लेखनाथ खानेपानीले तेब्बर क्षमता बढाउने
०८ पौष २०७७
•
२ मिनेट पाठ
लेखनाथ खानेपानीले तेब्बर क्षमता बढाउने
लेखनाथको खानेपानीको स्रोत गिउजे खोलाको मुहान । तस्बिर : सन्देश/नागरिक
कास्कीको लेखनाथमा रहेको लेखनाथ साना सहरी खानेपानी आयोजनाले क्षमता विस्तार गर्ने भएको छ। आयोजनाले अहिले आइरहेको पानीको क्षमता हालको भन्दा तेब्बर रुपमा बढाउने तयारी गरेको हो। आयोजनाले हाल पोखरा महानगरपालिका वडा नम्बर २० र मादी गाउँपालिका वडा नम्बर ७ को दोभानमा रहेको गिउजे खोलाबाट पानी ल्याइरहेको छ।  




सो खोलाबाट हाल प्रति सेकेण्ड ४८.९ लिटर पानी ल्याइरहेको आयोजनाले त्यसको क्षमता विस्तार गरेर तेब्बर अर्थात १५० लिटर प्रति सेकेण्ड बनाउने तयारी गरेको आयोजनाका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए। गिउजे खोलाबाट झण्डै ३३७ लिटर प्रति सेकेण्ड पानी बगिरहेको एक अध्ययनले देखाएको उनले बताए। उनका अनुसार खोलामा बग्ने पानीको एक तिहाई पानी खोलामै बग्न दिनुपर्ने नियम मान्दा पनि आयोजनाले ल्याउन खोजेको पानी सजिलै ल्याउन सकिन्छ।

गिउजे खोलाबाट आउने पानीको क्षमता तेब्बर पार्न सकिए बोरिङको पानी प्रतिस्थापन गरेर खोलाको स्वच्छ पानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ। लेखनाथको गिउजे मुहानसहित लेखनाथका विभिन्न ६ ठाउँबाट बोरिङ गरेर यसले दैनिक ९ हजार ७ सय ७४ घनमिटर पानी उत्पादन गरेर लेखनाथबासीलाई वितरण गर्ने गरेको अध्यक्ष बरालले बताए। ‘बोरिङको पानीलाई प्रतिस्थापन गरेर खोलाको स्वस्थ पानी पुर्‍याउनका लागि गिउजे खोलाको पानी ल्याउने क्षमता विस्तार गर्न हामी प्रयासरत छौं’–उनले भने। एकातिर खोलामा पानी खेर गइरहेको छ, उनले भने,‘अर्कोतिर सर्वसाधारणले राम्रो पानी पिउन पाएका छैनन्, त्यसैले खेर गएको पानीको सदूपयोग गर्दै उपभोक्तालाई स्वस्थ पानी दिनुपर्छ भन्नेमा लागेका हौं।’

पानी ल्याउने क्षमता विस्तारका लागि झण्डै १ अर्ब खर्च लाग्ने आयोजनाले जनाएको छ। त्यसमध्ये सरकार र आयोजनाबीच ९०/१० प्रतिशतमा काम गर्ने प्रक्रिया अघि बढेको आयोजनाका अध्यक्ष बरालले बताए। उनका अनुसार आयोजनाका लागि सरकारको ९० प्रतिशत र आयोजनाको तर्फबाट १० प्रतिशत लगानी गर्नेछ। आयोजनाका लागि रकम जुट्ने सम्भावना भएपछि अहिले त्यसको डिपीआर र डिजाईनको काम भइरहेको आयोजनाले जनाएको छ। त्यसलगत्तै टेण्डर प्रक्रिया सुरु हुने अध्यक्ष बरालले जानकारी दिए। यदि काम सरासर भएमा यही आर्थिक वर्षमा हालको भन्दा तेब्बर पानी ल्याउन सकिनेगरी पाईप विस्तारको कामसमेत भइसक्ने उनको भनाइ छ।

२०५५ सालमा स्थापना भएको लेखनाथ खानेपानीले ‘मुहानदेखि मुखसम्म शुद्ध पानी, हामी उपभोक्ताको सरोकार र निगरानी’ भन्ने मुख्य नारासहित लेखनाथ क्षेत्रका झण्डै डेढ लाख मानिसलाई पानी वितरण गर्ने गरेको छ। लेखनाथ खानेपानीले सबैभन्दा शुद्ध पिउने पानी वितरण गर्दै आएको आयोजनाका सचिव मुरारी शर्माले जानकारी दिए।

लेखनाथ सहरी खानेपानी आयोजनालाई नेपाल सरकारले उत्कृष्ट ठहर्‍याउँदै २ पटक पुरस्कृत गरिसकेको छ भने दक्षिण एसियाकै उत्कृष्ट ब्यवस्थापनमा सञ्चालित भई सेवा दिइरहेको भन्दै साउथ प्यासिफिक वाटर म्यानेजमेन्टलेसमेत पुरस्कृत गरेको आयोजनाकी कोषाध्यक्ष नारायणी भट्टराई (रक्षा)ले जानकारी दिइन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
१ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
यो पनि पढौँ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस