पुँजीगत लाभकर छली आशंकामा छानबिन
२१ पौष २०७७
•
४ मिनेट पाठ
पुँजीगत लाभकर छली आशंकामा छानबिन
राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले स्वामित्व बिक्री गर्दा पुँजीगत लाभकर छली भएको आशंकामा छानबिन सुरु गरेको छ। विभागले बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयर बिक्री गर्दा पुँजीगत लाभकर छली गरेको सूचनाका आधारमा हालै कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। बोटलर्स नेपाल कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो। यो अमेरिकी कम्पनी हो।




बोटलर्स नेपालमा तीन पक्षीय लगानी छ। कुल सेयरमा ७६.१७ प्रतिशत सेयर दुवईमा दर्ता भएको सप्को एसिया कम्पनीको छ। कम्पनीमा २२ प्रतिशत सेयर गोर्खा बु्रअरीको छ भने १.८४ प्रतिशत सेयर सर्वसाधारणको छ। यसमध्ये ७६.१७ प्रतिशत विदेशी लगानीको सेयर किनबेच हुँदा लाभकर छली भएको आशंका विभागको छ। विभागका अनुसार अहिले सप्को एसियाले आफ्नो सेयर कोकाकोला साउथ वेस्टलाई बिक्री गरेको छ। सप्कोको स्वामित्व हस्तान्तरण हुँदा पुँजीगत लाभकर छली भएको सूचना पाएपछि विभागले अनुसन्धान थालेको हो। नेपालमा दर्ता भएको कुनै पनि स्वदेशी वा विदेशी कम्पनीको सेयर बिक्री हुँदा लाभ प्राप्त भए त्यसमा लाभकर तिर्नुपर्ने कानुनी व्यवस्था छ। केही वर्षअघि एनसेलको सेयर विदेशमा बिक्री हुँदा पनि लाभकर लाग्ने/नलाग्ने विषयमा विवाद भएपछि अन्त्यमा लाभकर तिर्नुपर्ने गरी मिलेको थियो।

विभागका महानिर्देशक दीर्घराज मैनालीले बोटलर्स नेपालको सेयर बिक्रीमा पुँजीगत लाभकर छली भएको आशंकामा अनुसन्धान अघि बढाएको जानकारी दिए। ‘बोटलर्स नेपालमा सप्को एसियाको सेयर बिक्री विषयमा छानबिन अघि बढाएका छौं,’ मैनालीले भने, ‘लाभकर छली भए/नभएको र छली भएको भए रकमसहित विस्तृत विवरण छानबिनपछि मात्र पत्ता लाग्नेछ।’ अनुसन्धानको विषय भएकाले अहिले नै धेरै बताउन नमिल्ने मैनालीले बताए।

विभागले अहिले बोटलर्स नेपालका लेखा प्रमुख अशोक मण्डललाई तारिखमा राखेको छ। अहिलेसम्म सप्को एसिया कम्पनीमार्फत साउथ अफ्रिकन कम्पनी गुत्से परिवारले नेपाल बोटलर्समा लगानी गरेको थियो। अहिले उक्त सेयर सप्को एसिया कम्पनीले दि कोकाकोला साउथ वेस्टलाई बिक्री गरेर गुत्से परिवार कम्पनीबाट बाहिरिएको छ। यसैमा पुँजीगत लाभकर छली भएको आशंका विभागको छ।

यो कम्पनी नेपाल स्टक एक्सचेन्जमा पनि सूचीकृत छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको सोमबार बजार मूल्य कुल १४ अर्ब ७१ करोड २९ लाख ८२ हजार दुई सय १० रूपैयाँ रहेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको चुक्ता पुँजी १९ करोड ४८ लाख ८८ हजार सात सय रूपैयाँ र बोटलर्स नेपाल (तराई) भरतपुरको चुक्ता पुँजी १२ करोड १० लाख रूपैयाँ छ। नेप्सेका अनुसार सोमबार बोटलर्स नेपाल (बालाजु) को प्रतिकित्ता सेयर मूल्य १८ सय ३० र बोटलर्स नेपाल (तराई) को प्रतिकित्ता सेयर मूल्य नौ हजार दुई सय १२ रूपैयाँ रहेको छ। सोमबारको बजारमूल्य अनुसार बोटलर्स नेपाल (बालाजु) को सेयर पुँजी तीन अर्ब ५६ करोड ६४ लाख ३२ हजार रूपैयाँ र बोटलर्स नेपाल (तराई) को सेयर पुँजी ११ अर्ब १४ करोड ६५ लाख २० हजार रूपैयाँ रहेको छ। बोटलर्स नेपाल (तराई) मा बोटलर्स नेपाल (बालाजु) को लगानी करिब ९० प्रतिशत छ।

बोटलर्स नेपाल कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता छ। सप्को एसियाले सेयरबिक्री गरेको जानकारी कम्पनी रजिस्ट्रार कार्यालयलाई दिएको छैन। बोटलर्स नेपालमा सप्को एसियामार्फत लगानी गरेको गुत्से परिवारले २०७१ सालमा सेयरबिक्री गरेको थियो। सरकारले करिब ६ वर्षपछि थाहा पाएर अनुसन्धान अघि बढाएको हो। ‘बोटलर्सका बोर्ड अफ डाइरेक्टर परिवर्तन भएपछि बिक्री गरेको थाहा भयो,’ विभागका एक उच्च अधिकारीले भने, ‘त्यसपछि अनुसन्धान गर्दा सेयर स्वामित्व बिक्री गरेको पाइयो।’  

कम्पनीले स्वामित्व परिवर्तन गर्दा कम्पनी रजिस्टारको कार्यालयलाई जानकारी दिनुपर्ने भए पनि त्यसो नगरी कारोबार गरेको विभाग स्रोतले बतायो। दुबईमा दर्ता भएको कम्पनीमार्फत लगानी भएकाले विदेशमा नै सेयर बिक्री गर्दा नेपालको सरकारी निकायलाई जानकारी दिएन। विदेशमा दर्ता भएको कम्पनी भए पनि नेपालको कम्पनीमा गरिएको लगानीको स्वामित्व परिवर्तन गर्दा नाफाको २५ प्रतिशत पुँजीगत लाभकर तिनुपर्ने कानुनी व्यवस्था छ।

प्रारम्भिक अनुसन्धानमा करिब चार अर्ब रूपैयाँ पुँजीगत लाभकर छली गरेको विभागको अनुमान छ। खरिदबिक्रीमा भएको नाफामा पुँजीगत लाभकर निर्धारण गरिन्छ। बोटलर्स नेपालको सेयर कारोबार सप्को एसियाको दुबईमा भए पनि नेपालको कानुनअनुसार नेपालमा दर्ता भएको कम्पनीमा लगानी गरेर बिक्री गरेकाले पुँजीगत लाभकर तिर्नुपर्ने विभागको तर्क छ। यस्तै सेयर खरिदबिक्री विवादमा एनसेलले पुँजीगत लाभकर तिरेको छ। यसका आधारमा बोटलर्सको सेयर किनबेचमा नेपालमा पुँजीगत लाभकर तिर्नुपर्ने विभागको तर्क छ।
अर्को समाचार
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता
०८ असोज २०८०
•
१ मिनेट पाठ
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच सम्झौता
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) लिमिटेडबीच च्यानल फाइनान्सिङ कार्यक्रम सम्बन्धी सम्झौता सम्पन्न भएको छ।




उक्त सम्झौता कार्यान्वयन गर्न बैंक र बोटलर्स नेपाल लिमिटेड तथा बोटलर्स नेपाल (तराई­) लिमिटेडले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

सम्झौता अनुसार बैंकले बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का उत्पादनहरू खरिद गर्न आधिकारिक डिष्ट्रिब्युटर्सलाई आवश्यक चालु पुँजी प्रदान गर्न च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्नेछ। साथै बोटलर्स नेपाल तथा बोटलर्स नेपाल (तराई) का आधिकारिक डिष्ट्रिब्युटर्सहरूले बैंकको जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कार्यक्रमअन्तर्गत कर्जा सुविधा प्राप्त गर्नेछन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस