तरिक पर्यटकको पातलो चहलपहल सुरु भएको हो। भारतीय र तेश्रो मुलुकका पर्यटक आगमन भने शून्य नै छ।  

छैन स्वास्थ्य सुरक्षा सावधानी  

न्युनतम स्वास्थ्य सुरक्षाको मापदण्डलाइ अवलम्बन गरिएको भनिएपनि मायादेवि मन्दिर बाहेकका अन्य स्थानमा भने स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको छैन। योजना प्रमुख भट्टराईले कोरोना जोखिमका कारण थर्मल गनले शरीरको तापक्रम नापेर मात्रै पर्यटकलाई मायादेवि मन्दिर परिषरमा प्रवेश दिइएको छ। मास्क अनिवार्य गरिएको छ। ‘ज्वरो आएका र मास्क नलगाएका पर्यटकलाई भित्र पस्न दिँदैनौं’ कोषका योजना प्रमुख भट्टराईले भने। मायादेवि मन्दिर प्रवेस गर्दा न्युनतम स्वास्थ्य सुरक्षा सावधानी अपनाइएपनि अन्यत्र भने कुनै सावधानी अपनाइएको छैन।

शान्ति दिप, नहर क्षेत्र, बसपार्क, बगैँचा क्षेत्र, चाइनिज टेप्पल, बौद्ध स्तुपा जस्ता पर्यटक धेरै पुग्ने स्थलहरुमा न्युनतम स्वास्थ्य सुरक्षा सावधानी पनि अपनाइएको छैन। लुम्बिनी प्रवेस गर्ने ९ वटा गेट मध्ये कुनैमा थर्मलगन राखिएको छैन। कोषका सूचना अधिकृत राजन बस्नेतले लुम्बिनीका ९ वटै गेटमा थर्मल गनको व्यवस्था गर्न सम्भव नभएकाले मार्यादेवि मन्दिर प्रवेश गर्ने गेटमा मात्रै तापक्रम नापेर भित्र पठाउने गरिएको बताए। ‘कम्तिमा तीन फिटको दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सबैलाई आब्हान गरेका छौं। तर धेरैले पालना गरिदिनु हुन्न। उहाँहरुलाई धेरै हस्तक्षेप गर्न पनि मिलेन’ बस्नेतले भने।
अर्को समाचार
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
३० मिनेट अघि
•
१ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुस्ताङ। मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 




मुक्तिनाथ विकास समिति कोषमा चालु आव २०८३/०८४ को पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको सङ्कलन भएको हो।

समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आवको पहिलो चार महिनामा रसिद र दान पेटिकामा समेत गरी नेपाली रु २६ लाख ५९ हजार ५५७ र भारु  ११ लाख ७९ हजार ५४७ कोषमा जम्मा भएको थियो। उनका अनुसार भक्तजनले स्वेच्छिक रुपमा रु १०० भन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर उक्त सहयोग सङ्कलन गरिँदै आएको छ।

त्यस्तै १०० भन्दा कम दिन चाहना राख्नेलाई चन्दा बाकसमा स्वेच्छिक रुपमा दान गर्न सक्ने व्यवस्था  गरिएको छ। चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको रु १७ लाख ५८ हजार ५६२ र भारु तीन लाख ९२ हजार ६८७ सङ्कलन भएको छ। मन्दिरमा नेपाली र भारतीयबाहेक १० राष्ट्रका मुद्रा रसिदमार्फत सहयोग र दान पेटिकामा जम्मा भएको छ।

व्यवस्थापक भुसालका अनुसार चालु आवको यस अवधिमा अमेरिकी डलर ८०२, अष्ट्रेलियन डलर २७०, थाइभाट ४४०, युएइ दिराम १०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउण्ड २१, ओमन रियल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ।

समितिका अनुसार, गत आर्थिक २०८२/०८३ सम्म कोषमा रु ११ करोड ७६ लाख ३३ हजार १९१ मौज्दात छ। उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेको खातामा जम्मा हुने गरेको छ।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस