रारा जाने मुलबाटोमा सिस्नो प्रशोधन उद्योग
०४ पौष २०७७
•
४ मिनेट पाठ
रारा जाने मुलबाटोमा सिस्नो प्रशोधन उद्योग
जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना भएको छ। बाटोमा खेर गइरहेको सिस्नो संकलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन्। यहाँ सिस्नोको खेती गर्नु पर्दैन। यो आफै उम्रन्छ। गाउँपालिका भरीका सबै वडामा प्रशस्त पाइन्छ। सिर्जनशील महिला उद्यमी समूहमा आवद्ध महिलाले जुम्लामै पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना गरेर आयआर्जनको क्रियाकलापमा सहभागी भएका हुन्।  




हिमा गाउँपालिका ४ का वडाध्यक्ष मुनबहादुर बुढा र पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले संयुक्त रुपमा सिस्नो उद्योगको उद्घाटन गरेका थिए। उनीहरुले सिस्नो उद्योग स्थापनाले आयआर्जनमा टेवा पुग्ने विश्वास गरे। वडाध्यक्ष बुढाले भने,‘यहाँ सिस्नो जहाँतही भेटिन्छ। बर्षेनी खेर गइरहेको हुन्छ। सिस्नोको महत्वका बारेमा जानकारी नहुँदा सही प्रयोगमा आउन सकेको थिएन। अहिले उद्योग स्थापनाले खेर गएको सिस्नोबाट मनग्गे आम्दानी गर्न सक्ने वातावरण सिर्जना भएको हो। यो निकै राम्रो पक्ष हो।’

उनले सिस्नो प्रशोधन उद्योग सञ्चालन र बजारीकरणका लागि स्थानीय सरकारले साथ दिने बताए। तपाईहरु जैविक सिस्नु पाउडर प्रशोधन गरेर बेच्नुहोस्। यो यहाँको पहिचान बन्न सक्छ। स्थानीय सरकार उद्योग सञ्चालनका लागि तपाईहरुकै साथमा छ। उनले भने,‘सिस्नो निकै हेलाको बस्तु भएपनि प्रशोधनपछि हुने प्रयोगले निकै फाइदा पुग्नेछ। सिस्नो प्रशोधन गरेर अरुलाई पनि बेच्नुहोस्। आफू पनि खानुस्।’

रारा जाने मुलबाटोमै सिस्नो उद्योग स्थापना भएकोले निकै महत्वका साथ हेरिएको छ। उद्योगले अपेक्षाकृत रुपमा सिस्नो प्रशोधन गर्न सकेको खण्डमा जुम्लाको एक ब्राण्डका रुपमा स्थापित हुन सक्ने उनी बताउँछन्।  

पेस नेपालका अध्यक्ष किशोर न्यौपाने सिस्नो उद्योग स्थापनाले निकै आशा जगाएको बताउँछन्। उनले भने,‘न सिस्नोको खेती गरिन्छ। नत सिस्नोलाई महत्वका साथ हेरिन्छ। उद्योग स्थापनाले सिस्नोको महत्वलाई दर्शाएको छ।’

उनले उद्योगलाई निरन्तरता दिँदै यहाँ प्रशोधित सिस्नोलाई बजारसम्म लैजानको लागि सहयोग गर्ने बताए। उनले थपे,‘सिस्नो आयआर्जनको राम्रो माध्यम बन्न सक्ने संभावना छ। सिस्नोको बजार पनि छ। मूल्य पनि निकै राम्रो छ।’

पेस नेपालको क्याप्स कर्णाली परियोजना मार्फत एक साताको तालिम प्रदान गरेपछि यहाँका महिलाले उद्योग स्थापना गरेका हुन्। गत मंसिर हिमा ६ र ७ लाई तालिम दिइएको हो। सिस्नो प्रशोधन गर्ने राम्रो उद्योग स्थापना गर्ने भनिएको थियो। पन्ध्र जना महिला र दुई जना महिलालाई ७ दिनको तालिम प्रदान गरिएको थियो। त्यो तालिमले उद्योग स्थापना गर्ने हौसला मिल्यो।  

सिस्नुबाट महिला र पछाडी परेकाहरुले आयआर्जन गर्नेछन्। उद्योगमा सिस्नु ल्याउनेछन्। प्रशोधन गर्नेछन्। मनग्गे आम्दानी गर्नेछन,पेस नेपालका अध्यक्ष किशोर न्यौपानले भने,‘सिस्नोलाई जथाभावी काट्दैनन्। संरक्षण गर्ने छन्। जसले जलवायुमा केही न केही सुधार हुनेछ।’ उद्योगमा लेबलिङ, प्याके्ेजिङ गर्ने उपकरणदेखि प्रशोधन मेसिन खरिद गरिएको छ। सिस्नो टिप्दा हातमा लगाउने पञ्जा पनि दिइएको छ।  

प्रत्येक गाउँबाट सिस्नो संकलन गरिनेछ। सिस्नोको पाउडर सुर्खेत नेपालगंज र कालिकोटमा बजार व्यवस्थापन गर्न सकिनेछ।  

कुनै बेला गरिबको तरकारीको रुपमा हेरिने सिस्नो अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ। यो मिठो मात्रै होइन स्वास्थ्यका लागि उपयोगी छ। यसको पात र जराको तरकारी रुपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ।

यसमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्व पाइन्छ। सिस्नो मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ भने गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ। सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ।

सिस्नो जति काट्यो उती बढी पलाउने हुनाले खेतीबाट पनि पर्याप्त फाइदा मिल्छ। पिसाब संक्रमण हुनेहरूले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ। शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ। अहिले प्रतिकेजी सिस्नो पाउडरको ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। उद्योग सञ्चालनका लागि चाहिने आवश्यक सामाग्री थप्न सकिने क्याप्स कर्णाली परियोजनाले जनाएको छ। सिस्नोको कच्चा पदार्थ सुकाउनको लागि सोलार डा«यर पनि किसानलाई उपलब्ध गराइएको छ।  

यो सडक हुँदै रारा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने भएकोले पनि सिस्नो उद्योग निकै प्रभावकारी हुने स्थानीय बताउँछन्। स्थानीयले उद्योग नियमित रुपमा चलाउने र सिस्नोको व्यवसायिक उद्यम सञ्चालन गर्ने विषयमा गम्भीर बनेको व्यवसायीहरु बताउँछन्।
अर्को समाचार
रारा जाने मूलबाटोमा सिस्नो प्रशोधन उद्योग
१५ पौष २०७७
•
३ मिनेट पाठ
रारा जाने मूलबाटोमा सिस्नो प्रशोधन उद्योग
जुम्लाको हिमा गाउँपालिकामा पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना भएको छ। बाटोमा खेर गइरहेको सिस्नो संकलन गरेर किसानले उद्योगबाट प्रशोधन गर्न थालेका हुन्। यहाँ सिस्नोको खेती गर्नु पर्दैन। यो आफै उम्रन्छ। सिस्नो गाउँपालिकाभर सबै वडामा प्रशस्त पाइन्छ। सिर्जनशील महिला उद्यमी समूहमा आवद्ध महिलाले जुम्लामै पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना गरेर आयआर्जनका क्रियाकलापमा सहभागी भएका हुन्।  




हिमा गाउँपालिका–४ का वडाध्यक्ष मुनबहादुर बुढा र पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले संयुक्त रूपमा सिस्नो उद्योगको उद्घाटन गरेका थिए। उनीहरूले सिस्नो उद्योग स्थापनाले आयआर्जनमा टेवा पुग्ने विश्वास गरे। ‘यहाँ सिस्नो जहाँतहीँ भेटिन्छ। बर्सेनि खेर गइरहेको हुन्छ। सिस्नोको महत्वबारे जानकारी नहुँदा सही प्रयोगमा आउन सकेको थिएन,’ वडाध्यक्ष बुढाले भने, ‘अहिले उद्योग स्थापनाले खेर गइरहेको सिस्नोबाट मनग्य आम्दानी गर्न सक्ने वातावरण सिर्जना भएको हो।’

उनले सिस्नो प्रशोधन उद्योग सञ्चालन र बजारीकरणका लागि स्थानीय सरकारले साथ दिने बताए। ‘तपाईंहरू जैविक सिस्नु पाउडर प्रशोधन गरेर बेच्नुहोस्। यो यहाँको पहिचान बन्न सक्छ। स्थानीय सरकार उद्योग सञ्चालनका लागि तपाईंहरूकै साथमा छ,’ उनले भने, ‘सिस्नो निकै हेलाको वस्तु भएपनि प्रशोधनपछि हुने प्रयोगले निकै फाइदा पुग्नेछ। सिस्नो प्रशोधन गरेर अरूलाई पनि बेच्नुहोस्। आफू पनि खानुस्।’

