पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा भारतीय पर्यटकहरुलाई लक्षित गर्दै अंग्रेजी नयाँ वर्षमा फुड फेस्टिबल आयोजना हुन्थ्यो। यसपाली कोभिड-१९ को कारण र नाका पनि बन्द भएकोले नवौं फुड फेस्टिवल हुन सकेन।
अंग्रेजी नयाँ वर्षको स्वागत गर्न विगतमा जस्तो भारतीय पर्यटकहरु पनि आएनन्। तरपनि भेडेटारका पर्यटन व्यवसायीहरु निराश हुनु परेन। भारतीय पर्यटकहरु नआए पनि न्यु इयर इभ र सन् २०२१ को पहिलो दिन आन्तरिक पर्यटकहरुले भेडेटारका होटलहरु भरिभराउ भए। जसले गर्दा भारतीय पर्यटकहरु नआएपनि यहाँका व्यवसायीहरु निराश हुनु नपरेको भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए। ‘कोभिडले गर्दा भारतसँगको नाका बन्द नै छ, त्यसैले यसपाली नयाँ वर्षको स्वागतमा भारतीय पर्यटकहरु आउन पाएनन्,’अध्यक्ष रुम्दालीले भने,‘तरपनि आन्तरिक पर्यटकहरुले नै यहाँको होटलहरु भरिभराउ थियो, त्यसैले निराश हुनु परेन।’
नयाँ वर्षमा मात्र होइन, लकडाउन खुकुलो हुँदै गएपछि पर्यटकीय गन्तव्यहरुमा आन्तरिक पर्यटकहरु घुमफिरमा पुग्न थालेका छन्। लामो समय लकडाउनले घरभित्रै गुम्सिनु परेका मानिसहरु परिवारसहित घुम्न, पिकनिक खाने क्रम सुरु भएकोले कोभिडले थला परेको पर्यटन बिस्तारै लयमा फर्किन थालेको अध्यक्ष रुम्दालीको भनाइ छ। ‘शनिबार र छुट्टी दिनमा घुम्न आउने, पिकनिक खान आउनेहरु आन्तरिक पर्यटकहरु बढ्दै छन्, यसले हामी पर्यटन व्यवसायीहरुलाई राहत मिलेको छ,’उनले भने।
भेडेटारमा धरान, इटहरी, विराटनगरलगायत पूर्वका विभिन्न स्थानबाट मानिसहरु पुग्ने गरेका छन्। होटल एशोसिएन भेडेटारले नाका खुलेपछि र समय अनुकुल भएपछि फुड फेस्टिबल गर्ने निर्णय पनि गरिसकेको जनाएको छ। कोभिडको खोप तयार भइसकेको र मानिसहरुमा त्रास पनि कम हुँदै गएको कारण पर्यटन लयमा फर्किदै गएको एशोसिएशनका पूर्वअध्यक्ष लिलाराज लावतीको भनाइ छ। ‘अब कोरोनालाई मानिसहरुले सामान्यरुपमा लिन थालिसकेका छन्, त्यसैले पर्यटन ट्रयाकमा आउन थालेको छ, तर राजनीतिक परिस्थिति के होला भन्ने मात्र चिन्ता हो,’उनले भने।
यता, धरान १५ बगरकोटका व्यवसायीहरु पनि अंग्रेजी नयाँ वर्षको स्वागतमा आन्तरिक पर्यटकहरुको भिड देखेर उत्साहित भएका छन्। न्यु इयर इभमा बिहीबार मध्यराती १ बजेसम्म बगरकोट खुला गर्न प्रहरी प्रशासनले अनुमति दिएको थियो। राती १ बजेसम्म बगरकोटका होटल, रेष्टुरेष्ट तथा लाउञ्ज एण्ड बारहरु खचाखच थिए। ‘बिहीबार र शुक्रबार नयाँ वर्षको दिन बगरकोटमा खुट्टा राख्ने ठाउँ भएन, कोरोनाले मारमा परेका हामी धेरै उत्साहित भयौं,’बगरकोट व्यवसायी मञ्चका अध्यक्ष जीवन लिम्बुले भने।
नयाँ वर्षको पहिलो दिन(शुक्रबार) भने प्रहरी प्रशासनले राती १० बजेसम्म मात्र बगरकोट खेला गर्न दिएको थियो। तर, पाहुनाहरु राती अबेरसम्म खानपिन र मनोरञ्जन गर्न चाहेपनि नपाएको उनले बताए। ‘यो दुई दिनको कार्यक्रमले पनि बगरकोटलाई नाइट मार्केट बनाउनुपर्ने देखियो, यसतर्फ स्थानीय सरकार, प्रहरी प्रशासनले यो विषयमा ध्यान दिनुपर्छ,’उनले भने।