व्यापार सहजीकरणका लागि भन्सार र सीमा नाकाका पूर्वाधारमा ध्यान दिनुपर्ने सुझाव उद्यमी व्यवसायीले दिएका छन्। अहिले रेलमा आधारित सुक्खा बन्दरगाह वीरगन्जको मात्रै भएकाले विराटनगर, भैरहवा लगायतमा पनि रेलमा आधारित आइसिडी विस्तारमा ध्यान दिनुपर्ने सुझाव उनीहरूको छ। नेपाल उद्योग वाणिज्य महासंघद्वारा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उद्यमी, व्यवसायीले विराटनगर र भैरहवा निक्कै गतिशील नाका भएर आएकाले रेलमा आधारित आइसिडीको विस्तारमा ध्यान दिनु जरुरी भएको धारणा राखे।
नेपाल–भारत सीमामा बन्दै गरेका आइसिपीहरू तत्काल पूरा गर्न जोड दिँदै कार्यक्रममा सहभागी उद्यमी, व्यवसायीले भने, ‘यसले पनि व्यापार सहजीकरणका साथै लागत घटाउँछ। भौतिक पूर्वाधारमात्र नभई अन्य सुविधा र प्रविधिको प्रयोग बढाउनु आवश्यक छ।’अर्थ मन्त्रालयका सचिव (राजस्व), भन्सार विभागका महानिर्देशक र अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न निकायका पदाधिकारी सहभागी कार्यक्रममा उद्यमी, व्यवसायीले नेपाल भारत सीमामा बन्दै गरेका आइसिपीहरूको निर्माण तत्काल सक्नुपर्ने र नेपाल–भारतबीचको खुला सीमाका कारण हुने अनधिकृत व्यापार रोक्नेतर्फ ध्यान जानुपर्नेमा जोड दिँदै भन्सार प्रशासनले यसको नेतृत्व लिनुपर्ने सुझाए। भन्सारमा हुने सम्पूर्ण भुक्तानी विद्युतीय माध्यमबाट हुनुपर्नेमा पनि उनीहरूको जोड थियो।
महासंघ अध्यक्ष शेखर गोल्छाले भन्सारका मुख्य विषय भन्सार मूल्यांकन र वर्गीकरणको भएको बताउँदै दुर्व यथार्थपरक हुनुपर्नेमा जोड दिए। ‘यसमा सरकारको राजस्व पनि नगुमोस् र पैठारीकर्तालाई पनि भन्सार मूल्यांकन बढी भयो र वर्गीकरण फरक भयो भन्ने गुनासो आउने ठाउँ राख्नु भएन,’ गोल्छाले भने। अहिले भन्सारबाट छुटेको सामान राजस्व अनुसन्धान विभागले बाटोमा रोक्ने गरेका घटना छन् भन्दै अध्यक्ष गोल्छाले एउटा विभागले अर्कोलाई विश्वास नगर्ने वातावरण नहोस् भन्ने निजी क्षेत्रको चाहना रहेको स्पष्ट पारे। यसले व्यवसायीलाई त्रसित बनाउनुका साथै समस्या पनि सिर्जना गरेको उनको भनाइ छ।
भन्सारसम्बन्धी विवाद शीघ्र समाधान गर्न एक विवाद समाधान संयन्त्र बनाउनुपर्ने सुझाव उनले दिए। भन्सार लगायत राजस्व नीति निर्माणमा समेत सरकार र निजी क्षेत्रको सहकार्य अपरिहार्य रहेको उनले बताए। भन्सार विभागको अथक प्रयासले लकडाउन र निषेधाज्ञाका बेला पनि सामानको अभाव मात्र होइन भाउ पनि बढन पाएन भन्दै अध्यक्ष गोल्छाले भने, ‘योसँगै यस महामारीका बेला निजी क्षेत्र र सरकारबीच राम्रो समन्वय भयो। गत वर्ष पनि सरकार आफ्नो राजस्वको संशोधित लक्ष्य अनुसार संकलन गर्न सफल भयो।’
भन्सार विभागका महानिर्देशक सुमन दाहालले भन्सार प्रशासनको नियमित सुधारका लागि विभाग क्रियाशील रहेको र फिल्डमा देखिएका समस्या समाधानमा सदैव तयार रहेको बताए। उनले भन्सार विभागमा निकै धेरै सुधार भएको र यो नियमित रहेको पनि स्पष्ट पारे। राजस्व सचिव रामशरण पुडासैनीले हरेक सुधारका अभियानमा सरकारलाई निजी क्षेत्रबाट बलियो सहयोग प्राप्त भएको भन्दै कर राजस्व सुधारमा पनि निजी क्षेत्रको सहयोग आवश्यक भएको बताए। निजी क्षेत्रलाई उद्योग व्यवसाय गर्दा कहाँ समस्या छन् तपाईंहरू स्पष्ट रूपमा भन्नुहोस् सरकार सहयोग गर्न तयार छ,’ सचिव पुडासैनीले भने।