मुलुक संघीय संरचनामा जानुको मुख्य उद्धेश्य सर्वसाधारणलाई चाहिने सेवा, सुविधा आफ्नै गाउँबस्तीमै पुर्याउनु हो। तर मुलुक संघीयतामा गएको पाँच वर्ष भइसक्दा अत्यावश्यक सेवाभित्र पर्ने बैंकिङ सेवा अझै पूरै देशबासीले सहजै प्राप्त गर्न सकेका छैनन्।
सर्वसाधारणले बैंकिङ सेवा सहजै आफ्नै बस्तीमा लिन नपाएपछि सरकार र राजनीतिक दललाई संघीयताले गिज्याइरहेको छ। त्यसो त सैद्धान्तिक रूपमा सरकारी निकाय र सम्बद्ध अधिकारी सबै स्थानीय तहमा बैंकका शाखा विस्तार गर्नुपर्नेमा सहमत छन्। उनीहरूको व्यवहार हेर्दा भने दुर्गम भेगमा बसोबास गर्ने सर्वसाधारणलाई विकास र सेवा, सुविधा चाहिन्छ भन्ने सोच राखेको देखिँदैन।
नेपाल राष्ट्र बैंकले २०७४ देखि नै सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार गर्ने निर्देशन दिँदै आएको छ। सोही निर्देशन अनुसार २७ वाणिज्य बैंकले शाखा विस्तारका लागि स्थानीय तहको बाँडफाँट पनि गरेका छन्। राष्ट्र बैंकका अनुसार सात सय ५३ स्थानीय तहमध्ये अझै बझाङको काँडा, जाजरकोटको जुनीचाँदी, धादिङको रुबीभ्याली र ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा बैंकका शाखा विस्तार हुन सकेका छैनन्।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट बैंकका शाखा विस्तार हुन नसकेका स्थानीय तहमा कसरी शाखा विस्तारबारे समन्वय भइरहेको बताउँछन्। ‘केही स्थानीय तहमा सडक नपुगेको र केहीमा गाउँपालिकाको केन्द्र कहाँ राख्ने भन्ने विवाद देखिएकाले शाखा विस्तारमा समस्या भइरहेको हो,’ उनले भने। बैंकरहरू भने केही स्थानीय तहमा शाखा खोल्दा आम्दानीभन्दा निकै बढी खर्च हुने गरेका कारण प्राथमिकतामा नपरेको बताउँछन्। गाउँमा शाखा विस्तार गर्न हम्मेहम्मे परिरहेको बेला सहरी क्षेत्रमा भने शाखा खोल्न प्रतिस्पर्धा हुने गरेको छ। सहरी क्षेत्रमा भने एक/दुई शाखाबाट काम चल्ने अवस्था हुँदाहुँदै पनि धेरै शाखा विस्तार गरिएको पाइन्छ ।स्थानीय तहमा बैंक नपुग्दा नगद कारोबार गर्न असुरक्षित हुने गरेको गुनासो रहँदै आएको छ।
अझै पनि सबै स्थानीय तहमा बैंकका शाखा पुग्न नसकेपछि अब कहिले पुग्ला र ? भनी प्रश्न गर्नेहरू बढ्न थालेको कतिपयले गुनासो गरेका छन्। दुर्गम वस्तीमा अहिले विस्तार गरिएका शाखा नै पर्याप्त नभएको गुनासो रहँदै आएको छ। जाजरकोट जुनीचाँदीका रमेश बस्नेतले संघीयता अघि र पछि काठमाडौंले दुर्गमलाई हेर्ने दृष्टिकोणमा कुनै फरक नआएको गुनासो गरे। ‘संघीयता अघि जसरी दुर्गम क्षेत्र र बासिन्दालाई हेपिन्थ्यो, अहिले पनि त्यस्तै छ,’ उनले भने, ‘सोच नबलिएसम्म राजनीतिक प्रणाली मात्र फेरिएर मात्र केही हुँदो रहेनछ भन्ने दुर्गममा बैंकका शाखा विस्तार नहुनुले पुष्टि भइरहेको छ ।’
राष्ट्र बैंकका अनुसार मंसिरसम्म सात सय ४९ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन्। २०७६ को मंसिरसम्म सात सय ४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका थिए। एक वर्षको अवधिमा ६ वटा स्थानीय तहमा मात्र बैंकका शाखा विस्तार भएकाले अझै पूरै देशभरि बैंकका शाखा पुग्न केही वर्ष लाग्नसक्ने कतिपयको अनुमान छ।