काठमाडौं, फागुन २९ (नागरिक)- उत्पादन बढेको भन्दै व्यवसायीले उपत्यकामा कुखुरा मासुको भाउ घटाएका छन्। व्यवसायीले राजधानीमा कुखुराको मासुको भाउ किलोमा १५ रुपैयाँ घटाएका हुन्।
किलोको ३ सय १५ रुपैयाँ रहेको मासु अब ३ सय रुपैयाँमा झरेको छ। तर, यो मूल्य काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका २ सय वटा कोल्डस्टोरमा मात्र लागु हुनेछ। यो थोक मूल्य हो।
खुद्रा मूल्य भने ग्राहकले बढी तिर्नुपर्ने हुन्छ। जाडोमा बर्डफ्लुको फैलन्छ। यसपटकको जाडोमा नेपालका विभिन्न ठाउँमा बर्डफ्लु देखिएकाले किसानले कुखुराका चल्ला नलगाउँदा अभाव भई भाउ बढेको थियो। अहिले भने मागअनुसार आपूर्ति हुन थालेकाले भाउ घटेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए। उत्पादन बढेर तराईबाट कुखुरा बढी आएकाले मूल्य घटेको बिसीले जानकारी दिए।