रारा जाने मूल बाटोमै सिस्नो उद्योग स्थापना भएकाले निकै महत्वका साथ हेरिएको छ। उद्योगले अपेक्षाकृत रूपमा सिस्नो प्रशोधन गर्न सकेको खण्डमा जुम्लाको एक ब्रान्डका रूपमा स्थापित हुन सक्ने उनी बताउँछन्।  

पेस नेपालका अध्यक्ष किशोर न्यौपाने सिस्नो उद्योग स्थापनाले निकै आशा जगाएको बताउँछन्। उनले भने, ‘न सिस्नोको खेती गरिन्छ। न त सिस्नोलाई महत्वका साथ हेरिन्छ। उद्योग स्थापनाले सिस्नोको महत्वलाई दर्शाएको छ।’ उनले उद्योगलाई निरन्तरता दिँदै यहाँ प्रशोधित सिस्नोलाई बजारसम्म लैजान सहयोग गर्ने बताए। उनले थपे, ‘सिस्नो आयआर्जनको राम्रो माध्यम बन्न सक्ने सम्भावना छ। सिस्नोको बजार पनि छ। मूल्य पनि निकै राम्रो छ।’

पेस नेपालको क्याप्स कर्णाली परियोजनामार्फत एक साताका तालिम प्रदान गरेपछि यहाँका महिलाले उद्योग स्थापना गरेका हुन्। ‘सिस्नुबाट महिला र पछाडि परेका समुदायका सर्वसाधारणले आयआर्जन गर्नेछन्। उद्योगमा सिस्नु ल्याउनेछन्। प्रशोधन गर्नेछन्। मनग्य आम्दानी गर्नेछन्,’ पेस नेपालका अध्यक्ष किशोर न्यौपानले भने, ‘सिस्नोलाई जथाभावी काट्ने छैनन्। संरक्षण गर्ने छन्। जसले जलवायुमा केही न केही सुधार हुनेछ।’ उद्योगमा लेबलिङ, प्याकेजिङ गर्ने उपकरणदेखि प्रशोधन मेसिन खरिद गरिएको छ। सिस्नो टिप्दा हातमा लगाउने पञ्जा पनि दिइएको छ। प्रत्येक गाउँबाट सिस्नो संकलन गरिनेछ।  

सिस्नोको पाउडर बिक्रीका लागि सुर्खेत नेपालगन्ज र कालीकोटमा बजार व्यवस्थापन गर्न सकिनेछ। कुनै बेला गरिबको तरकारीको रूपमा हेरिने सिस्नो अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ। यो मिठो मात्रै होइन स्वास्थ्यका लागि उपयोगी छ। यसको पात र जराको तरकारी रूपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ।

यसमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइबर, फस्फोरस र आइरनजस्ता पोषक तत्व पाइन्छन्। सिस्नो मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ भने गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ। सिस्नोले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ। प्रोस्टेड ग्लान्डर बाथको समस्या कम गर्छ।

सिस्नो जति काट्यो त्यति बढी पलाउने हुनाले खेतीबाट पनि पर्याप्त फाइदा मिल्छ। पिसाब संक्रमण हुनेहरूले पनि सिस्नो खानाले धेरै फाइदा गर्छ। शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नोले धेरै राम्रो काम गरेको हुन्छ। अहिले प्रतिकेजी सिस्नो पाउडरको ६ सय रूपैयाँँमा किनबेच भइरहेको छ। उद्योग सञ्चालनका लागि चाहिने आवश्यक सामग्री थप्न सकिने क्याप्स कर्णाली परियोजनाले जनाएको छ। सिस्नोको कच्चा पदार्थ सुकाउनका लागि सोलार डा«यर पनि किसानलाई उपलब्ध गराइएको छ।  

यो सडक हुँदै रारा अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहोर गर्ने भएकाले पनि सिस्नोको बजार निकै प्रभावकारी हुने स्थानीय बताउँछन्। स्थानीयले उद्योग नियमित रूपमा चलाउने र सिस्नोको व्यावसायिक उद्यम सञ्चालन गर्ने विषयमा गम्भीर बनेको व्यवसायी बताउँछन्।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३९ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस