नेपाल आउने विदेशी पर्यटक ८० प्रतिशत घटे
१३ माघ २०७७
•
३ मिनेट पाठ
नेपाल आउने विदेशी पर्यटक ८० प्रतिशत घटे
कोरोना भाइरसका कारण नेपाल आउने पर्यटकको संख्या ८० प्रतिशतले घटेको छ। राष्ट्रिय अभियानको रूपमा आयोजना गरिएको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्रिने अपेक्षा गरिएकोमा २० प्रतिशत मात्रै पर्यटक नेपाल भित्रिएको तथ्यांकले देखाएको छ। सन् २०२० मा एक लाख ८३ हजार एक सय ३० यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेका छन्। सन् २०१९ को ११ महिनामा ३७ लाख ६७ हजार नौ सय १३ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल प्रयोग गरेका थिए। त्यस्तै, सन् २०१८ को सोही अवधिमा ४३ लाख ४२ हजार चार सय ८६ अन्तर्राष्ट्रिय यात्रुले विमानस्थल प्रयोग गरेका थिए ।




पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी नेपाल भित्रिएका छन्। सन् २०१९ मा ११ लाख ७९ हजार एक सय ९१ विदेशी नेपाल आएका थिए, जसमा ३३ देशका नागरिक थिए।सरकारले विभिन्न देशमा नेपाल भ्रमण वर्ष प्रवद्र्धन गर्न करोडौं रकम खर्च गरेको थियो। तर कोभिड–१९ को संक्रमणसंगै देश लकडाउनमा गएपछि नियमित हवाई सेवा बन्द हुँदा विदेशी नेपाल आउन पाएनन्।

गत चैतको पहिलो सातायता विदेशीलाई नेपाल आउन रोक लगाइए पनि सरकारले तामझामका साथ सुरु गरेको नेपाल भ्रमण वर्षको पहिलो र दोस्रो महिनामा समेत सन् २०१९ को भन्दा कम पर्यटक भित्रिएको तथ्यांक छ। नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार उक्त दुई महिनामा यात्रु संख्या घटे पनि हवाई अकुपेन्सी भने ८० प्रतिशत थियो। तथ्यांक अनुसार सन् २०१९ कोे जनवरीमा हवाई र स्थलमार्गबाट ८१ हजार दुई सय ८३ र फेब्रुअरीमा एक लाख २४ हजार २३ विदेशी नेपाल आएका थिए। सन् २०२० को सोही समयमा ७९ हजार सात सय दुई र ९८ हजार दुई सय ९० विदेशी नेपाल आएका छन्। उक्त दुई महिनामा नेपालको प्रत्यक्ष असर नदेखिए पनि चीन लगायत कयौं देशले आफ्ना नागरिकलाई विदेश जान रोक लगाइसकेका थिए।

सरकारी तथ्यांक अनुसार सन् २०१९ मा विश्वका विभिन्न देशबाट ११ लाख ९७ हजार एक सय १९ पर्यटक नेपाल आएका थिए। उक्त संख्यामा सबैभन्दा धेरै भारतीय थिए। सो वर्ष हवाई मार्गबाट नेपाल आउने भारतीय दुई लाख ५४ हजार, चिनियाँ एक लाख ६८ हजार र अमेरिकी ९३ हजार थिए ।

विमानस्थल सञ्चालन समय घट्दै

हाल २१ घन्टा सञ्चालनमा रहेको देशको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घन्टा मात्रै सञ्चालन हुने भएको छ। २०७५ सालको दोस्रो महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा आएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालन खर्च धेरै र उडान संख्या थोरै भएकाले रातको समयमा विमानस्थल बन्द गर्ने तयारी भइरहेको जनाएको छ। कोरोनाका कारण झण्डै सात अर्ब राजस्व गुमाइसकेको भन्दै प्राधिकरणले सञ्चालन घाटा बढ्ने भएका कारण हाललाई केही समय घटाउने तयारी भएको जनाएको छ।

यस विषयमा प्राधिकरण, विमानस्थल कार्यालय र विमान कम्पनीहरूबीच छलफल जारी रहेको स्रोतको भनाइ छ। विमान कम्पनीहरूको असहमतिका कारण निर्णय भने भइसकको छैन। पछिल्लो समय हवाई यात्रीको संख्या न्यून देखिएको, अन्य देशले समेत विमानस्थलको क्षमता घटाएको र संसारका व्यस्त विमानस्थलले समेत सबै टर्मिनलहरू खोली नसकेको अवस्थामा समन्वय गरी उडान समय सारेर सञ्चालन समय घटाउने बारे छलफल भइरहेको प्राधिकरणले जनाएको छ।राति साढे १२ देखि विहान ६ बजेसम्म विमानस्थल बन्द भए हाल उक्त समयमा उडान भर्दैै आएका नेपाल एयरलाइन्सको साताका तीन उडान, जजिराको एक, कतार एयरवेजको एक र कहिलेकहीँ उडान भर्दै आएको एयर अरेबियाको उडान प्रभावित हुनेछ।
अर्को समाचार
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
२७ असार २०८२
•
२ मिनेट पाठ
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौं महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो।  




उक्त केन्द्रको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरीले शुभारम्भ गरे। कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र नभई नेपालकै पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले बागमती प्रदेशले चितवनपछि ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरेको जानकारी दिँदै उक्त केन्द्रबाट पर्यटकले नेपालको पर्यटकीय गतिविधिका बारेमा थाहा पाउने बताए। ठमेलमा सार्वजनिक शौचालय समेत निर्माण गरिने उनले बताए।  

काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले उनीहरूलाई सूचना केन्द्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाको पर्यटकीय गन्तव्यलाई समेटेर ‘ट्राभल बुक’ प्रकाशन गर्न लागेको जानकारी दिए। उनले पर्यटन सूचना केन्द्रलाई प्रविधिसँग जोडेर अगाडि बढ्न प्रदेश सरकार लागिरहेको उल्लेख गरे।  

पर्यटन कार्यालय काठमाडौंका प्रमुख भक्तबहादुर भण्डारी, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष धुव्र अधिकारी, पूर्वअध्यक्ष डा रामशरण थपलिया, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेलगायतले पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकलाई सहज हुने तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए।  

आजदेखि सुरु भएको उक्त सूचना केन्द्रबाट पर्यटकलाई नेपालको पदमार्ग, यातायात, होटल, स्थानीय कला संस्कृतिलगायतका बारेमा जानकारी प्रदान गरिने बागमती प्रदेश पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए। ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (बिमल) धमलाले अन्तरराष्ट्रिय स्तरमा नेपालको पहिचान चिनाउने ठमेललाई व्यवस्थित गर्न परिषद्ले काम गरिरहेको बताए। ठमेल क्षेत्रलाई चलायमान बनाउन आगामी दिनमा प्रदेश सरकारको साथ र सहयोग रहिरहने उनले विश्वास व्यक्त गरे।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस