फुडमाण्डूले पोखरामा पनि सेवा बिस्तार गरेको छ । पत्रकार भेटघाट गरी पोखरामा सेवा शुभारम्भ भएको जानकारी दिएको हो ।
सो अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले फुडमाण्डूको पोखराको सेवाको शुभारम्भ गरेका थिए ।
काठमाडौंमा नियमित सेवा दिदै आएको फुडमाण्डूले उपत्यकाबाहिर पहिलोपटक पोखरामा सेवा बिस्तार गरेको फुडमाण्डूका सेल्स एण्ड मार्केटिङ चिफ श्यामरत्न मालीले जानकारी दिए । सन् २०२० मै सेवा बिस्तार गर्ने योजना भएपनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका केही ढिला भएको उनले बताए ।
फुडमाण्डूले पोखराका सबै क्षेत्रमा खानेकुरा अनलाईन मार्फत घरमा नै उपलब्ध गराउने जनाएको छ । आफै खाना उत्पादन नगर्ने फुडमाण्डूले पोखराका विभिन्न ३० वटा रेष्टुरेण्टका परिकारहरु ग्राहकले भनेको ठाउँमा डेलिभरी गर्ने मालीले बताए । उनका अनुसार ग्राहकले चाहेको रेष्टुरेण्टको चाहेको परिकार घरमै पु¥याईन्छ । शुरुवातमा ३० वटा रेष्टुरेण्टसँग सम्झौता भएपनि पछि आवश्यकता अनुसार थप्दै लगिने उनले बताए ।
फुडमाण्डूले सेवा शुभारम्भ गरेको अवसरमा जनवरी महिनाभर ३० प्रतिशत छुट दिने घोषणा गरेको छ । फुडमाण्डूका संस्थापक मनोहर अधिकारीले पोखरापछि देशका अन्य प्रमुख सहरमा पनि सेवा बिस्तार गर्दै लगिने बताए ।