विष्णु पोखरेल, काठमाडौँ, वैशाख ३ - सुनको भाउ आज फेरि घटेको छ। हिजो प्रति तोला ३ हजार ३ सयले घटेको सुन आज पनि ३ हजारले घटेको हो। भाउ घटेर अहिले प्रति तोला साढे ४९ हजारमा आएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य तीब्र रुपमा ओरालो लाग्न थालेपछि यहाँ पनि सुनको भाउ घट्न थालेको हो। अन्तर्राष्ट्रिय बजारमा प्रति औँस १३६५ अमेरिकी डलर हुँदा यहाँका व्यवसायीले आजको भाउ तोकेका हुन्। हिजोको भाउ १४५० डलर थियो। अन्तर्राष्ट्रिय बजारमा भाउ अझै घट्ने क्रममा छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण नेपालमा पनि सुन सस्तिएको बताए। उनका अनुसार सोमबार नेपाली बजारमा सुन तोलाको ५२ हजार ५ सय रुपैयाँमा कारोबार भयो। यसअघि गत शुक्रबार तोलाको ५५ हजार ८ सय रुपैयाँ थियो। शनि र आइतबार विदा परेकाले बजारमा सुन कारोबार भएको थिएन। बिदाका दिनमा कारोबार नहुने भएकाले महासंघले भाउ तोक्ने गरेको छैन।
गत वर्ष वैशाख २ गते नेपाली बजारमा सुनको भाउ ५४ हजार १ सय रुपैयाँ तोला कायम भएको थियो। गत माघमा सबैभन्दा धेरै सुनको भाउ तोलाको ६१ हजार ८ सय ५० कायम भएको थियो।
किन घट्यो भाउ?
गत सातादेखि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्दै जानुमा मुख्यत तीन कारण रहेको विश्लेषण गरिएको छ। विश्लेषकले पहिलो कारणका रुपमा साइप्रसको आर्थिक संकटलाई लिएका छन्। आर्थिक संकट बेहोरिरहेको मुलुक साइप्रसलाई युरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषले भण्डारमा रहेको सुन बेच्ने सल्लाह दिएका छन्।
साइप्रसले आर्थिक संकटबाट पार पाउन करिब ४० करोड युरो बराबरको सुन बेच्ने समाचार सार्वजनिक भएको छ। यसले गर्दा सुनको भाउ सस्तिएको विश्लेषक बताउँछन्। साइप्रसले सुन बेचेपछि बजारमा सुन प्रशस्त हुने आँकलन लगानीकर्ताले गरेका छन्। यसले सुनका लगानीकर्ताले पनि अन्तार्राष्ट्रिय बजारमा सुन बिक्री गरिरहेकाले भाउ सस्तिएको अनुमान छ।
यसैगरी अर्को कारणकोरुपमा हालै सार्वजनिक चीनको आर्थिक वृद्धिदरलाई लिइएको छ। यो वर्षको पहिलो चौमासमा चीनको कुल ग्राहस्थ उत्पादन अनुमान गरिएभन्दा कम ७.७ मात्र भएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ। यो गत वर्षको चौथो चौमासको ७.९ प्रतिशतभन्दा कम हो। यसले गर्दा चीनमा सुनको माग घट्ने अनुमान गरिएको छ। यसले गर्दा सुनको भाउ घटेको अनुमान गरिएको छ। चीन र भारत प्रत्यक्षरुपमा सुन धेरै किन्ने मुलुकमा पर्छन्।
यसैगरी अमेरिकी बैंक गोल्डम्यान सासले सुनको भाउ घट्ने प्रक्षेपण गर्दै सुनको बिक्री गरेपछि मूल्यमा गिरावट आएको हो। गोल्डम्यानले भाउ घट्ने प्रक्षेपण गरेर बिक्री गरेपछि अन्य सुन बिक्रेता कम्पनीले पनि सुन बिक्रीलाई तीव्र बनाएकाले त्यसको प्रभाव प्रत्यक्षरुपमा परेको हो।
'अहिले अन्तर्राष्ट्रिय बजारमा घटेको सुनको भाउ स्वभाविक छैन,' नेपाल सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यले भने, 'यसमा केही कमोडिटी कम्पनी र सीमित लगानीकर्ताको चलखेल हुनसक्छ।' उनले सुन बजारमा चलखेल गर्नेहरुले पनि कहिलेकाहीँ सुनको भाउ घटबढ गराउने गरेको बताए। तर, यस्तो उतारचढाव सधै कायम भने रहिरहँदैन।
व्यापारी-उपभोक्ता 'पर्ख र हेर'को अवस्थामा
सुनको भाउ ह्वात्तै घटेपछि नेपाली बजारमा व्यापारी र उपभोक्ता दुवै पर्ख र हेरको अवस्थामा छन्। सुनको भाउ अझै घट्न सक्ने आँकलन गरेर व्यापारीले सुन बेचेका छैनन् भने उपभोक्ताले पनि किनेका छैनन्।
'सोमबार सुनको खासै कारोबार भएन,' नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले भने, 'व्यापारीले महँगोमा किनेको सुन बेच्न चाहेनन्, उपभोक्ताले पनि अझै घट्न सक्ने आशामा किनिहालेका छैनन्।' उनले बैंकहरुले समेत सोमबार सुन बिक्री नगरेको बताए। 'महँगोमा किनेको सुन बैंकहरुले सस्तोमा बिक्री गर्दैनन्,' उनले भने।
महासंघले विवाहको मौसममा सुनको माग दैनिक ३५ किलो हुने गरेको बताउँदै आएको छ। तर, सोमबार औसतभन्दा पनि कम कारोबार भएको शाक्यको दाबी छ। यस्तै अवस्था रहे अझै नेपाली सुन बजारमा केही दिन कारोबार खासै नहुने उनले बताए।