काठमाडौं- विभिन्न होटल तथा रिसोर्ट सञ्चालन गरिरहेको एस होटल्स एन्ड रिसोर्ट ग्रुपले राजधानीको लाजिम्पाटमा नयाँ तीनतारे होटल निर्माण सुरु गरेको छ। ग्रुपले यो होटलमा २५ करोड रुपैयाँ लगानी गर्नेछ।
राजधानीको सडक विस्तारक्रममा होटल एम्बेसडरको केही भाग भत्किएपछि ग्रुप व्यवस्थापनले होटल पूरै भत्काएर खाली रहेको जग्गामा नयाँ तीनतारे होटल निर्माण अगाडि बढाएको हो। नयाँको नाम पनि एम्बेसडर नै रहने छ।
'एम्बेसडर रहेकै जग्गामा आठ तले नयाँ तीनतारे डिलक्स होटल निर्माण सुरु गरेका छौं,,' एस होटल्स ग्रुपका कार्यकारी अध्यक्ष योगेन्द्र शाक्यले शनिबार नागरिकसँग भने, 'सकेसम्म चाँडो निर्माण सक्ने लक्ष्य छ।'
निर्माण कार्य सुरु भएको दुईदेखि साढे दुई वर्षभित्र होटल पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको शाक्यले जानकारी दिए। सन् २०१५ मार्चदेखि जुनभित्र नयाँ होटल एम्बेसडर सञ्चालनमा आउने उनले बताए।
होटल एम्बेसडर ३५ वर्षअघि स्थापना भएको थियो। सुरुमा होटलले चार रोपनी क्षेत्रफल ओगटेको थियो। सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीयको नेपाल भ्रमणक्रममा एक पटक र १९७६ मा पनि उनी नै आउँदा सडक विस्तार भन्दै सरकारले एम्बेसडर परिसर लिएको थियो।
पछिल्लोपटक फेरि सडक विस्तारक्रममा होटल परिसर र भवनको केही भाग पनि भत्काउन परेपछि व्यवस्थापनले नयाँ नै बनाउने निर्णय गरेको शाक्यले बताए। यसपालि भने होटलको आठ आना क्षेत्रफल सडकमा परेको छ। अब दुई रोपनी क्षेत्रफलमात्र बाँकी छ। होटल भत्काएपछि कर्मचारीलाई राजधानीको छाउनीमा स्थानान्तरण गरिएको छ।
अहिले एम्बेसडर होटलले आफ्ना पाहुनालाई त्यहीँबाट सेवा दिइरहेको छ। छाउनीको होटललाई 'एम्बेसडर छाउनी अपार्टमेन्ट होटल' नाम दिइएको छ। करिब दुई महिनादेखि सञ्चालनमा आएको यो होटल मुलुककै पहिलो अपार्टमेन्ट होटल भएको सञ्चालक एस होटल्स ग्रुपले दाबी गरेको छ। यसमा ग्रुपले ७ करोड रुपैयाँ लगानी गरेको छ।
शाक्यका अनुसार नयाँ बन्ने एम्बेसडर होटलको पहिलो र दोस्रो तलामा सपिङ कम्प्लेक्स हुनेछ भने बाँकी सबै तला होटलका लागि उपयोग गरिने छ। होटलका सबै कोठा डिलक्स हुनेछन्। सबै कोठाका झ्याल 'साउन्ड प्रुफ' हुनेछन्।
'लाजिम्पाट लगभग सहरको मध्यभागमा रहेकाले सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जान–आउन तथा ठमेल, दरबारमार्गलगायत पर्यटन केन्द्र पनि नजिक भएकाले पर्यटकलाई सहज हुन्छ,' उनले भने, 'लाजिम्पाटमै होटल बनाउनुको अर्को कारण त्यहाँ विभिन्न दूतावास तथा विदेशी कम्पनीका कार्यालय पनि भएर हो। त्यसमाथि नेपाल आउन चाहने साहसिक पर्यटकलाई पनि हामीले लक्ष्य गरेका छौं।'
उनका अनुसार एम्बेसडर भत्काउनुअघि त्यसमा ४२ कोठा सञ्चालनमा थिए। अहिले निर्माण भइरहेको नयाँ होटलमा भने ५० देखि ७५ कोठा राख्ने योजना छ। 'होटलका कोठाको भाडा दर पनि सबैखाले पर्यटकलाई सरल हुने खालको राख्छौं,' उनले भने, 'यो नै हामीले सञ्चालन गरिरहेका होटलहरूका विशेषता हुन्।'
नयाँ बन्ने एम्बेसडरका प्रतिकोठा प्रतिरात ५० देखि ७५ अमेरिकी डलरमा बिक्री गर्ने जानकारी शाक्यले दिए। १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) बाहेकको यो भाडामा ब्रेकफास्ट पनि समेटिएको हुन्छ।
'हाम्रो सेवा गुणस्तरीय हुन्छ,' उनले भने, 'हामी 'स्टार' भन्दा पनि सेवा र गुणस्तरमा बढी ध्यान दिन्छौं र यसैअनुसारको हाम्रो कामलाई पर्यटकले बढी रुचाएको अनुभव समेटेका छौं।'
शाक्यको एस होटल्स एन्ड रिसोर्ट्स ग्रुपले हाल देशका विभिन्न भागमा होटलहरू सफल रूपमा सञ्चालन गर्दै आएको छ। यसले हाल राजधानीको छाउनीमा एम्बेसडर, कमलादीमा मार्कोपोलो बिजनेस, भक्तपुर नगरकोटमा क्लब हिमालय र द टी हाउस इन तथा पोखरामा ट्रेक–ओ–टेल होटल सञ्चालन गरिरहेको छ। तीमध्ये मार्कोपोलो तीनतारे होटल हो भने क्लब हिमालय रिसोर्ट हो।
होटल उद्योगमा लगानी गर्दा जोखिम बढी हुने दसकौं लामो अनुभव शाक्यसँग छ। 'होटलको लगानी दीर्घकालीन हुन्छ,' उनले भने, 'कुल लगानीको आठदेखि दस प्रतिशत फिर्ता आए खुसी मान्नुपर्छ। तर, अहिले होटलमा लगानी बढिरहेको भए पनि सोचेजति पर्यटक भने बढ्न सकेका छैनन्।'
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई अविलम्ब नयाँ जहाज र नेपाल पर्यटन बोर्डको पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम थप प्रभावकारी नभएसम्म सरकारले २० लाख पर्यटक ल्याउन घोषणा गरेको 'भिजन ट्वान्टी–ट्वान्टी' अभियान सफल नहुने उनको भनाइ छ। यही अभियान हेरेर व्यवसायीले होटल क्षेत्रमा लगानी बढाएको उनले बताए।