सुर्खेत विमानस्थल विस्तार गरिने
०३ पौष २०७७
•
२ मिनेट पाठ
सुर्खेत विमानस्थल विस्तार गरिने
कर्णाली प्रदेश सरकारले सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार ५५५ मिटरमा विस्तार गर्ने निर्णय गरेको छ। अहिले विमानस्थल धावनमार्ग एक हजार २५५ मिटर रहेको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकेले सुर्खेत विमानस्थल विस्तार तथा स्तरोन्नति गर्ने निर्णय गरेको हो।




सुर्खेत विमानस्थललाई एप्रोच लाइट सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित हाललाई एक हजार ५५५ मिटरको धावनमार्ग र रात्रिकालीन उडान गर्न सकिने विमानस्थलको रूपमा विकास एवं विस्तार गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए। 

विमानस्थल विस्तारका लागि नेपाल सरकारले तोकेका प्रारम्भिक अधिकारीले प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण (क्षेत्रफल र तीन पुस्ते) यथाशीघ्र तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने निर्णय गरिएको कानूनमन्त्री भण्डारीले बताए। उनले भने, सुर्खेत विमानस्थल विस्तार एवं स्तरोन्नतिका क्रममा आउनसक्ने विविध समस्या सामाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवं सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको छ। 

त्यस्तै जग्गा प्राप्ति प्रक्रिया तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र मूल्याङ्कन समितिको बैठक आह्वान गरी काम अघि बढाउने, विमानस्थल विस्तारका लागि मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको छ। यसका लागि कर्णाली प्रदेश सरकारले चालु आवमा  ५० करोड  रुपैयाँ बजेट छुट्याएको छ। 

उक्त रकममध्येको पाँच प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भएको जनाइएको। तीन अर्ब रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको सुर्खेत विमानस्थल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबीच गत असोज १५ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो। रासस 
अर्को समाचार
सुर्खेत विमानस्थल विस्तारको तयारी
०८ फागुन २०७८
•
३ मिनेट पाठ
सुर्खेत विमानस्थल विस्तारको तयारी
सरकारले सुर्खेत विमानस्थल विस्तारको तयारी थालेको छ। हालको विमानस्थलको उत्तरतर्फ १२.४३ विघा जमिन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेको हो। सुर्खेत विमानस्थलको हालको धावनमार्ग एक हजार २ सय ५५ मिटरको छ। अधिग्रहण गर्ने जमिनमा धावनमार्ग विस्तार गरेर एक हजार ५ सय ५५ मिटर पुर्‍याउने लक्ष्य सरकारको छ।




मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको विकल्प नभएको बताए। ‘प्रभावित क्षेत्रका नागरिकलाई न्यायपूर्ण मुआब्जा दिएर विमानस्थल विस्तारको तयारीमा सरकार लागेको छ,’ उनले भने, ‘प्रदेश राजधानीलाई हवाईमार्गबाट जोड्नका लागि पनि अहिलेको विमानस्थल विस्तारको विकल्प छैन।’

हालको धावनमार्गलाई उत्तरतर्फ विस्तार गरेर एक हजार ५ सय ५५ मिटर पु¥याउँदा ७० देखि ८० सिटे ‘एटिआर ७२’ जहाज अवतरण गराउन मिल्छ। अहिले सुर्खेत विमानस्थलमा ४० सिटे ‘एटिआर ४२’ जहाज मात्रै अवतरण हुने गरेको छ। विमानस्थल विस्तार भए रात्रिकालीन उडान गर्न पनि सहज हुन्छ।

मुख्यमन्त्री शाहीले अन्तिम पटकका लागि मात्रै विमानस्थल विस्तार हुने बताए। ‘पटकपटक विमानस्थल विस्तार हुँदा स्थानीय नागरिक अन्योलमा रहेको पाइयो,’ उनले भने, ‘यो अन्तिम पटक हो, त्यसबाहेक फेरि विस्तारको काम हुँदैन।’ उनले प्रभावित क्षेत्रमा रहेको विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवन सरकारले नै स्थानान्तरण गर्ने र नागरिकहरूलाई न्यायपूर्ण मुआब्जा वितरण गर्ने सरकारको लक्ष्य रहेको बताए।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका लागि जमिन अधिग्रहण गर्दा करिब दुई सय घरधुरी प्रभावित हुने अनुमान गरेको छ। ‘एक विद्यालय, स्वास्थ्य चौकी र केही सामुदायिक भवनसहित नागरिकका करिब दुई सय घरधुरी अधिग्रहण गर्नुपर्ने देखिन्छ,’ नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले भने, ‘उत्तरतर्फ तीन सय मिटर धावनमार्ग विस्तार भएमा ८० सिटे ‘एटिआर ७२’ जहाज सहजै अवतरण गराउन सकिन्छ।’

उनले विमानस्थल विस्तार, प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा र विद्यालय तथा सामुदायिक भवन निर्माणका लागि ९.४१ अर्ब रूपैयाँ खर्च लाग्ने बताए। ‘यसअघि नै संघ सरकारको ५० प्रतिशत र प्रदेश र स्थानीय पालिकाले २५/२५ प्रतिशत खर्च व्यहोर्ने गरेर सम्झौता भइसकेको छ,’ उनले भने, ‘जग्गा प्राप्तिको प्रक्रिया अघि बढे आठ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिन्छ।’

पूर्व पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले हवाई कनेक्टिभिटीका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। उनले जनतालाई देखाएर सरकार पन्छिन नहुने बताउँदै आवश्यक परेको ठाउँमा आफ्नो पार्टीले सहजीकरण गर्ने बताए। ‘यसअघिकै सरकारले विमानस्थल विस्तार गर्ने निर्णय गरिसहेको छ, सरकार पछि हट्नु हुँदैन,’ उनले भने, ‘सहजीकरण आवश्यक परे प्रमुख प्रतिपक्षी दल सहयोग गर्न तयार छ।’ उनले सरकारले विवेकपूर्ण निर्णय गरे प्रभावित क्षेत्रका बासिन्दाहरू सहयोग गर्न तयार रहेको बताए।

प्रभावित क्षेत्रका बासिन्दा मक्कबहादुर बुढाले फेरि विमानस्थल विस्तार नगर्ने सरकारले प्रतिबद्धता जनाए अन्तिम पटकका लागि आफूहरू सहयोग गर्न तयार रहेको बताए। ‘पटकपटक विमानस्थल विस्तार गरिँदा प्रभावित क्षेत्रका बासिन्दा ठूलो मर्कामा परेका छौं’ उनले भने, ‘अन्तिम पटकका लागि हो भने हामी सहयोग गर्न तयार छौं, सरकारले उचित मुआब्जा दिनुपर्छ।’

उनले आफूहरू विकासविरोधी नभएको बताउँदै तीन सय बढी विद्यार्थी अध्ययनरत विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनका विषयमा मुआब्जाअघि नै टुंगो लगाइनुपर्ने बताए।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस