कैलालीमा हुलाकी राजमार्ग निर्माणको काम सम्पन्न नहुँदै मर्मत थालिएको छ। हुलाकी सडक आयोजना धनगढीले भने सडक मर्मत नभई स्तरोन्नती भैरहेको बताएको छ।
आयोजनाले धनगढी–भजनी–सत्तीतर्फ ६२ किलोमिटरमा ४ र लम्की–टीकापुर–खक्रौलातर्फ २९ दशमलव ७ किलोमिटरमा ३ प्याकेजमा सडक स्तरोन्नतीको काम सुरु गरेको छ। आयोजनाका इन्जिनियर पदम मडैले असारमा निर्माण पक्षसँग सम्झौता भई काम भैरहेको जानकारी दिए।
उनले आगामी दुई वर्ष भित्र सडक स्तरोन्नतीको काम सम्पन्न हुने बताए। उनका अनुसार यसअघिको भन्दा सडक फराकिलो र स्तरीय हुनेछ। यसअघि पौने ४ मिटर चौडाइ रहेको सडक स्तरोन्नती पछि ७ मिटर कालोपत्रे र दायाँबायाँ २ दशमलव ५ मिटर ग्राभेल हुने बताईएको छ।
लम्की–टीकापुर–खक्रौलाको २९ दशमलव ७ किलोमिटरका लागि १ अरब २० करोड र धनगढी–भजनी–सत्ती खण्डको लागि डेढ अरब रकम लागत अनुमान गरिएको छ।
‘यो सबै रकम नेपाल सरकारले नै खर्च गरिरहेको छ’ उनले भने–‘यसअघि हुलाकी सडक भारत सरकारको लगानीमा निर्माण भएको थियो।’
भारत सरकारको लगानीमा हुलाकी सडकको काम पूरा हुन सकेको थिएन। भारतीय कम्पनी जिआर गाभरले तीन वर्षअघि सडकको अधिकांश भाग निर्माण गरेको थियो। त्यो सडक तीनवर्षमै जीर्ण बनेपछि नेपाल सरकारले स्तरोन्नतीको काम थालेको हो।
पश्चिम तराईलाई पूर्वी तराईसम्म सहज रुपमा जोड्ने उद्देश्यका साथ शुरु गरिएको हुलाकी राजमार्गको स्तरोन्नतीको काम सुरु हुनुले यस क्षेत्रको आर्थिक क्रियाकलापमा बढोत्तरी हुने टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए ।
‘पूर्व पश्चिमसम्म सहज रुपमा यातायात सञ्चालन हुँदा निश्चित रुपमा आर्थिक गतिविधि बढ्ने नै भयो’ उनले भने ‘यसले यहाँका बासिन्दाको जीवनस्तर उकास्ने छ।’
पहिलो चरणमै सम्पन्न गर्नुपर्ने धनगढी–भजनी सडकखण्डमा पर्ने तीन किलोमिटर सडक र कान्द्रा नदीको पुल निर्माण अझै अलपत्र छ। हुलाकी राजमार्ग अन्र्तगत बसन्ता वन क्षेत्रको २ किलोमिटरमा रुख कटानी हुन नसकेका कारण पहिलो चरणमा सडक निर्माण हुन सकेन।
२०७२ सालमै रुख काट्नका लागि भोगाधिकार पाएको भएपनि जैविक मार्गका कारण २ किलोमिटरको रुख काट्ने कुरा अझै टुङ्गिएको छैन। सोही भोगाधिकारका आधारमा करिव ८ किलोमिटरमा रहेको रुख भने यसअघि काटिएको इन्जिनियर मडैले बताए।
वन मन्त्रालयले सडक निर्माणको काम रुख काट्न नपर्ने गरी विकल्प खोज्न भनेको छ। आयोजनाले भने कुनै विकल्प नभएको भन्दै रुख काट्नै पर्ने जिकिर गर्दै आएको छ। सो क्षेत्र जंगली जनावर ओहोरदोहोर गर्ने जैविक मार्ग हो। यो भूभाग भारतको दुदुवा नेशनल पार्कसँग जोडिएको छ। जहाँबाट जंगली जनावर नेपालको बसन्ता कोरिडोरतर्फ ओहोरदोहोर गर्ने गरेको पाइन्छ।
त्यस्तै लालबोझीमा पर्ने एक किलोमिटर क्षेत्रमा भने कान्द्रा नदीले सडक कटान गरेपछि निर्माण कार्य अवरुद्ध भएको छ। सोही नदीमा बन्न लागेको पुल समेत अझै निर्माण सम्पन्न हुन सकेको छैन। निर्माण पक्षको ढिलासुस्तीका कारण पुल निर्माणको काम अलपत्र परेको स्थानीयको आरोप छ।