म्याग्दीका होटल व्यवसायीले हिमाल पारीको जिल्ला मुस्ताङको पर्यटकीय क्षेत्र खुलाउन माग गरेका छन्। कोरोनाको त्रासले गत चैतदेखि बन्द मुस्ताङका धार्मिक तथा पर्यटकीय सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द गरेको आरोप लगाए।
झन्डै नौ महिना बन्द भएको होटल व्यवसाय चलायमान बनाउन मुस्ताङमा पर्यटकलाई आवतजावत सहज बनाउनुपर्ने व्यवसायीको माग छ। होटल व्यवसायी संघ म्याग्दीले जिल्ला प्रशासन कार्यालयमा समन्वयका लागि ज्ञापन पत्र बुझाउँदै थप आन्दोलनको वातावरण बनाउन मुस्ताङका सरोकारवाला निकायलाई अनुरोध गरेका छन्।
कोरोनाको कारण देखाउँदै बन्द पर्यटन क्षेत्र खुलाउन होटल व्यवसायीले प्रशासनसँग समन्वयको माग गर्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीलाई ज्ञापनपत्र बुझाएको संघ म्याग्दी अध्यक्ष ताराप्रसाद आचार्य बताए।
‘बाहिरी जिल्लाबाट मुस्ताङ जान रोक लगाइएको छ,’ अध्यक्ष आचार्यले भने, ‘मुस्ताङ बन्द हुदाँ हामी पनि मर्कामा परेका छौं।’ म्याग्दीसँग सीमा जोडिएको मुस्ताङको धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकलाई आवातजावतको व्यवस्था मिलाउन आग्रह गरेका थिए।
बेनी–जोमसोम सडकखण्ड अन्तरगत पर्ने अधिकांश होटलको ठूलो कारोबार मुस्ताङमा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकमा निर्भर रहेको छ।