भन्सारमा नेपाल एकद्वार प्रणाली सुरु
१४ माघ २०७७
•
४ मिनेट पाठ
भन्सारमा नेपाल एकद्वार प्रणाली सुरु
साढे तीन दर्जन निकायले प्रदान गर्दै आएको सेवालाई एकीकृत गर्न भन्सार विभागले नेपाल एकद्वार प्रणाली कार्यान्वयनमा ल्याएको छ। भन्सार दिवसको अवसरमा मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो प्रणाली सुरु गरेका हुन्। आयात–निर्यातसँग सम्बन्धित ४३ निकायका सेवा एकद्वार प्रणालीबाट दिन एउटै प्लेटफर्मका रूपमा यो प्रणाली प्रयोगमा ल्याइएको हो। आयात तथा निर्यात व्यापारलाई सजिलो, सरल, कम झन्झटिलो बनाएर लागत घटाउन यो प्रणाली कार्यान्वनयमा ल्याएको भन्सार विभागले जनाएको छ। यसले विदेशी मुलुकसँगको व्यापारलाई थप सहज र व्यवस्थित बनाउने विश्वास गरिएको छ ।




भन्सारमा हुने न्यून बिजकीकरण र राजस्व चुहावट रोक्न यो प्रणालीले सघाउ पुग्ने अर्थमन्त्री पौडेलले बताए। ‘भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने काम भएको छ,’ पौडेलले भने, ‘यसले भन्सारमा हुने गलत काम नियन्त्रण गर्न पनि सघाउ पुर्‍याउँछ।’एकद्वारमा आयात, निर्यातसँग सम्बन्धित कम्पनी दर्तादेखि, भन्सार क्लियरिङसम्मका सबै काम एउटै प्रणालीबाट हुन्छ। आयात, निर्यातमा ४३ वटा एजेन्सीको सेवालाई एकीकृत गरिएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले जानकारी दिए। सेवा लिनका लागि विभिन्न निकाय धाउनुपर्ने बाध्यता अन्त्य गर्न राष्ट्रिय एकीकृत प्रणाली विकास गरिएको हो। अब व्यवसायीले घरमै बसेर एउटै प्लेटफर्ममार्फत सेवा लिन सक्छन्।  

सूचना प्रविधिमा आधारित यो प्रणालीले भन्सारलाई सुदृढ बनाउने अर्थसचिव शिशिर ढुंगानाले बताए। ‘भन्सारलाई सुदृढ गर्न सरकार लागिपरेको छ,’ ढुंगानाले भने, ‘एकद्वार प्रणालीले भन्सारलाई व्यवस्थित गर्छ।’इन्टरनेटमा आधारित यो प्रणाली लागू भएपछि अन्तर्राष्ट्रिय व्यापार र पारवहनसम्बन्धी सबै पक्षले कार्यालय वा घरबाटै कारोबार गर्न सक्छन्। आयात–निर्यात र पारवहनसँग सम्बन्धित काम गर्ने सेवाग्राही फाइल बोकेर विभिन्न सरकारी कार्यालयमा पुग्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ। व्यापार गर्न सुरुमा कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी दर्तादेखि सामान आयातको भन्सार क्लियरिङसम्मका सबै सेवा एउटै प्रणालीमा जोडेर दिन लागिएको हो। यसले भन्सार प्रक्रियालाई पनि छिटोछरितो बनाउन सघाउँछ।

एकद्वार प्रणालीमा भन्सार विभाग, वाणिज्य विभाग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजस्व कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, औषधी व्यवस्था विभाग, यातायात व्यवस्था, कन्सुलर सेवा, वन तथा भू–संरक्षण, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र लगायत दर्जनौं कार्यालयले दिने सेवा एउटै सिस्टममा जोडिनेछ। सामान आयात गर्न एलसी खोल्ने, जाँचपास गर्ने, क्वारेन्टाइन अनुमति, परीक्षण लागयत काम एकै ठाउँबाट हुन्छ ।

भन्सारमा डिजिटाइजेसन सुरु भएको विभागका महानिर्देशक सुमन दाहालले बताए। ‘वस्तु आपूर्तिमा सहजीकरण हुन्छ,’ उनले भने। यो प्रणालीमा सरकारी निकायले व्यापारसँग सम्बन्धित सबै सेवा अनलाइनबाट दिने व्यवस्था मिलाइएको छ। व्यवसायीले घरकै कम्प्युटरबाट सेवा लिन अनलाइन आवेदन दिन सक्छन्। सरकारी निकायले आफ्नो जिम्मेवारी अनुसारको सेवा अनलाइनबाट नै प्रदान गर्नुपर्छ। त्यसका लागि विभागले आवश्यक सफ्टवेयर तयार गरिरहेको छ। त्यसका लागि विभागले आवश्यक पूर्वाधार तयार गरेको छ। सरकारी ४३ वटा निकाय एउटै प्रणालीमा जोडिने भएकाले ती निकायले आ–आफ्नो जिम्मेवारी अनुसार अनलाइन प्रणालीबाट नै काम गर्नुपर्छ। पहिलो चरणमा २२–२३ वटा निकायलाई जोड्ने विभागको योजना छ।

एकद्वार प्रणाली प्रयोगमा ल्याउन भन्सार विभाग र कृषि मन्त्रालय मातहतका तीन निकायबीच गत साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार एक कार्यक्रम आयोजना गरी भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र र पशु सेवा विभागबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी भएको हो। एकद्वार सेवा प्रयोगका ल्याउनु सकारात्मक भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए। ‘भन्सारले पछिल्लो समय ल्याएका सुविधा अझै सुदृढ गर्नुपर्छ,’ गोल्छाले भने, ‘व्यापार लगात घटाउन सघाउनुपर्छ।’  

अन्तर्राष्ट्रिय व्यापार छिटो छरितो हुने भएकाले डुइङ बिजनेस इन्डिकेटरमा पनि राम्रो हुने विश्वास गरिएको छ। भन्सार कार्यालयलाई व्यवस्थित गर्न विभागले यसअघि नै स्वचालित तथ्यांक प्रणाली (आसिकुडा) प्रयोगमा ल्याएको छ। आसिकुडा प्रयोगमा ल्याएका २४ वटा भन्सार कार्यालयमा यो प्रणाली लागू गर्न लागिएको हो। आसिकुडा वल्र्ड सिस्टम अत्याधुनिक प्रणाली हो। यसमा सबै भन्सार कार्यालयमा हुने कारोबार विभागबाट नै निगरानी गर्न सकिन्छ। सामान आयात, निर्यातको क्रममा जाँचपास गर्दा कुनै शंकास्पद गतिविधि देखिएमा विभागका अधिकारीले तत्काल कागजात चेकजाँच गर्न सक्छन्।

प्रज्ञापनपत्रका आधारमा कुन व्यवसायीले, कुन वस्तु, कति मूल्यमा, कतिखेर जाँचपास गर्‍यो भन्ने सबै विभागबाटै अनुगमन गर्दै आएको छ। आसिकुडा सहित विभागले सबै भन्सार कार्यालयमा आइपी क्यामरा जडान गरेर निगरानी गर्ने गरेको छ। भन्सारमा हुने अवाञ्छित गतिविधि रोक्न विभागले क्लियरिङ सिस्टम वेब बेसमा सञ्चालन गरेको छ।
अर्को समाचार
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
४० मिनेट अघि
•
१ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
काठमाडौँ,  नेपाल बैंकर्स सङ्घले बैंकिङ तथा वित्तीय क्षेत्रको विकास, आधुनिकीकरण र दिगो विकासमा विशिष्ट योगदान पुर्‍याएका सङ्घका पूर्वअध्यक्ष उपेन्द्र पौड्याललाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको छ।




सङ्घको ४०औँ वार्षिक साधारणसभाका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले पौड्याललाई सम्मानपत्र प्रदान गरेका हुन्।

सङ्घले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पौड्यालले नेपाल बैंकर्स सङ्घको अध्यक्ष, नबिल बैंकको अध्यक्ष, एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत तथा ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएबिभी) एसिया प्यासिफिकको क्षेत्रीय प्रतिनिधिका रूपमा रहेर बैंकिङ क्षेत्रमा योगदान पुर्‍याएका छन्।

सन् १९८० को दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा सुरु भएको उदारीकरण प्रक्रियासँगै पौड्यालको व्यावसायिक यात्रा अघि बढेको थियो। परम्परागत बैंकिङ अभ्यासलाई आधुनिक, प्रतिस्पर्धात्मक र प्रविधिमैत्री प्रणालीमा रूपान्तरण गर्न उनीले अनुभव, दक्षता र नेतृत्वमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाे सङ्घले जनाएको छ।

सम्मानपछि पौड्यालले आफ्नो चार दशक लामो बैंकिङ यात्राको उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए।

कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए। सेयर बजार, विदेशी विनिमय, सुधार तथा बैंकिङ सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने उनले बताए।

विदेशी मुद्रा सञ्चिति र बैंकिङ प्रणालीमा तरलता बढेको उल्लेख गर्दै गभर्नर पौडेलले आगामी वर्ष पनि वित्तीय स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे। उनीले बैंकहरूलाई मौद्रिक नीतिअनुसार वित्तीय उत्पादन ल्याउन, कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार गर्न र उद्यमशीलतालाई प्रोत्साहन गर्न आग्रह गरे।

बैंकहरूको लगानी ठूला व्यावसायिक घरानामा मात्र केन्द्रित नभई साना व्यवसायी तथा सर्वसाधारणसम्म पुग्नुपर्नेमा जोड दिँदै उनले आकारमा ठूलो मात्र नभई गुणस्तर र सुशासनका दृष्टिले पनि सक्षम बैंक निर्माण गर्नुपर्ने बताए।

यसैबीच, सङ्घको ४०औँ वार्षिक साधारणसभाले ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। उनी यसअघि सङ्घको उपाध्यक्ष थिए।

साधारणसभाले कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ।

निवर्तमान अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा सरोकारवाला पक्षप्रति कृतज्ञता ज्ञापन गरे।

नवनिर्वाचित अध्यक्ष रेग्मीले बैंकिङ क्षेत्रप्रतिको जनविश्वास अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले कृषि तथा साना र मझौला उद्यममा लगानी विस्तार, वित्तीय स्थिरता र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै सबै सरोकारवालासँग संवाद र सहकार्य गरेर अघि बढ्ने बताए।
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
यो पनि पढौँ
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस