जुम्ली स्याउका विरुवा निर्यात सुरु
०१ माघ २०७७
•
२ मिनेट पाठ
जुम्ली स्याउका विरुवा निर्यात सुरु
जुम्लाका किसानले उत्पादन गरेका स्याउका विरुवा जिल्लाबाहिर निर्यात हुन सुरु भएको छ। जिल्ला बाहिरका किसान जुम्ली स्याउको विरुवा लिन नर्सरीमै पुग्ने गरेका छन्। यो वर्षमा पहिलो पटक दाङ जिल्लामा स्याउ विरुवा निर्यात भएको हो।  




यहाँका एकैजना किसानले ६ हजार विरुवा बेचेका हुन्। सिँजाका किसान हंस कठायतले ६ हजार विरुवा बेचेको युवा किसान गोपाल रोकायाले बताए। विरुवा लिन कृषि कार्यालय दाङको टोली गाडी लिएर जुम्ला पुगेको थियो। रोकायाले भने,‘नर्सरीबाटै ६ हजार विरुवा दुई गाडीमा लोड गरेर लियोे। किसानले सबै विरुवाको नगद नर्सरीमै पाए। निकै उत्साहित बने। किसानका लागि यो राम्रो पक्ष हो। ’ रेड, रोयल र गोल्डेन जातको स्याउ जिल्ला बाहिर निर्यात भएको हो।

स्याउका विरुवा रोप्ने सिजन आउन बाँकी भएपनि तातो हावापानी भएको जिल्लामा स्याउ रोप्न थालिएको हो। नर्सरीमै ४० रुपैयाँ प्रतिविरुवा बेचेको किसान बताउँछन्। फाटफुट किन्दा प्रति विरुवा ५० रुपैयाँ पर्छ। स्याउ जुम्लाको पहिचान हो। निरोगी विरुवा उत्पादन गरेर जिल्ला बाहिर पठाउन किसान उत्साहित छन्। अर्गानिक मलखाद्य प्रयोग गरेर हुर्केका स्याउका विरुवा किन्न ब्यापरी गाउँमै पुग्छन्।  

स्याउका विरुवा जिल्ला बाहिर निर्यात गर्नको लागि यहाँका किसान संगठिन हुने गोपाल रोकायाले बताए। जिल्ला बाहिरबाट आएको माग अनुसार सबै किसानले सल्लाह गरेर एकै पटक निर्यात गर्ने वातावरणका लागि पहल भइरहेको छ। यो कार्यका लागि जिल्ला कृषि विकास कार्यालय सकरात्मक छ। हरेक वर्ष जुम्लादेखि स्याउका विरुवा निर्यात हुने गरेको छ। यहाँको विरुवा तत्कालिन कर्णालीका पाँच जिल्ला, बझांङ, बाजुरा, दैलेख, सोलुखुम्बु, ताप्लेजुंङ, डोटी र जाजरकोटसम्म निर्यात हुन्छ। चिसो हावापानीमा निरोगी विरुवा पाइने भएकोले सबै किसानको ध्यान जुम्लामा केन्द्रित हुने गरेको किसान बताउँछन्।  

हाल जुम्लामा स्याउ नर्सरी ११० छन। तर  ७५ नर्सरी धनीले सक्रिय रुपमा विरुवा उमारिरहेका छन्। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा जुम्लामा साढे पाँच लाख विरुवा रहेको बताउँछन्। उनले भने,‘ जिल्ला बाहिर पठाउने तर्खरमा छौँ। गत वर्ष जस्तो माग आएको छैन। किसान चिन्तित छन्। तर स्याउ लगाउने सिजन सुरु भएकोले विरुवा बिक्री हुने अपेक्षा गरिएको छ। ’

यो पटक सोचे जस्तो गरेर हिउँ परेन। खाल्डा खन्न गाह्रो हुन्छ। फागुन पहिलो सातासम्म स्याउ लगाउन मिल्ने भएकोले माग आउने अपेक्षा गरिएको छ। हाल जिल्लाको सिँजा क्षेत्र र गुठिचौर क्षेत्रतीरबाट स्याउ निर्यात भइरहेको जानकारी भएको प्रमुख देवकोटा बताउँछन्। स्याउका विरुवा यहाँका किसानको प्रमुख आमदानीको स्रोत हुन्। यहाँ ३८ सय हेक्टरमा स्याउ रोपिएकोमा १५ सय हेक्टरको स्याउले फल दिन्छ।
अर्को समाचार
जुम्ली स्याउलाई बजारीकरणको अभाव
२९ मंसिर २०७९
•
२ मिनेट पाठ
जुम्ली स्याउलाई बजारीकरणको अभाव
बजारीकरण नहुँदा जुम्ली स्याउले उचित मूल्य पाउन सकेको छैन। अधिकांश स्याउ किसानले भदौ, असोज महिनामै बजारमा स्याउ बिक्रीका लागि लिने गरेका छन्। केही किसानले उचित मूल्य पाइने आशामा मङ्सिर र पुससम्म पनि स्याउ भण्डारण गरी राख्ने गरेका छन्।  




सिञ्जा गाउँपालिका–५ का रामसिंह रावलले दसैँमा नेपालगञ्ज लैजान टिपेर कार्टुनमा रााखेका स्याउ ढुवानी गर्ने गाडी नपाउँदा बिक्री गर्न पाएका छैनन्। उनले भने, ‘वर्षाले कर्णाली राजमार्ग बन्द भएपछि जुम्ला बजार ल्याउँदा पनि स्याउ बिक्री हुन सकेन।’ बजारीकरण गर्न नसक्दा नोक्सान बेहोर्नुपरेको रावलको भनाइ छ।  

जुम्ला विमानस्थलमा स्याउ बेच्न आएकी गेठीचौर गाउँपालिका–३ की उमादेवी अधिकारी बिक्री नहुँदा समस्या भएको बताउँछिन्। उनले भनिन्, ‘स्याउ खरिद गर्नेको सङ्ख्या कम छ। घरबाट दुई घण्टा हिँडेर बजारमा स्याउ ल्याए पनि बिक्री नहुँदा फेरि भारी बाकेर फर्किन निकै कठिन हुन्छ।’  

स्याउ उत्पादन बढ्यो

जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ। जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जानकारी दिए। गत आवमा १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको थियो।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन्। हाल उत्पादित १८ हजार मेट्रिक टनमध्ये नौ हजार मेट्रिक टन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। यसअघि व्यवसायीले प्रतिकिलो ५० देखि  ५५ रुपैयाँमा स्याउ खरिद गरी ६७ देखि ७० रुपैयाँमा बिक्री गर्दै आएका थिए। तर अहिले किसान त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएको चन्दननाथ नगरपालिका–८ का स्याउ व्यापारी धर्मसिंह कठायतले बताए।  

जुम्लाको अर्गानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुगे पनि जुम्लीले उचित बजार मूल्य नपाएको यहाँका स्याउ किसानको गुनासो रहेको छ। ‘मैले प्रतिकिलो ५० रुपैयाँमा स्याउ किनेर ढुवानी खर्चसहित ६० रुपैयाँमा नेपालगञ्ज पुर्‍याए। तर प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्न बाध्य भएँ।' कोहलपुरमा शीतभण्डार नहुँदा स्याउ सस्तो बेच्नुपर्ने बाध्यता आइलागेको कठायतको भनाइ छ।रासस
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस