प्रविधि प्रयोगले छिटो बनेको भेरी–बबई आयोजना
०१ पौष २०७७
•
६ मिनेट पाठ
प्रविधि प्रयोगले छिटो बनेको भेरी–बबई आयोजना
२०७१ चैतमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गर्दासम्म पनि भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले अहिलेको सफलता पाउनेमा धेरैको शंका थियो। चुरे शृंखलाको कलिलो पहाडमा पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) मार्फत १२.२ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्ने थियो। शिलान्यास कार्यक्रममा स्वयं प्रधानमन्त्री कोइरालाले नै भनेका थिए, ‘प्रविधिमार्फत नेपालमा सुरुङ निर्माण सफल भए १०–१५ वर्षमै मुलुकले विकासमा कायापलट गर्छ।’




शिलान्यासको झन्डै तीन महिनापछि २०७२ जेठ २१ मा नेपालले चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) सँग १० अर्ब ५७ करोडमा टिबिएममार्फत सुरुङ निर्माणको सम्झौता गर्‍यो। नेपालमा यसअघि ड्रिलिङ र ब्लास्टिङद्वारा सुरुङ खन्ने प्रचलन थियो। मानवरहित अत्याधुनिक प्रविधियुक्त मेसिन प्रयोग नेपालका सन्दर्भमा नयाँ थियो। कोभेकले टिबिएममार्फत २०७६ चैत १५ भित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्ने थियो। २०७४ कात्तिक मसान्तबाट भेरीगंगा नगरपालिका–१ को हात्तीखालबाट सुरुङ खन्न सुरु गरेको टिबिएम २०७७ वैशाख ३ गते भेरी किनारको चिप्लेमा आइपुग्यो।

कलिलो चुरे पहाड छिचोलेर चिप्लेमा भएको ब्रेक–थ्रु कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल सुनकोसी–मरिन डाइभर्सनलगायत आयोजना सुरु गर्ने घोषणा मात्रै गरेनन्, नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताए। हुन पनि पूर्ण रूपले चुरे पर्वत शृंखलाभित्र सुरुङ निर्माण सफल हुनु नेपालका लागि पूर्वाधार निर्माणका हिसाबले ठूलो उपलब्धि थियो।

‘पूर्ण रूपले चुरे पर्वत शृंखलामा अवस्थित सुरुङ निर्माण कार्य जोखिम भए पनि उक्त जोखिमलाई समयमै पहिचान गर्न सक्दा लक्ष्यअगावै निर्माण सम्पन्न गर्न सफल भयौं,’ आयोजना प्रमुख हरिनारायण यादवले भने, ‘सुरुङ निर्माण मात्रै होइन, अन्य कामको प्रगति पनि अहिलेसम्म राम्रो भइराखेको छ।’ मुलुककै पहिलो बहुउद्देश्यीय, एउटा नदी बेसिनबाट अर्को नदी बेसिनमा पानीको स्थानान्तरण, मेसिनले सुरुङ खन्नेजस्ता विशेषताका कारण यसलाई नमुना आयोजना भन्ने गरिएको छ। आयोजनाले विद्युत् उत्पादनका साथै सिँचाइ सुविधासमेत पुर्‍याउँछ। चिप्लेस्थित भेरी नदीमा १ सय १४ मिटर लामो ब्यारेजसहित १ सय ५८ मिटर डिसेन्डिङ बेसिन र टनेल इन्ट्री पोर्टलको निर्माण भइरहेको छ। यसमा ६ वटा ढोका हुनेछन् भने भेरीवारपार गर्न पुल पनि बन्नेछ।

४.२ मिटर व्यास गोलाइ र १२.२ किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी भेरी नदीबाट बबईमा खसालिनेछ। भेरी नदीमा सुक्खा याममा ८० घनमिटर पानी प्रतिसेकेन्ड हुन्छ। १ सय ५२ मिटर लामो हेडको प्रयोग गरेर २४ मेगावाट क्षमताका दुईवटा टर्बाइनमार्फत ४६.८ मेगावाट विद्युत् उत्पादनका लागि विद्युत् गृहको निर्माण गरेर वार्षिक ३ सय ८५ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य आयोजनाको छ। आयोजना सम्पन्न भएसँगै भेरी नदीबाट बबईमा खसालिएको पानीले लुम्बिनी प्रदेशका बर्दिया र बाँकेका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुनेछ। ‘बहुउद्देश्यीय आयोजना भएकाले यसले सिँचाइका साथै विद्युत् उत्पादनको पनि काम गर्छ,’ उनले भने, ‘सिँचाइबाट वार्षिक ३.१० अर्ब र विद्युत्बाट वार्षिक ४ अर्बसम्म आम्दानी हुने अपेक्षा हामीले लिएका छौं।’

सुरुङ निर्माण आयोजनाको पहिलो प्याकेज हो। पहिलो प्याकेजको काम सम्पन्न भएसँगै दोस्रो प्याकेजअन्र्तगतका संरचना निर्माण भइरहेका छन्। सिभिल संरचनाअन्तर्गत बबईमा विद्युत् गृह (पावर हाउस), चिप्लेमा बाँध (ड्याम) र सर्ज साफ्ट निर्माणको काम भइरहेको आयोजना प्रमुख यादवले जानकारी दिए। यी संरचना निर्माणका लागि सिँचाइ विभागले रमण–ग्वाङ्डोन जेभीसँग २०७६ साउन १५ गते ६ अर्ब १६ करोड ५२ लाख १६ हजारमा सम्झौता गरेको छ। दोस्रो प्याकेजअन्तर्गतका संरचना २०८० साउन २९ गतेभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ। दोस्रो प्याकेजको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले २०७६ मंसिर १६ गते शिलान्यास गरेका थिए।

अहिलेसम्म आयोजनाको भौतिक प्रगति ३८ प्रतिशत पुगेको छ। ‘अहिलेसम्म आयोजनाको ३८ प्रतिशत काम सम्पन्न भइसकेको छ,’ सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भने, ‘अहिलेकै गतिमा काम भएमा निर्धारित समयमै आयोजनाको निर्माण सम्पन्न हुन्छ।’ बाँधस्थल निर्माणस्थलमा कामदार र अन्यका लागि क्याम्प, निर्माण सामग्री उत्पादनका लागि आवश्यक प्लान्ट, क्रसर उद्योग, प्रयोगशालालगायत संरचना स्थापना गरिएका छन्। विद्युत् गृह निर्माणस्थलमा रहेको साइट अफिस हटाउने काम भइरहेको छ। चिप्ले खोल्सी डाइभर्सन कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको उनले जानकारी दिए।

आयोजनाको तेस्रो प्याकेज हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल संरचनाहरूको खरिद व्यवस्थापन कार्य अघि बढाइएको छ। ‘कोभिड–१९ को विश्वव्यापी महामारीको प्रभाव यस आयोजनामा पनि परेका कारण प्रगतिमा केही असर देखिएको छ,’ उनले भने, ‘उल्लिखित कार्यहरूको खरिद प्रक्रिया सम्पन्न गरेर निर्माण सुरु गरी लक्ष्यअनुरूप आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा आयोजनाका सम्पूर्ण कार्य सम्पन्न गर्छौं।’ आव २०६८/६९ बाट सुरु भएको आयोजना निर्माण सम्पन्न हुँदासम्म ३३ अर्ब १९ करोड ६६ लाख ४२ हजार रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

भेरी करिडोर पनि सँगसँगै

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन आयोजनासँगै भेरी करिडोर विकास आयोजना पनि सँगसँगै अघि बढिरहेको छ। यसअन्तर्गत बबई नदीमा निर्माण हुने पावर हाउस क्षेत्रमा सडक, सिँचाइ कुलो, लिफ्ट सिँचाइ, नदी नियन्त्रण, खानेपानी तथा सरसफाइ, विद्यालय सुधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ।

भेरी करिडोरले विकास आयोजनाले भेरी कोरिडर (घोरेटादेखि घाटगाउँसम्म १ सय १५ किलोमिटर) क्षेत्रका विभिन्न टारलगायत अन्य साना पूर्वाधारको विकास गरिरहेको छ। भेरी कोरिडरमा सौर्य तथा विद्युतीय लिफ्ट सिँचाइ प्रणालीको निर्माणका साथै अन्य पूर्वाधारहरूको काम भइरहेको छ। हालसम्म ५० वटा सतह सिँचाइका र १५ वटा नदी नियन्त्रणका योजना सम्पन्न गरिएको भेरी करिडोर सिँचाइ आयोजनाका ईश्वरी तिवारीले जानकारी दिए। ‘चारवटा भूमिगत सिँचाइ र आठवटा सेलार लिफ्ट सिँचाइ योजनाहरू सम्पन्न भएका छन्,’ तिवारीले भने, ‘सतह सिँचाइका १०, नदी नियन्त्रणका तीन र लिफ्ट सिँचाइका चारवटा प्याकेजको ठेक्का सम्झौता भएर निर्माण कार्य भइराखेका छन्।’

‘माग पूरा नभए पानी जान दिन्नौं’

प्रभावित क्षेत्रका स्थानीय सरकारले जनताका माग सम्बोधन नहुँदासम्म भेरीको पानी बबईमा जान नदिने चेतावनी दिएका छन्। आयोजनाले दोस्रो प्योकजको काम पूरा हुन अझै चार वर्ष लाग्ने भएकाले माघदेखि ८ देखि १० क्युमेक्स (घनमिटर प्रतिसेकेन्ड) पानी बबईमा मिसाएर बाँके र बर्दियाका भूमिमा सिँचाइ सुविधा पुर्‍याउने तयारी गरिरहेका बेला आयोजना प्रभावित क्षेत्रका स्थानीय तहहरूले स्थानीय जनताका माग सम्बोधन नहुँदासम्म भेरीको पानी बबईमा खसाल्न नदिने चेतावनी दिएका हुन्। आयोजना प्रभावित क्षेत्रका जनताका तर्फबाट भेरीगंगा, गुर्भाकोट र लेकबेंसी नगरपालिकाका प्रमुखहरूले प्रधानमन्त्रीलाई दिएको २३ बुँदे माग सम्बोधन नभए आयोजनामा अवरोध गर्ने चेतावनी दिएका छन्।

प्रभावित क्षेत्रका स्थानीय तह र प्रभावितहरूले समपूरक आयोजनाका रूपमा सुरु गरिएको भेरी करिडोर बहुउद्देश्यीय आयोजनाको क्षेत्राधिकार कटौती गरिएको, स्थानीय तहसँगको समन्वयबिनै प्रभावित क्षेत्रको सर्भे र मुआब्जा तोकिएको लगायतका आरोप लगाउँदै स्थानीय तहका प्रमुख र प्रभावित क्षेत्रका बासिन्दाले भेरी–बबई डाइभर्सन जनहित समिति गठन गरेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
२ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
यो पनि पढौँ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस